[VIEWED 19529
TIMES]
|
SAVE! for ease of future access.
|
|
The postings in this thread span 2 pages, go to PAGE 1.
This page is only showing last 20 replies
|
|
Smooth
Please log in to subscribe to Smooth's postings.
Posted on 04-22-11 7:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सुनसरी, ८ वैशाख
देशैभरि अनुजा बानियाँको इमानको बखान छ, तर सुनसरी प्रहरीले उनीमाथि अनुसन्धान सुरु गरेको छ । उनले बसमा भेट्टाएको ९१ लाख रुपैयाँ र हिराको हार फिर्ता दिएको दाबी गरेकी छन्, तर पैसा फिर्ता लिने र प्रत्यक्षदर्शी नभेटिएकाले घटना कपोकल्पित हुनसक्ने प्रहरीको शंका छ ।
२६ चैतमा इटहरीबाट धरान जाने बसमा अनुजाले पैसाको झोला भेटेको बताएकी छन्, घर पुगेर हेर्दा पैसा देखेपछि झोलाकै खल्तीमा भएको कागज हेरेर सम्बन्धितलाई फोन गरेको उनको दाबी छ । अनुजाका अनुसार पैसा हराएपछि सीधै काठमाडौं आएका पुरुषोत्तम पौडेल पाँच दिनपछि धरान पुगेर पैसा बुझी फर्किएका थिए । तर, समाचार यति धेरै फैलिँदा पनि पौडेल सम्पर्कमा छैनन् । उनको फोन नम्बरसमेत गल्तीवश 'डिलेट' भएको अनुजाको भनाइ छ ।
'कोही व्यक्ति ९१ लाख रुपैयाँ बोकेर बसमा हिँड्नु र झोला छाडेर जानु आफैँमा आश्चर्यहो,' इलाका प्रहरी कार्यालय धरानका डिएसपी दीपक रेग्मीको भनाइ छ, 'फेरि त्यति धेरै पैसा हराएपछि प्रहरीमा उजुरी गर्नुपर्ने हो, तर सम्बन्धितले पैसा हराएको पाँच दिनसम्म पनि उजुरी गरेको देखिएको छैन ।' फेरि बसमा कसैले बिर्सेर गएको करिब २० किलोको झोला उठाएर घर जानुलाई पनि प्रहरीले शंकास्पद भनेको छ । तर, अनुजाले आजभोलि प्रहरीको इमान बिग्रँदै गएकोले पैसा आफूले चौकीमा नदिई घर लगेको बताएकी छन् ।
अनुजाले पत्रकारहरूलाई दिएको विवरणअनुसार पौडेलले २६ चैतमा आइएमईको इटहरी शाखाबाट पैसा निकाली धरान जाँदै गरेको बताएका थिए । तर, आइएमईले २६ चैत र त्यसको आसपासमा पुरुषोत्तम पौडेलको नाममा काठमाडौं र धरानबाट कुनै कारोबार नभएको जनाएको छ । 'आइएमईबाट एउटै व्यक्तिले त्यति धेरै पैसा निकालेको थियो भन्ने समाचार आएपछि मैले आज -बिहीबार) दिनभर बुझेँ । त्यस्तो नाममा कुनै कारोबार भएको छैन,' आइएमईका कार्यकारी निर्देशक योगेश्वर ढकालले बिहीबार साँझ नयाँ पत्रिकासँग भने, 'इटहरीबाट अरू कुनै व्यक्तिका नाममा पनि त्यो दिन ९१ लाखको कारोबार भएको छैन, फरक-फरक नामबाट धेरैले पैसा निकालेको भए फरक कुरा हो ।'
पैसा फिर्ता दिने प्रचारमा आइरहे पनि फिर्ता पाउने कतै नदेखिएपछि जिल्ला प्रशासनले शंका व्यक्त गरेको थियो । बिहीबार नै प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले घटना साँचो हो कि मनगढन्ते हो भनेर अनुसन्धान गर्न धरानका डिएसपी रेग्मीलाई निर्देशन दिएका थिए ।
रेग्मीले बिहीबार बिहान फोन गरेर अनुजालाई सोधपुछका लागि इलाका प्रहरी कार्यालय आउन भनेका थिए । तर, अनुजाले पछि फोन गरेर 'आज आउन सकिनँ, भोलि (शुक्रबार) आउँछु' भनेकी छन् ।
प्रहरीले बोलाउँदा पनि नआएको खबर पाएपछि प्रजिअ थपलियाले बिहीबार साँझ आफैं
अनुजालाई फोन गरेका थिए । 'हेर नानी तिमीले साँचो बोलेको हो भने त धेरै महान काम गर्यौ, त्यसको सम्मान पनि पाउनुपर्छ, तर झूट बोलेकी रहेछौ भने त फँस्छौ है,' उनले अनुजालाई भने । तर, जवाफमा अनुजाले आफूले साँचो नै बोलेको दाबी गरेको थपलियाले बताए ।
बिहीबार दिनभर टेलिभिजन, पत्रपत्रिका र रेडियोका पत्रकारलाई लाइन लगाएर पालैपालो अन्तर्वार्ता दिएकी अनुजा साँझ भने सम्पर्कमा आउन चाहिनन् । उनको मोबाइलमा फोन गर्दा भिनाजु चक्र विष्टले उठाए । 'पैसा त फिर्ता नै गरेको हो, तर दुःखको कुरा हामीसँग प्रमाण भएन । त्यसैले अप्ठेरो पर्यो,' विष्टले भने । उनले बिहीबार साँझदेखि परिवार नै चिन्तामा परेको पनि बताए ।
यता अनुजाले ९१ लाख र हिराको हार फिर्ता गरेको दाबी गरेपछि देशभरि उनको प्रशंसा भइरहेको छ । कसैले बोलेर, कसैले लेखेर त कसैले भेटेरै उनलाई प्रशंसा दिइरहेका छन् । राष्ट्रपति डा. रामवरण यादवदेखि बिदामा बसेका प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठले समेत उनलाई फोन गरेर धन्यवाद दिएका थिए । राष्ट्रपतिको निम्तोमा अनुजा काठमाडौं आउने तयारीमा छिन् ।
http://nayapatrika.net/inside-nepal/5207-%26%23039%3B%E0%A5%AF%E0%A5%A7-%E0%A4%B2%E0%A4%BE%E0%A4%96-%E0%A4%AB%E0%A4%BF%E0%A4%B0%E0%A5%8D%E0%A4%A4%E0%A4%BE-%E0%A4%97%E0%A4%B0%E0%A5%8D%E0%A4%A8%E0%A5%87%E2%80%99-%E0%A4%85%E0%A4%A8%E0%A5%81%E0%A4%9C%E0%A4%BE-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%B9%E0%A4%B0%E0%A5%80-%E0%A4%85%E0%A4%A8%E0%A5%81%E0%A4%B8%E0%A4%A8%E0%A5%8D%E0%A4%A7%E0%A4%BE%E0%A4%A8%E0%A4%AE%E0%A4%BE.html
Last edited: 22-Apr-11 07:17 AM
Last edited: 22-Apr-11 07:19 AM
|
|
|
The postings in this thread span 2 pages, go to PAGE 1.
This page is only showing last 20 replies
|
|
sukla
Please log in to subscribe to sukla's postings.
Posted on 04-22-11 1:52
PM [Snapshot: 727]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Anuja Baniya is a bahun or not? Just curios to know. :D :D
I did not believe this story from the beginning, but I hated to say anything against it, because even if it has a slim chance to be true, if it was a true story, it deserves applaud. People are now behind the truth, and it is almost sure that this story is going to be proved as a fraud story - a classic example of bahun-dominated nepalese journalism. Let me share what I thought immediately I read the news piece.
In my estimation, it should be about 15kg weight (33 lb), assuming all Rs 1000 bills. Each Rs 1000 bill weights approx. 1.5 gm. And the bag has its own weight. A bag of 25 lb rice is heavy weight for me (5'6", 160lb man) to carry 500 yards distance from my parking lot to kitchen. How can this tiny lady could easily take 33 lb without even getting noticed by anyone around her?
If it was all Rs 500 bills, it should weight about 28 kg (61 lbs). If just half of the amount was Rs 100 bills, it should weight more than 60 kg (132 lbs), which is definitely heavier than herself.
The size of tha bag should also be as large as the weight is. Because of the size and weight of the unclaimed bag, no body would even dare to pick up the bag, even it was indeed forgotten by some absent-minded fool, who used public bus without anyone accompanying him while carrying that much load of his own money. Unclaimed bags scare people, especially in Terai-belt, because they may contain bombs. A black color unclaimed bag should definitely invite bomb-diffusal units of Army or security force before anyone pick it up and take home.
I will now go and listen bbc.
|
|
|
sukla
Please log in to subscribe to sukla's postings.
Posted on 04-22-11 2:12
PM [Snapshot: 793]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
९१ लाख रुपियाँ र हिराको हार लिएको मानिस सार्वजनिक बसमा चढेर गएको उल्लेख समाचारहरुमा छ। के त्यत्रो सम्पत्ति बोकेको मानिस सार्वजनिक बसमा चढ्छ ? अष्टमीका दिन काट्न फूलपातीको दिन ल्याएको खसी त हराउला भनेर रातभर जागै रहने नेपालीमा यो सम्भव छ ? अर्को कुरा कसैले छाडेको झोला आफूले लिएर गएको उनले बताएकी छिन्। ९१ लाख रुपियाँ एउटा सामान्य झोलामा अट्नै सक्दैन। एकातर्फ वित्तीय संस्थाले सबै नोट हजारकै दिन्छ भन्ने छैन। अर्कोतर्फ हजारै हजारको दिएछ भने पनि एकानब्बे बिटा उनले भनेजस्तो सामान्य झोलामा अट्ने सम्भावना नै हुँदैन, जुन सहजै बोकेर लैजान सकून्। पैसा पाउनेले झोलै नहेरी घर लगेको र भोलिपल्टमात्र हेरेको बताएकी छिन्। पोको लिएर जान सक्नेले भोलिपल्टसम्म नहेरी बस्न सक्छ ? कौतुहलता रोक्ने क्षमता उनमा कसरी विकास भयो ? के उनी कुनै असाधारण मान्छे हुन ? अनि उनले आफूले फोन नं. पत्ता लगाएर त्यो पैसा हराउनेवालालाई बोलाएको अनि सलले छोपेर लगेर बजारमा दिएको बताएकी छिन्। के पैसामा सम्पत्तिवालाको फोन नं. पनि हुन्छ ? पैसा भएको झोलामा डायरी हुन्छ नै भन्ने छ ? डायरी भए पनि त्यसमा सम्पर्क नम्बर हुन्छ नै भन्ने के छ ? त्यसैले 'काकापट्टिको न मामापट्टिको' मान्छे, जो हुलियाविनाको छ, उसको नम्बर पत्ता लगाइवरी पाएको ठूलो सम्पत्ति फिर्ता दिने कुरा 'एकादेश' मा मात्र सम्भव हुन्छ। पैसा हराएका भनिएका मानिस पुरुषोत्तम पौडेल नामक व्यक्ति (जो कसैको सम्पर्कमा छैनन्, न अनुजाले नै उनको नम्बर दिन सकेकी छिन्, जसको थरसमेत कतै पौडेल र कतै पोखरेल भनेकी छिन् उनले) ले घरजग्गा किन्नका लागि उक्त पैसा लाँदै गरेको बताएका छन्। घरजग्गा किन्नकै लागि हो भने त्यतिबेला दिनुपर्ने पैसा ४० लाख रुपियाँभन्दा माथि नगद कारोबार गर्न पाइन्न। चेक चाहिने सरकारी नियम छ। यस्तो नियम हुँदाहुँदै उनले नगदै किन लगे ? यो अर्को अपत्यारिलो तर्क छ। यो दुनियाँमा को त्यस्तो व्यक्ति छ, जसले इनामवापत दिइएको रकमसमेत लिन मान्दैन ? त्यसमाथि पनि दुई दुई लाख ! साधु सन्तले समेत र्याल चुहाउने र महादेवका समेत तीन नेत्रका रुपमा परिचित 'धन', त्यसमाथि धेरै नेपालीको सपना 'हिराको हार' नरुचाउने व्यक्ति साधारण हुनै सक्दैन। अनि ती पौडैल/पोखरेल कति भलाद्मी रहेछन्, जो त्यत्रो पैसा हराउँदा पनि प्रहरीमा उजुरीसमेत गर्न गएनन्। लुसुक्क घर फर्के। जसलाई देखेर प्रहरीसमेत छक्कै परेको छ। सबैभन्दा महत्त्वपूर्ण कुरा त पैसावालले आइएमइबाट पैसा झिकेर लैजाँदै गरेको बताएका समाचारमा आएको छ। जबकि यति धेरै पैसा त्यो दिन उनले झिकेको भनिएको इटहरी शाखाबाट भुक्तानी नै नभएको यसका पदाधिकारीले बताइसकेका छन्। अचेल ब्याङ्कहरुले अलि धेरै पैसा झिक्ने ग्राहकलाई सुरक्षा माग गरेमा घरै वा गन्तव्यसम्मै सुरक्षा दिएर पुर्याइदिने व्यवस्था छ। यस्तो अवस्थामा उनले सार्वजनिक बसमा यति धेरै पैसा लैजाने अवस्था नै आउँदैन। यस्तो अवस्थामा सत्य-तथ्यविना कसैले ठट्टा गरिदिएकै भरमा समाचार बनाउने सञ्चार माध्यमले समाचारका सामान्य सिद्धान्तसमेत पालना गरेको देखिन्न। पैसा पाएको भन्नेले त्यो किन प्रहरीलाई खबर नगरेर घर लगेको ? उनले ब्याग पाएको भनिएको दिन इटहरीको आइएमइ शाखाबाट त्यत्रो रकम भुक्तानी भएको थियो वा थिएन ? जस्ता प्रश्नको उत्तर, जुन सामान्य समाचारका लागिसमेत आवश्यक हुन्छ, यसतर्फ ध्यान दिएको पाइन्न। अर्कोतर्फ हराएको त्यत्रो पैसा पाउने 'भाग्यमानी' को प्रतिक्रिया पनि आवश्यक ठानिएन। खबरवालाले त खबर दिए दिए। मुलुककै प्रमुखको बागडोर सम्हालेर बसेका राष्ट्रपतिले किन यति हतारमै उनलाई फोन गरिगरी धन्यवाद दिनुपर्यो भन्ने रहस्य पनि बुझ्न सकिएको छैन। यसले एकातिर राष्ट्रपतिको फुर्सदिला दिन प्रष्ट्याउँछ भने अर्कोतर्फ उनलाई कस्ता हल्काफुल्का विषयवस्तुले आकर्षित गर्दोरहेछ भन्ने रहस्य पनि खुलेको छ। हुँदाहुँदा प्रधान न्यायाधीशमात्र हैन, मुलुककै 'ठूला लेखक', 'समाजसेवी', 'अर्थविद्' आदिसमेत अनुजाको गुणगान गाउनमा हतारिए। यथेष्ठ तथ्य र प्रमाणहरु जुटाएर त्यसैका आधारमा मात्र बोल्ने आदत परेका न्यायमूर्तिसमेत यसरी हतारमा प्रतिक्रियाका लागि लालायित हुन्छन् भने अरुलाई के नै भन्ने ? source: nagariknews @ Raghu Lamichhane
|
|
|
Smooth
Please log in to subscribe to Smooth's postings.
Posted on 04-22-11 2:34
PM [Snapshot: 822]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Sukla Bro,
I agree with most of the angerness you have for the "Bhrastachris" and you think "they are Bahun". That may be trrue.
But, when you use the word "Bahun" every where you are just trying to be a cheap!!!
In the mean time, I think she is a Chettri.
Are you a chettri?
|
|
|
sidster
Please log in to subscribe to sidster's postings.
Posted on 04-22-11 2:35
PM [Snapshot: 835]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Sukla,
Bahun ...bahun bhanera karaunchas.....tara mauka paryo bhane pheri tehi bahun le lekheko articale tala dekhi maathi samma copy paste pani garna bhyaihaldo rahechas?
Yo article lekhne bahun le thikai lekhya ho ko galat lekhya ho ta tero bichar ma? Affai le aafai lai contradict gardiachas ni oye Racist maila !!!!!
|
|
|
sidster
Please log in to subscribe to sidster's postings.
Posted on 04-22-11 2:37
PM [Snapshot: 844]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Smooth,
Bhutra ko huncha tyo chettri....yo RACIST sukla na chetri ho na janajaati ho....kasko paisa khayera " cyber smapradaik war chedi raako cha sajha ma....
Last edited: 22-Apr-11 02:37 PM
|
|
|
sukla
Please log in to subscribe to sukla's postings.
Posted on 04-22-11 2:52
PM [Snapshot: 898]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
bahun le kuro bethik gardaina, kaam thik gardaina ... yetti pani thaha chhaina? nepal maa hurkyaa hoina jasto chha ... sidstere.
|
|
|
sukla
Please log in to subscribe to sukla's postings.
Posted on 04-22-11 2:57
PM [Snapshot: 916]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ha ha hijo bhakkharai bbc le interview liyera khubai thulo maanchhe banaayeko thiyo ta !!!! aaja feri pusti huna sakeko chhaina bhandai falaakyo .... gayo bbc pani golkhaadi gayo ..... Rabindra Mishra (bahun) & Company ko naakai kaatiyo .. ha ha ha
|
|
|
sukla
Please log in to subscribe to sukla's postings.
Posted on 04-22-11 3:00
PM [Snapshot: 928]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Smooth bro Thanks for suggestion hai ... Tara yettikaa bhandaa pani baahun haru jastaa ko tastai nakachchaaropan dekhaauna chhadeko haina ... tyo lobhi Jhale bahun le feri belaayati Range Rover order garyo re .... bhayo aba ?
|
|
|
deshbhaktanepali
Please log in to subscribe to deshbhaktanepali's postings.
Posted on 04-22-11 3:02
PM [Snapshot: 911]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Just a small thought...
Should someone be punished for saying an innocent lie...considering what she said was a lie? The Media was praising her inside out without even doing their minimum due diligence where as the President & Chief Justice didn't even try to find a minimum detail about the incident. Even BBC conducted a 10 minute interview.
Now, we are reading another extreme saying a criminal investigation is under way against her; Why ?? for what crime? For a lie which didn't hurt anyone. I think police force, president office is making a mockery of themself by streching this incident. There is no way she can be punished in the court of fair law as the incident didn't hurt anyone. Even if it was a lie, it wasmade a hill out of mole by the irresponsible media who didn't even try to find the minimum truth before relaying the message. They didn't even try to search the other side of news; the person who received his lost money.
The best thing here will be forget the incident even if it is a lie. You are making the liar a bigger star where as creating mockery of yourself.
|
|
|
Smooth
Please log in to subscribe to Smooth's postings.
Posted on 04-22-11 3:14
PM [Snapshot: 968]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
I think the big mistake is the mistake of publishing houses. They should be punished for writing anything without any proof.
At least they should be warned not to publish rumour (or, publish with caution). "Cheap Patrakarita" is dangerous than Anuja.
Society has all kinds of people.
Anuja is one of them.
If some body has cracked mind, he made telephone calls in several places saying that I am multimillionare business man, I want to give free money.....and so on, should a established news paper publish it? If news paper publish it , who is criminal...... the cracked mind person or the editor of the news paper!!!
Last edited: 22-Apr-11 03:19 PM
|
|
|
khushiketa
Please log in to subscribe to khushiketa's postings.
Posted on 04-22-11 4:13
PM [Snapshot: 1063]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
khushiketa
Please log in to subscribe to khushiketa's postings.
Posted on 04-22-11 4:16
PM [Snapshot: 1085]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
The whole Media in Nepal is Busy Appreciating Anuja and the Deed but what about the Evidence besides this?
Just the Information relayed by an individual cannt be enough to be so much NEWSMAKER in the market....But hey its Nepal and anything is Possible in Nepal......
Yeah and Sukla Bro/sis.....I like ur Nickname Racist maila/le......U just jump off the ground and jump onto conclusion..to me u sounded " Just coz she's Brahmin, She did it and its not unusual for Brahmins to Preform such activities"....Imagine, ur parents even didnt have guts to get u a name, So they called a Brahmin to Name u ( U might not know coz u were an innocent piece-o-carrot then)..hopefully u r now a grown adult to give ur parents a call from skype or whatever and ask if that Brahmin did u and ur family a Favor.....
|
|
|
sidster
Please log in to subscribe to sidster's postings.
Posted on 04-22-11 4:30
PM [Snapshot: 1115]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
I am going to call this incident a " Wag the Dog" incident for the way this issue got blown up as an example of honesty and the way it is being blown up as a fraud.
I hope Prachande, Jhale and other India Dalaals are not busy passing some important law in Nepal while media blows this tiny event out of proportion.
|
|
|
timi_mero_sathi
Please log in to subscribe to timi_mero_sathi's postings.
Posted on 04-22-11 5:00
PM [Snapshot: 1153]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
2
?
Liked by
|
|
शुक्ला bro
यो अनुजा को कुरा साछो हो भने त्यो पैसा फिर्ता पाउने बाहुन् कती भाग्य मानी हागी, यहाँ पनि बहुन ले बाजि मार्यो,
ब्रो लाई बेस्करी रिश उठ्या जस्तो छ, रिशाएर बाहुन लाई गाली गरेर तालु मा आलु फल्दैन bro.
प्रजातन्त्र आको २० बर्ष सम्मा खोइ आन्य जात का नेता? अन्य जात जाती हरु बाहुन हरु लाई गाली गर्न ब्य्स्त भएर हो कि? अब नेता पनि बन्न नसक्ने,बाउ बाजे को नाम बेचेर पार्टी को केन्द्रिय समिती मा पुग्ने, त्यो भन्दा माथि पुग्न आट छैन, आनी बाउन् लाई सराप्यो बस्यो होइन ta?
कि पार्टी को सबै भन्दा ठुलो पोस्ट मा बाहुन ले नै पुरैदिन पर्ने हो ?
नाच्न नजान्ने अगन तेढो, ब्रो केही गरे पनि बाहुन भन्दा अगाडि बढ्न नसकिने भाईयो होइन त?
चित्त बुझाउ ब्रो चित्त बुझाउ बाहुन लाई गाली गरेर भये पनि, त्यो भन्दा बडि गर्न सक्ने हिम्मत र बुद्धी पनि छैन होला
|
|
|
bimal_thapa_usa
Please log in to subscribe to bimal_thapa_usa's postings.
Posted on 04-22-11 11:08
PM [Snapshot: 1484]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Do you know in USA white people just like in nepal is braman I know I am thapa
|
|
|
sukla
Please log in to subscribe to sukla's postings.
Posted on 04-23-11 3:56
PM [Snapshot: 1996]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
No.1 Person: अनुजा कान्ड ले पनि नेपाल मा तहल्कै मच्चाएछ त!!!! होइन यहाँ इमान्दारी ता को प्रसम्सा त धेरै गरियो, तर त्यो घटना साचो हो या होइन भन्ने कुरा ले पो अहिले सबै को मथिङल घुम्न थाले को छ त!!नेपाली को बानी जे मा पनि अलिक हतार गर्ने अनी फुर्सद मा पछुताउने छ। नेपाल को पत्रकार जगत पनि अचम्म को छ है, पहिला आँफैले समाचार छाप्ने अनी पछी आफ्नै समाचार को सत्य तथ्य खोज्ने पत्रकार हरु को योग्यता लाई के भन्ने???!! No.2 Person: जाँड नखाई नखाईकन पढेका हाम्रा बिचरा पत्रकारहरूले कस्ले दिएका कस्ता शिक्षा पाए नि, लै लै!!
|
|
|
Smooth
Please log in to subscribe to Smooth's postings.
Posted on 04-23-11 5:36
PM [Snapshot: 2105]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अनुजाबारे अन्योल
हर्ष सुब्बा
धरान, वैशाख ९ -
सार्वजनिक बसमा छुटेको रकम फिर्ता दिएको विषयमा अनुजा बानियाँको सर्वत्र प्रशंसा भयो । तर शुक्रबार दिनभर प्रश्न व्याप्त भयो- 'पैसा पाउने व्यक्ति खोइ त ?'
भोजपुर भुल्के घर भई धरान बस्ने २१ वषर्ीया अनुजाका अनुसार उनले काठमाडौं सीतापाइलाका पुरुषोत्तम पोखरेललाई ९१ लाख रुपैयाँ र हीराको हार भएको झोला बुझाएकी थिइन् ।
ती व्यक्ति कहाँ छन् त ? 'सम्पर्क गरेको नम्बरसमेत डिलिट भएछ,' अनुजा भन्छिन् । प्रहरी, प्रशासन र सञ्चारकर्मीबाट यसमा चासो भएपछि उनले आफूले काठमाडौंमा सम्पर्क गरेका र आफूलाई फोन आएका नम्बर पत्ता लगाइदिन प्रहरीलाई आग्रह गरेकी छन् । ती नम्बरका आधारमा पैसा बुझ्ने व्यक्ति पत्ता लगाई छानबिन गर्नसमेत उनले अनुरोध गरेकी छन् ।
उनले पैसा बुझाएको भन्ने समाचारका तयारीका सिलसिलामा पुरुषोत्तमका परिवारका सदस्य भन्दै कान्तिपुरलाई सम्पर्क गरेका -छोरी) सुधा, -छोरा) अनिल र
-मीतछोरी) अनिता कार्की भने पुनः सम्पर्कमा छैनन् । उनले पुरुषोत्तमलाई सार्वजनिक हुन आग्रह गरेकी छन् । 'धेरैले धेरैथरी सोचेकाले फिर्ता पाउने व्यक्ति -पुरुषोत्तम) लाई सार्वजनिक हुन आग्रह गर्छु,' उनले शुक्रबार कान्तिपुरसँग भनिन्, 'राम्रो काम गर्दा उल्टै मेरो बदनाम हुन थाल्यो ।'
धरानमा सँगै बस्ने अनुजाका दाजु -ठूलो बुबाका छोरा) कुमार बानियाँले भने बहिनीले पैसा भेट्टाएको र फिर्ता दिएको कुरामा त्यति पत्यार नलागेको प्रतिक्रिया दिएका छन् । अनुजाले पैसा भेट्टाएको भनेको समयमा हलेसी घुम्न गएका कुमारले भने, 'म बाहिर घुम्न गए पनि घरमा छोरो थियो । त्यति ठूलो रकमसहितको झोला भेट्टएिको भए उसले पनि थाहा पाउनुपर्ने हो ।' उनले अनुजा डेढ महिनादेखि आफूसँगै बस्दै आएकी बताए ।
चैत २६ गते इटहरीबाट धरानको सार्वजनिक
बसमा आफूले उक्त सम्पत्तिसहितको झोला फेला पारेको र २८ गते पोखरेललाई फोन गरेर सम्पत्ति फिर्ता दिएको दाबी अनुजाले गर्दै आएकी छन् । यससम्बन्धी समाचार सार्वजनिक भएपछि उनलाई राष्ट्रपतिले समेत टेलिफोन गरी बधाई दिएका थिए । घटनापछि उनी इटहरीस्थित दिदी-भिनाजुकहाँ बस्दै आएकी छन् ।
भिनाजु चक्र बिष्टले पैसा बुझाएको समाचार आइसकेपछि मात्र आफूले अनुजाको यो घटनाबारे थाहा पाएको बताए । 'फोन डायलका आधारमा यसको सत्यतथ्य बुझ्न प्रहरीलाई अनुरोध गर्छौं,' उनले भने ।
पैसा फेला पारी बुझाएको समाचार पुरुषोत्तमका मीतछोरी भन्दै धरानकै अनिता कार्की नामक युवतीले दिएकी थिइन् । पुरुषोत्तमकै छोरा बताउने अनिल पोखरेलले समेत इटहरीबाट टेलिफोन गरी यसबारे थप पुस्ट्याइँ गरेका थिए । 'तर उनीहरू कोही सम्पर्कमा छैनन्,' बिष्टले भने ।
http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=241173
(Note: Multiple people are involved in this case, it may have some elements of truth)
Last edited: 23-Apr-11 05:40 PM
|
|
|
arahat
Please log in to subscribe to arahat's postings.
Posted on 04-23-11 5:49
PM [Snapshot: 2134]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हावादारी कुरा होः अनुजाको दाजु
भेटिएको रकम फर्काएर सबैतिरबाट बहिनीले वाहवाह लुटिरहेकी भए पनि दाजु कुमार बानियाँ र छिमेकीहरु भने अनुजाको कुरा हावादारी भएको दावी गर्छन्। अनुजाले रकम फिर्ता गरेको बारे कसैलाई पनि नभनेको र पत्रपत्रिकामा पनि एक्कासी आएको बताँउदै आए पनि डेरा गरी बसेका वरपरका छिमेकीहरुलाई भने उनले पत्रपत्रिकामा छापिँदैछ भनेर सुनाउँदै हिँडेको भेटिएको उनकै दाजु बताउँछन्। छिमेकमा रहेकी भीमा बानियाँलाई पत्रिकामा छापिएपछि जेलमा रहेको श्रीमानलाई निकालिदिन्छुसमेत उनले भनेकी रहिछिन्।
‘मेरी छोरीलाई कान्तिपुरमा समाचार आएपछि ज्वाईँ निकालीदिन्छु भनेकी रहिछ, हामी त पत्रिकामा उसको समाचार छापिएपछि खुशीले गदगद भयौं'-भीमाकी आमाले भनिन्। तर, अहिले भने अनुजाको कुरामा विश्वास गर्ने कुनै आधार नरहेको उनले बताइन्।
आफू श्रीमतिसँग हलेसी दर्शन गएको बेलामा यस्तो घटना भएको र आफू आएपछि अनुजालाई सोधपुछ गरेर पुरुषोत्तमको सम्पर्क नम्बर माग्दा उनले छैन भनेको अनुजाका दाजु कुमारले बताए। उनी अनुजाका ठूला बाका छोरा हुन्। अनुजा करिब डेढ महिनादेखि उनीसँगै धरान ९ बगैँचालाइनमा बस्दै आएकी थिइन्।
डोनोट फ्याक्ट्री सञ्चालन गरिरहेका कुमारका अनुसार अनुजाले ५, ६ कक्षा भन्दा बढी अध्ययन गरेकी छैनन्। डोनोट पसलमा ग्राहकसँग लेनदेन गर्न नसक्ने अनुजाले ९१ लाख रुपैयाँ गनिन् भनेर उनी विश्वास नै गर्दैनन्।
‘पसलमा हिसाब गर्न नजानेर बढी-बढी पैसा फिर्ता गर्नेले त्यत्रो पैसाको हिसाबकिताब गर्यो होला भनेर पटक्कै विश्वास गर्दिनँ'-उनले भने। आफूहरु हलेसी दर्शनमा जाँदा घरमा भर्खरै एसएलसी दिएका आफ्नो छोरा विवश पोख्रेल पनि भएको तर ५ दिनसम्म अनुजाले घरमा त्यत्रो पैसा ल्याएर गनेको बारे उसले कुनै सुँइको समेत नपाएकोले विश्वास गर्नै नसकेको उनले बताए।
‘मैले पुरुषोत्तम र उसकी मित छोरी अनिता कार्कीको नम्बर देऊ, हो रैछ भने तिमीलाई मै फूलमाला लगाएर पत्रकारहरुसँग भेटाउला पनि भनेँ, छैन भनी, अनि कसरी पत्याउनु? पत्रिकाले पनि पैसा फिर्ता लैजानेलाई नभेटी लेखेर हुन्छ?'-असन्तोष व्यक्त गर्दै उनले भने। पत्रिकामा समाचार छापिएपछि बुधबार विराटनगरबाट पत्रकारले भेट्न बोलाएको छ भनेर घरबाट गएर हालसम्म अनुजा सम्पर्कमा नआएको उनले बताए।
http://nagariknews.com.np/
अनुजाबारे
सुरुमा चर्चा गरौं यी बानियाँको जसले सुरुका दुई दिन वाहवाही पाइन् र पछिल्ला दिनमा फेरी प्रश्नको घेरामा परिन् । उनले दिएको मिडिया-बयानअनुसार अनुजाले सार्बजनिक बसमा करिव २२ केजी तौलको पैसासहितको झोला भेटिन र कसैलाई खबर नगरि घरमा लगेर राखिन् । पैसा हराउनेसँग फोन सम्पर्क गरिन र बिना कमिसन सवै रकम सकुसल हस्तान्तरण गरिन् ।
तर, जव प्रहरी र प्रशासनले यो रकमबारे सोधीखोजी गरे तव उनका वयान झुटो ठहरिँदै गएको छ । अनुजा र उनका बारेमा समाचार छाप्ने पत्रिकाले समेत सो रकम आइएमईबाट झिकेर ल्याएको बताएका छन । तर, आईएमइका अधिकारीहरुले पछिल्ला दिन एकैपटक त्यति ठूलो रकम भुक्तानी नदिएको बताएका छन । यहाँ पहिलो प्रश्न छ, आखिर त्यो रकम कहाँबाट आयो ?
अर्को कुरा पैसा हराउने र पाउने ब्यक्तिको पहिचान नै खुल्न सकेको छैन् । उनले काठमाडौंको सितापाइलाका पुरुषोत्तम पौडेललाई रकम दिएको बताएपनि अहिले रकम लिने ब्यक्ति सम्परक बाहिर छन् । पहिले पुरुषोत्तम पौडेल भनिएका ब्यक्तिलाई अहिले पोखरेल बनाइका छन अनुजा र मिडियाहरुले । अनि अनुजाले उनको सम्पर्क नम्बर समेत डिलिट भएको बताएकी छन् । एकातिर उनी जीवनकै सवैभन्दा ठूलो काम गरेको भनेर मिडियामा अन्तरवार्ता दिइरहेका बेला त्यो घटनासंग जोडिएको ब्यक्तिको नम्बर हराउन वा डिलिट हुन सम्भव छ ?
