[VIEWED 14225
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
jhilkeJetho
Please log in to subscribe to jhilkeJetho's postings.
Posted on 04-09-18 10:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
म भित्र को अर्को म ! म को हो ! म के हो म म नै हो वा होइन कि म भित्र अर्को म छ कि म भित्र नै छैन म ! त्यो म लाई म कसरी भनुं म जब उ मेरो मान्दैन आफै जिद्दी मेरो जान्दैन ! उ अर्कै सोच्छ म अर्कै ठान्छु म नियममा सोच्छु उ प्रकृतिमा बाँच्छ ! म एक लेख्छु उ दुई देख्छ म कलमले लेख्छु उ व्यवहारले भन्छ ! म कागजमा बिचार्छु उ मस्तिस्कमा भन्छ मेरो मानब सास फेर्छ उसको मानब अकरणीय छ ! सम्झाउंदा मान्दैन म अर्कै हु भन्छ फेरी म रिसाउदा उ सिथिल हुन्छ ! प्रश्नहरु राख्छ कल्पनाहरु पस्किन्छ निष्कर्ष मागिरहन्छ उत्तर खोजिरहन्छ ! यो सबै मोह राख्ने म बाट पाप गराउने मलाई गिज्याउने त्यो कुन म हो ! त्यहिँ खोज्न त्यो म भागिरहेको हो कि वा बच्नलाई म उसबाट भागिरहेको हु ! मेरो जीवन पिडामा दिलासा पनि दिन्छ घाउ हुदा दुख्दा मलम पनि लगाउछ ! रुँदा आँशु पनि रोक्छ लड्दा सम्हालेर बोक्छ खुसीमा घमण्डी बन्छ सधै म नै हु भन्छ ! म सोच्दछु राम्रो गरौँ सबै आफ्नो भनौं सकुन्जेल सम्हालौ आफुलाई राम्रो बनाऔं ! जीवन को सत्य बताउन खोज्छ एकदिन त पनि "मर्छस" पनि संकेत गर्छ ! पत्ताउन मन लाग्छ तर डर लाग्छ जीवन त जीवन हो भन्न मन लाग्छ ! को हो त त्यो अखिर जसले श्वास चाल्छ सबै देख्छ अनि सोच्छ म भित्र भित्र बाटै बोल्छ ! के उही मेरो राम अल्लाह, यशु या बुद्ध के म हुँ म भित्र ति सबै मेरा सुमित्र ! कहाँबाट म पाउछु यी सक्ति देखन सबै आनन्दलाई भोग्दीन आतिन्छु दुख देख्छु जसै ! यी दुइ महरु को मिलन नै हुनु पर्छ चैतन्य यी महरु एक म हुदाँ नै शान्ति होला सर्बत्र ! मिलन गार्हो छ मानव सदै ऊसबाट भाग्दछ नाच्दछ फेरी भेट्दछ म उसैको टाउकोमा बाँच्दछ !
|
|
|
|
ujl
Please log in to subscribe to ujl's postings.
Posted on 04-09-18 7:14
PM [Snapshot: 150]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
जीवात्मा र परमात्माको आभाष भयो यो कविता पढेर. तर जीवात्मा र परमात्माको मिलन कसरि हुन्छ? यी दुईको सम्बन्ध त प्रकाश र अन्धकारको जस्तै हुन्छ - एक हुदा अर्को नहुने, अर्को हुदा एक नहुने!
|
|
|