NOA
More by NOA
What people are reading
Subscribers
Please log in to subscribe to NOA's postings.
:: Subscribe
|
[VIEWED 5769
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
NOA
Please log in to subscribe to NOA's postings.
Posted on 06-06-10 4:11
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
CONRATULATION! TO THE WINNERS.
टरबाइक रेस हेर्न नेपाली दर्शक टेलिभिजनको स्त्रिmनमै सीमित हुने दिन टुंगिएको छ । अब आफ्नै देशमा बाइक हुइँक्याएको हेर्न पाइने मात्र होइन, त्यसमा सहभागीसमेत हुन सकिनेछ । यसको सुरुआत गतवर्षदेखि 'यामाहा राइडटेक च्यालेञ्ज' ले एउटा हाउजिङबाट गरे पनि यो वर्ष भव्यताका साथ गत शनिबार सम्पन्न गरेको छ । नेपालमा रेस कोर्स अर्थात् मोटरसाइकल रेसको आधुनिक ट्रयाक छैन । त्यसैले पिच सडकमै मोटरबाइक हुइँक्याउनु नौलो कुरा भएन ।
यामाहा राइडटेकमा पनि नेपाली बाइक राइडरले पिचमै मोटरबाइक हुइँक्याए । मुलुककै पहिलो मोटरबाइक रेस भएकाले पनि घरेलु राइडरको जोस हेर्नलायक थियो ।
सिंहरदरबारनजिक पुलनिर टायरको बाउन्ड्री बनाएर चार सय मिटरको दूरीमा बाइक रेस गराइएको थियो । विकसित देशमा हुने मोटरबाइक रेस 'मोटाजीपी' टेलिभिजनमा हेर्ने बानी परेका नेपाली राइडरका लागि घरेलु प्रतिस्पर्धाले नयाँ अनुभव दिएको छ । उनीहरूलाई उत्साह प्रदान गर्न तीन हजारभन्दा बढी दर्शक, विशेषगरी युवाहरू टन्टलापुर घाममा पुलमाथि र मुनि उपस्थित थिए ।
कृत्रिम ट्रयाक मेहनतसाथ सफा गरिएको भएपनि नेपाली राइडरहरू पूर्ण सुरक्षित स्थितिमा भने थिएनन् । उनीहरूसँग आधुुनिक सेफ्टी ड्रेस-सेट पनि थिएन । यामाहाको सामान्य रेस ज्याकेट, नी गार्ड तथा एल्बो गार्डकै भरमा नेपाली राइडरले बाइकको स्पिड र स्किल प्रस्तुत गरेका थिए । प्रतियोगीहरू यामाहाद्वारा उत्पादित आर वान फाइभ तथा एफजेड स्पर्धामा सहभागी थिए भने मोटरबाइक रेस 'टिम नेमेसिस' ले आयोजना गरेको थियो ।
आर वान फाइभमा १७ वषर्ीय आशुतोष पाण्डेले सफलता चुमे । नियमित बाइक चलाउन थालेको आठ महिना मात्र भएको बताउने बसुन्धरा धापासीका पाण्डेले आठ ल्याप्सको फाइनल चरण ३ मिनेट ९ दशमलव ४८ सेकेन्डमा पूरा गरेका थिए । रेस जित्न उनलाई खासै गाह्रो भएन । प्रत्येक चरणमा सुरुमै अग्रता लिएपछि पछाडि र्फकनु नपरेको स्थिति उनले फाइनलमा पनि दोर्याए । फस्ट ल्यापमा लिएको अग्रता अन्तिमसम्म जोगाउने क्रममा उनले दोस्रो भएका सन्दर्भ थापाभन्दा १ दशमलव ५३ सेकेन्ड अघि रेस पूरा गरेका थिए । उक्त स्पर्धामा समर मानन्धरले तेस्रो स्थान हासिल गरे ।
एफजेड स्पर्धामा भने अनुभवी सुजित ताम्राकारले बाजी मारे । काठमाडौं, बुद्धनगरका ३० वषर्ीय ताम्राकारले प्रत्येक चरणमा प्रतिद्वन्द्वीको कडा चुनौती समाना गर्नुपरेको थियो । फस्ट ल्यापमा पछि परेका ताम्राकारले फाइनलमा सेकेन्ड ल्याप्सबाट लिएको अग्रतालाई अन्तिमसम्म निरन्तरता दिएका थिए । आठ ल्याप्सको रेस उनले ३ मिनेट ४८ दशमलव ६१ सेकेन्डमा पार गरे । उनीसँग शून्य दशमलव २३ सेकेन्ड पछि परेपछि आयुष गुरुङ उपविजेतामै रोकिए । उक्त स्पर्धामा निहाल जोशीले तेस्रो स्थान हात पारे ।
दुवै उपविजेताले २०-२० हजार रुपैयाँ नगद पुरस्कार हात पारे । तेस्रो भएका निहाल र समरको पोल्टामा १०-१० हजार पर्यो । विजेताका लागि नगद पुरस्कार थिएन । यद्यपि त्योभन्दा ठूलो उनीहरूका लागि चेन्नाई रेसिङ च्याम्पियनसिपमा सहभागी हुने अवसर थियो । चेन्नाई ट्रयाक दक्षिण एसियाकै एकमात्र मोटरबाइक रेस कोर्स हो ।
विभिन्न क्षेत्रबाट छनोट भएका बाइक राइडरसँग आशुतोष र सुजितले चेन्नाईमा प्रतिस्पर्धा गर्नुपर्नेछ । एक महिनापछि हुने उक्त रेसका सम्बन्धमा उनीहरू निक्कै उत्साहित पनि छन् । रेस कोर्सको अनुभव नभएपनि राम्रो नतिजा निकाल्ने प्रयासमा कुनै कसर बाँकी नराख्ने आशुतोष तथा सुजितले बताए । उनीहरूको चेन्नाई यात्राको व्यवस्थापन यामाहाले गर्नेछ ।
आर वान फाइभमा २६ र एफजेडमा ४८ गरी कुल ७४ बाइक राइडरले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगीहरूलाई नौ समूहमा बाँडेर प्रतिस्पर्धा गराइएको थियो । प्रत्येक समूहमा शीर्ष तीनमा रहने राइडर अघिल्लो चरणमा प्रवेश गरेका थिए । तीन चरण पार गरेका ६-६ जना बाइक राइडरले दुई स्पर्धाका फाइनल चरणमा अवसर पाएका थिए ।
ट्रयाकमा स्पिडभन्दा स्किललाई बढी जोड दिइएको थियो । 'जोस्सिएर बाइक हाँक्ने हुँदा दुर्घटना हुनसक्ने डर लागेको थियो', टिम नेमेसिसका म्यानेजर डुम्छा राईले भने, 'त्यो टर्यो । अपेक्षाभन्दा धेरै दर्शक उपस्थित भए । त्यसैले ऐतिहासिक बाइक रेस पूर्ण सफल रह्यो ।'
डिजेको म्युजिक मिक्सिङ, बी-बोइङमा टिन एजर्सको कला तथा चेयर लिडरको सेक्सी डान्सले पनि यामाहा राइडटेक च्यालेञ्जको रौनक थपेको थियो । ट्रयाकमा टिम नेमेसिसका आधा दर्जन सदस्यसँगै व्यावसायिक भारतीय मोटरबाइक राइडर फवद खानको स्टन्ट कलाले पनि धेरैलाई लोभ्याएको थियो । यामाहा राइडटेक च्यालेञ्जलाई अब निरन्तरता दिइने प्रायोजक मोरङ अटो वक्र्सले जनाएको छ ।
SOURCE: KANTIPUR SAPTAHIK.
Last edited: 06-Jun-10 04:15 AM
|
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 365 days
Recommended Popular Threads |
Controvertial Threads |
TPS Re-registration case still pending .. |
TPS Re-registration |
What are your first memories of when Nepal Television Began? |
निगुरो थाहा छ ?? |
ChatSansar.com Naya Nepal Chat |
Basnet or Basnyat ?? |
Sajha has turned into MAGATs nest |
NRN card pros and cons? |
Toilet paper or water? |
TPS EAD auto extended to June 2025 or just TPS? |
Do nepalese really need TPS? |
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination? |
कता जादै छ नेपाली समाज ?? |
Nas and The Bokas: Coming to a Night Club near you |
मन भित्र को पत्रै पत्र! |
Will MAGA really start shooting people? |
Democrats are so sure Trump will win |
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post? |
Tourist Visa - Seeking Suggestions and Guidance |
Top 10 Anti-vaxxers Who Got Owned by COVID |
|
Nas and The Bokas: Coming to a Night Club near you |
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year. |
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks |
TPS Update : Jajarkot earthquake |
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|