यस्तै अनुजाले पैसासहितको ब्याग भेटेपछि प्रहरीलाई दिनुपर्नेमा किन आफैंसंग राखिन् र दिनेबेला किन कसैको रोहवरमा दिने प्रयास गरिनन् ? उनको बयानले के देखाउँछ भने या त उनको पैसा भेटाएको कथा झुट हो या त पैसा पाउने ब्यक्तिको फोन नम्बर डिलिट भएको भन्नु नै झुट हो । अब अनुसन्धान अनुजामाथि हुनुपर्छ जसले दुईमध्ये एक झुटको खेती गरिन् । कतै रामबहादुर बम्जनले आफुलाई बुद्धको अबतार सावित गर्न गरेका मिडिया स्टन्टसँग तालमेल खाने खालका त छैनन अनुजाका यी हर्कत ? उनका दाजु कुमार बानियाँ -जोसँग उनी नौ महिनादेखि बस्दै आएकी थिइन)ले समेत अनुजा झुट बोल्न खप्पिस रहेको बताएका छन् । जसले गर्दा उनी धरानबाट इटहरी सर्न बाध्य भएकी छन् ।
मिडियाबारे
यो समाचारसंगै यसलाई प्रवाह गर्ने सञ्चारकर्मी र सञ्चारमाध्यमको बिश्वसनीयता र ब्यबसायीकतामा समेत गम्भीर प्रश्न उठेको छ । पहिलोपटक कान्तिपुर दैनिकको मुख्य पृष्ठमा छापिएको समाचारमा प्रयोग भएको तस्वीरसमेत अनुजाको नभएको पत्तो लागेको छ । सुरुमा एउटा र सनिवारको खण्डन समाचारमा अर्कै तस्वीर छापिएको छ ।
बुधबार र बिहीबार पत्रिकामा छापिएको अनुजाको फरक फरक तस्बिर। दायाँको फोटो बुधबार छापिएको हो। बुधबारको तस्बिर उनकै साथी भोजपुर भुल्के १ घर भएकी २० वर्षीया ममता अधिकारीको भएको खुलेको छ।
यो समाचारले देशका ठूलावडादेखि आम पाठकसम्मलाई भ्रममा त पार्यो नै अन्ततः स्वय पत्रिका नै गोलचक्करमा फसेको छ । ‘कागले कान लग्यो भनेर कान नछामी दौडंदाको परिणाम हो यो’ बरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी भन्छन् -’एउटाले भनेको कुरालाई मात्र विश्वास गर्दा यस्तो भयो ।’ पत्रिकाको पछि लागेर अरु त भावनामा बगे बगे, राष्ट्रपति डाक्टर रामवरण यादव समेत त्यसकै पछि कुदे । सरकारी स्रोतलाई सोधीखोजी नै नगरी उनी पनि सस्तो लोकपि्रयताको लागि टेलिफोनबाट बधाई दिन हतारिए । ‘यसबाट राष्ट्रपतिलाई समेत लज्जित बनाएको छ’ पत्रकार अधिकारी भन्छन् ।
‘धन्य अनुजा’ भन्दै पत्रिकाले अघिल्लो पटक अनुजा, पैसावाला भनिएका काठमाण्डौ सितापाईलाका पुरुषोत्तम पौडेलका छोरी सुधा र मीतछोरी अनितालाई उद्धृत गरेर खबर छापेको छ । त्यत्रो पैसा हराउने पुरुषोत्तमसँग भने कुनै सोधीखोजी नै गर्न खोजिएको छैन । पत्रकार अधिकारी भन्छन् – ‘पैसा भेट्टयाउनेको चर्चासँगै पैसा हराएर पाउनेको प्रतिकृया पनि उत्तिकै महत्वपूर्ण विषय हो, तर यहाँ पत्रकारको आलाकाँचोपन प्रष्ट झल्किएको छ ।’
तीन दिनअघिको खबरमा पुरुषोत्तम पौडेल भनेर लेख्ने पत्रिकाले तीन दिनपछि उनको थरलाई ‘पोखरेल’ बनाएको छ । अघिल्लो पटक छोरी सुधा, छोरा अनिल र मीतछोरी अनिताले सम्पर्क गरेको र अहिले उनीहरु सम्पर्कमा नभएको भन्दै पत्रिकाले आफ्नो गल्ती ढाक्न खोज्दैछन् ।
http://www.onlinekhabar.com/2011/04/23/53620.html
|
|
|
Drkanchho
Please log in to subscribe to Drkanchho's postings.
Posted on 04-23-11 6:11
PM [Snapshot: 2159]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
yo threadko title padhyo, jahile ni jhukkinchhu ma!
.....the honesty girl padhnuparne, jahilai .....the horny girl padhchhu bhanya!
|
|
|
meh_nepali
Please log in to subscribe to meh_nepali's postings.
Posted on 04-24-11 10:04
AM [Snapshot: 2468]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
mr sukla,
looks like u r smart, a well educated guy. i do like the way u presented ur point. But with all the respect u sound so racist.
|
|