[Show all top banners]

Sajha Info

More by Sajha Info
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

samaeBajii
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 अमेरिकाको बोष्टनमा म्ह: पुजा कार्यक्रम भब्य रुपमा सम्पन्न ।
[VIEWED 6397 TIMES]
SAVE! for ease of future access.
Posted on 11-23-18 4:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अमेरिकाको बोष्टनमा म्ह: पुजा कार्यक्रम भब्य रुपमा सम्पन्न ।

बोष्टन / नोभेम्बर १९, २०१६


नेवा : अर्गनाईजेशन अफ अमेरिका, न्यु इङ्गलैण्ड च्याप्टर बोष्टन व्दारा नेपाल सम्बत ११३९ को ऊपलक्ष्यमा आयोजित म्ह : पुजा कार्यक्रम यस बर्ष पनि धुमधाम सँग सम्पन्न भयो । नोभेम्बर ८, २०१८ बिहिबार का दिन १६ लेक्जिँङटन स्ट्रिट स्थित बर्लिङटन सिटिमा आयोजित कार्यक्रमको लागि टाढा टाढा बाट नेपालीहरु आएका थिए । कार्यक्रममा शुभकामना आदान प्रदान ( भिन्तुना ) समाबेश गरिएको थियो । नेपाल सम्बत शुरु भएकै दिन निकै हर्षोल्लासका साथ बोष्टनमा म्हःपुजाको चाजोपाजो मिलाई नेवाः अर्गनाईजेशनले आफ्नो समुदायको मन जितेको थियो ।यस पुजामा सहभागी भइ नेवार समुदायका मानिसहरु सर्बप्रथम आफ्नो आत्माको पुजा गरी म्हःपुजा मनाऊने चलन छ ।

सँस्थाका अध्यक्ष राजुमान श्रेष्ठले पानसमा बत्ति बालि आफ्नो धर्म परम्परा सहित बिभिन्न देबि देबताको पुजा गरेपछि सहभागी सबैलाई धन्यबाद तथा स्बागत गरेका थिए तत पश्चात सामुहिक म्हः पुजा शुरु भएको थियो । नेबारी परम्परागत ड्रेसमा सजिई आएका महिला तथा पुरुष महानुभावले कार्यक्रम लाई सिगार्नु सिगारेका थिए । नेवारी परम्परागत शैलीमा सगुन ग्रहण गर्दाको दृष्य झन आकर्षक थियो । सँस्थाका सचिब बुद्द रत्न महर्जनले रमाईलो सँग सँचालन गरेको म्हःपुजा कार्यक्रम लाई अर्गनाईजेशनका अध्यक्ष राजुमान श्रेष्ठ , ऊपाध्यक्ष खिल नारायण श्रेष्ठ, सचिव बुद्द रत्न महर्जन , कोषाध्यक्ष डा. निराजन मणि , एक्जुकेटिभ मेम्बर हरु क्रमस: रुप शाक्य, सुरेन्द्र नापित, रबि राज राजकर्णिकार, रबिन बज्रचार्य समेत को टिम तिनका परिवार एवँ सम्बद्द साथीहरुले बिभिन्न जिम्मेवारी निभाऊदै दिनरात खटेर ब्यबस्थित र आकर्षक बनाइएका थिए ।

कार्यक्रममा बोष्टन स्थित नेपाली सँघसँस्थालाई आमन्त्रण गरिएको थियो सो अनुरुप तामाङ समाजबाट अध्यक्ष मानिक लामा साथै मगर समाजबाट अध्यक्ष सरिता रानाको सहभागिता रहेको थियो ।म्हःपुजामा बिक्रि भएको टिकट बाट भाग्यशाली ऊपहार खेलाऊदा बृत्रिका महर्जन, अल्बिना नापित,यासिस श्रेष्ठ, मानिक लामा , दिपक क्षत्री, रबिन श्रेष्ठ र लोना श्रेष्ठले बिभिन्न पुरस्कार जितेका थिए । त्यसैगरी सँस्थाका सुरेन्द्र नापित, रोनेश श्रेष्ठ, नमुना राजकर्णिकार बाट सँयुक्त रुपमा खेलाईएको बिङ्गो खेलमा कपिल श्रेष्ठले फुलहाऊस गरि पुरस्कार जितेका थिए ।


सन २०१५ मा स्थापना भएदेखि यस च्याप्टरले आफ्नो भाषा सँस्कृति र परम्परालाई बिदेश भुमिमा निरन्तरता दिदै चाडपर्ब मनाऊदै यसरी बिभिन्न कार्यक्रमहरु सँचालन गर्दै आएको छ । पिता पुर्खादेखि मानिआएको नेपालको महत्वपुर्ण साँस्कृतिक धरोहर जहाभएपनि आफुहरुले पनि बचाईराख्ने ऊद्देश्यले कार्यक्रम आयोजना गरिएको र आफुहरु जहा गएपनि आफ्नै भाषा धर्म सस्कृतिमा नाच्ने र नेपाली पहिचानमा बाच्ने कुरा सहभागी नेवा अर्गनाइजेशन अफ न्यु इँगलैण्ड च्याप्टरका पदाधिकारी हरुले बताए । धन्यबाद । फोटो साभार : सुरेन्द्र नापित




 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
I hope all the fake Nepali refugee get deported
From Trump “I will revoke TPS, and deport them back to their country.”
Tourist Visa - Seeking Suggestions and Guidance
advanced parole
Sajha Poll: Who is your favorite Nepali actress?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
Problems of Nepalese students in US
Mamta kafle bhatt is still missing
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
Are Nepalese cheapstakes?
Nepali Psycho
MAGA denaturalization proposal!!
How to Retrieve a Copy of Domestic Violence Complaint???
wanna be ruled by stupid or an Idiot ?
Travel Document for TPS (approved)
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters