[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 “साझामा १० बर्ष “
[VIEWED 10663 TIMES]
SAVE! for ease of future access.
Posted on 03-27-15 8:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

साझामा १० बर्ष “

हालै सान दाइले साझाको १५औं ह्यापी बर्थ डे मनाएको खबर साझाकै भित्तामा  फित्ता कसेर टाँसेको देखेको थिएँ | अनि झल्याँस सम्झे आफु पनि साझाको लैलैमा लागेको नि पुग न पुग १० बर्ष भयो जस्तो लाग्यो र सान दाई लाई मेरो पहिलो पोस्ट कहिले भनेर सुटुक्क सोधें |

संयोगबस  साझामा औपचारिक रुपमा पोस्तेर सहभागी भएको आजले १० बर्ष भयो गाँठे | समय घडी पला मिनेट सेकेन्द भन्दा नि फास्ट रहेछ | १० बर्ष आँखा झिमिक्क नगर्दै बित्यो ( यो चाहि अलि बढी नै जस्तो छ )|


साझा भर्ना हुनुको कारण

सरकारी कर्मचारी थिएँ | कम्प्युटर, इन्टरनेट र इमेल भन्ने दुर्लभ सुबिधा कुनै कुनै सरकारी अफिसमा मात्र हुन्थ्यो सन् २००० ताका | तै पनि Y2K को नाम मा लुट को धन फुफुको श्राद्ध गरि हाले | त्यस्तै सुबिधा सम्पन्न सरकारी अफिसमा पोस्तिंग भाथ्यो | तै पनि इमेल र इन्टरनेट भनेको बिरलै दर्शन पाइन्थ्यो | संयोग मास्टर्स गर्न युरोपीय देश पुगेपछि बल्ल कम्प्युटर, इमेल र इन्टरनेट सुलभ भयो | अपार्टमेन्ट मै इन्टरनेट, कम्प्युटर फ्री| तै पनि साझा बारे भनक मिलेको थिएन |

 

आज्ञाकारी सरकारी मुलाजिम न ठहरियो, पढाइ सक्यो , मास्टर्स डिग्री हातमा बोकी गजधम्म फुलेर स्वदेश फिर्ती भएँ | पुन: अफिस ज्वाइन गर्न ३ महिना लाग्यो | नेपाल फिरेको २-३ दिन मै हाजिर हुन पाउँ भनी दिएको निबेदन माथि टिप्पणीका पाना थपिदै फाइल इधर उधर किधर  भने जस्तै कता कता | आफुलाई बालै हो| निर्णय गर्ने डुकुलंठुक हाकिमहरुले अलमल गर्छ भने मलाइ के को मतलब | निबेदन दिएको दिन देखि हाजिर नगराई सुख छैन , तलब न दिई सुख छैन |

३ महिना जति अलमल गरेर अर्कै शाखामा खटाइए | संयोग बस फेरी कम्प्युटर र इन्टरनेट भएको एक मात्र कोठामा ड्युटी | के खोज्छस् पुन्तर , कम्प्युटर भने जस्तै | युरोपको प्राय जस्तो देश घुमिवरी आएको, त्यताको काम गर्ने प्रबिधी र सीप सिकेर आएको नेपाल आए पछी टाइपिस्ट भैयो | हाकिम साहेबको अमेरिकामा  रहेकी  छोरीलाई इमेल संदेश पठाउने काम गरेर  बसियो | थुक्क ! इन्जिनियरिंगमा त्यो पनि युरोपको अति बिकशित राष्ट्रको प्रतिष्ठित संस्थाबाट डिग्री लिएको त केहि काममा  आएन |


अब भएन, अमेरिका एक फेर घुमघाम गरेर आउनु पर्यो भन्ने दिब्य ज्ञान फुर्यो| अमेरिका त जाने कसरी जाने ? डिभी जिन्दगीमा परेको हैन , भरेको भरेई मात्र | आफन्त कोइ छैन स्पोन्सर गरेर बोलाउला भनेर बसुँ भने |

आफ्नो योग्यता भनेको अलि अलि घोक्न सक्ने र खोक्न सक्ने हो | त्यसैमा भाग्य आजमाउनु पर्यो भन्ने लाग्यो |

अखबारमा “हर्बर्ट हम्फ्री फेलोशिप “ भन्ने युसेफको बिज्ञापनमा आखा गयो | अब भने के खोज्छस डाका  , अमेरिका ......... जस्तो भयो | मध्यम लेभलको सरकारी तथा गैर सरकारी अधिकृत /म्यानेजरको लागी १० महिने अध्ययन भ्रमण | टिकेट देखि लिएर सबै फ्री | खान बस्न महिनाको दुइ हजार डलर |

फाराम सारांम  आराम संग भरि, चाहिने ३ ओटा अंग्रेजी निबन्ध कनिकुथी लेखि बुझाइयो| युरोप बस्दा नै एक पल्ट ट्राइ मारौं भनेर जर्मनीमा गैर टोफल भनाउँदा जांच दिएको थिएँ | त्यसको काम आयो | पहिलो राउण्डको अंग्रेजी टेस्ट ( सबै भन्दा कठिन स्टेज ) जम्प गरी सेकेन्ड राउण्ड पुगियो | १ हजार को हाराहारीको आबेदन १०० मा झारियो | त्यहाँबाट स्टेज २, ३ हुँदै फाइनल १० सम्म पुग्न सफल भैयो | सपनामा पनि अमेरिका घुमेको दृश्य देखन थालेको थिएँ | सेतो दर्बार ( व्हाइट हाउस ) को बारमा फोटो खिचनै लाग्दा आर्को मान्छेले छेक्दा निद्रा खुलेको |


अलिकति अलिछिनी त भएको रहेछ नि , फाइनल २ मा नाम निस्केन | थुक्क, फेरी एकपल्ट नराम्रो संग पछारिएँ |

क्रमश: 

(साझामा पहिलो पोस्ट सानो कबिता थियो - 

http://sajha.com/sajha/html/index.cfm?forum=2&ThreadID=20654


 
Posted on 03-27-15 9:06 AM     [Snapshot: 53]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पढ्न नपुग्दै सक्कि सकेछ | अरु भाग छिट्टो पस्किनुहोला !
 
Posted on 03-27-15 9:33 AM     [Snapshot: 84]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न त्यसपछि के भयो छिट्टो भन्न पर्यो ? अनि स्वास्थ्य कस्तो छ ठुल्दाई ?
 
Posted on 03-27-15 9:36 AM     [Snapshot: 93]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फ़नटुस्ले भने झैँ : चाडै सिद्धियो |
 
Posted on 03-27-15 10:49 AM     [Snapshot: 145]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या छोटो लेख्सेको ठुल्दाई ? हुन त थोरै थोरै मात्रामा खाना खाँदा स्वस्थाबर्धक मानिन्छा भनेर थोरै पस्किईयेको भन्ने माने है मैले त .......

आज सम्म साझामा टाँसिएका हजुरका सप्पै कथा , संस्मरण , गित , गजल , मुक्तक अनि छोक को एउटा किताबै बनाएर पठाएको थिए नि हजुर लाइ - तेस्मा त्यो पहिलो टाँसो पनि छ नि हैन र ?

लु बाँकी सुन्न आतुर छु हजुरका भोगाइहरु ....

 
Posted on 03-27-15 1:35 PM     [Snapshot: 242]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिर्षक चाहिं "साझामा १० बर्ष " लेखमा साझाको नाम नै नआइ पहिलो भाग टुंगाउन त नपाउनु पर्ने ! ....कुरो !!

अरु पनि थप्नु पर्यो ठुल्दाइ !
 
Posted on 03-27-15 2:51 PM     [Snapshot: 305]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बधाई छ दाइ सफल १० बर्षको लागि!
 
Posted on 03-27-15 3:56 PM     [Snapshot: 357]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल ब्रो ,
तपाई को नाम राहुल भाई होइन आज बाट राहुल दाई हो !!!
दाई लै म पुन्टर को तरफ बाट एकदम बधाई छ !!!
१० साल धेरै ठुलो समय हो दाई
 
Posted on 03-30-15 9:31 AM     [Snapshot: 658]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

फन्टुस ब्रो, फ़्युएल टंकी बोरो , गोर्खे ब्रो , थाने ब्रो , भक्ते दाइ , पिया जी तथा पुन्तर ब्रो लगायत अन्य सबैमा आभार प्रकट गर्दै दोस्रो भाग कहन्छु | 

साझामा १० बर्ष 

भाग २ 

यता हर्बर्ट हम्फ्रीले दिक्क उता ज्ञानेन्द्र झनझन निरङ्कुश हुँदै जानु र सात दलको कहिलेइ न टुंगिने आन्दोलन | प्रजातन्त्रमा बिश्वास राख्ने भए पनि कर्मचारी परियो, बाहिर बोल्न लेखन नमिल्ने | ज्ञानेन्द्रले भ्रष्टाचारीले कार्यबाही गर्छु भनी एउटा शाही आयोग गठन गर्यो | जसको काम कसै बिरुद्ध उजुरी आफै हाल्नु आफै गएर समाएर ल्याउनु अनि आफै सजाय तोक्नु थियो | पुलिस, प्रोसिक्यूटर, न्यायाधिश कोइ नचाहने संसारकै नमूना शाही आयोग गठन गरी बिरोधी तह लगाउने काम गर्न थाले|


यही शाही आयोगले पूर्ब प्रधान मन्त्री देउबा , हालका उप प्रधान मन्त्री प्रकाश मान , लगायत खाने पानी सेक्टर कै सबै भन्दा योग्य र इमान्दार मानिने ध्रुब बहादुर श्रेष्ठ ( कार्यकारी निर्देशक, मेलम्ची खानेपानी ) आदि लाई मध्यरातमा छापामार शैलीमा गिरफतार गरी जेल चलान गरियो | मेलम्ची सम्बन्धी जुन आरोप जडियो त्यो अलिकति टेन्डर सम्बधी हिसाब किताब जान्ने जो कहिलाई पनि हास्यास्पद लाग्थ्यो भने , म आफै त्यो संस्थामा काम गरेर आएकोले यथार्थ थाहा थियो |

त्यसपछि म मा बिद्रोह जाग्यो, कर्मचारी हुँदैमा अन्यायलाई टुलुटुलु हेरेर बस्न मेरो नैतिकताले दिएन| तै पनि ब्यबहारिक कारण अझ भनुं दाल भात खानु पर्ने, बाच्नु पर्ने यथास्थितिबाट भाग्न मिल्दैन थियो | आन्दोलनमा अनैतिक मात्र हैन अब बौद्धिक सहयोग पनि गर्नु पर्छा भन्ने लाग्यो | तत्कालिन परिस्थितिमा सबैभन्दा सहयोगी माध्यम देखें , इन्टरनेटको भरपुर उपयोग |

आन्दोलन चर्किंदै गए पछि देश भित्रको मेडिया माथि नेपाली सेनाको सेन्सरसिप लागु भयो | बिदेशी अनलाइन न्यूज पाउन सकिने वेब साइटहरु ब्लक हुँदै थियो | यसै क्रममा नेपाल जापान डट कम , Nepalipost.com ब्लक भैसकेको थियो |

विदेशमा रहेका नेपालीहरुको धारणा बुझ्न गुगलमा अनेक साँचो शब्द ( की वर्ड क्या ) घुसाउदै  खोज्ने क्रममा साझा डट कम देखें | आन्दोलन सम्बधी बहस नि देखें |

आन्दोलन सम्बन्धी केहि पोस्ट गर्न अघि टेस्ट हान्न मन लाग्यो | यसो पोस्ट गर्न खोज्या सान दाइको द्वार पालले रोकी हाल्यो |

रजिस्टर्ड नगरी , आइ डी न बनाई , लग इन नगरी सानदाइका द्वारेहरुले पोस्ट गर्न नदिने भए पछी , रजिस्टर्ड गर्न कर नै लाग्यो |

फेरी इमेल आड्रेस माग्यो , लौ बर्बाद | ज्ञानेले सरकारी कर्मचारीहरुको फेरिहस्त शरद चन्द्र शाह मार्फत कम्प्युतराइज्द अभिलेखमा बन्द गरिसकेको अवस्था थियो | कांग्रेस र कम्युनिस्ट समर्थक कर्मचारीहरु माथि हनुमान हाकिमहरुको वार्निग आइसकेको थियो| त्यो अवस्थामा असली इमेल र असली आइ डी को आइडिया ठिक लागेन|

अमेरिकामा रहेका एक मित्रलाई एउटा इमेल आईडी बनाइ  दिने आग्रह गरें, क्यालिफोर्नियाको ठेगाना राखेर ( जिप कोड) | इमेल त भयो अब , साझाको आइ डी के राख्ने ?? परेन फसाद ?

यस्तो आइ डी होस् कि जुन आइ डीले ठुल्दाईको असली परिचयको छेउ छौ समेत पुग्न नसकोस भनेर घोत्लिएँ| ज्यान जाला आइडीको आइडिया फुरेको होइन| ३ दिन पछी बल्ल एउटा आइडी जुर्र्यो “ राहुल भाइ “ | अनि टेस्ट पोस्ट गरें एउटा कबिता |

क्रमश: 

Last edited: 30-Mar-15 09:36 AM

 
Posted on 03-30-15 9:56 AM     [Snapshot: 687]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Toilet paper or water?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Tourist Visa - Seeking Suggestions and Guidance
advanced parole
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Mamta kafle bhatt is still missing
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
News Summary from Nepal for Saturday, July 20, 2024
Biden formally Stands Down!!!
TPS extension Petition!!!
KP Oli and Nepali Political Corruption
Nepali Passport Renewal
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
Are Nepalese cheapstakes?
Nepali Psycho
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters