badarkta
Replies to this thread:

More by badarkta
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 म गधा जोतिरेहेछु
[VIEWED 6224 TIMES]
SAVE! for ease of future access.
Posted on 07-21-12 9:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     4       ?     Liked by
 

अरब को तातो मरुभूमिमा गधा जोतिरहेछु,

मात्र म यौटा प्रतिनिधि पात्र को रुपमा

हो, म जस्ता हजारौ हजार यहाँ यसरीने  जोतिरेहेछन्

कोहि के कोहि के

 

हजारौ किलोमिटर को यात्रा पार गरेर म यहाँ तेसै आएको होइन,

जोतिन भरेर आएको, जोतिही रहेको छु, गधा जोतिरहेको छु

तेसै जोतिन आएको होइन म, ठुलो जिम्मेबारी छ म माथि

लाग्दो हो मानिसहरुलाई म आफु मात्र पालिन आएको हु ,

तर होइन,

 

मैले आफ्नो घर परिवार मात्र होइन सिङगै देश पाल्नु परेको छ ,

तेसैले त यहाँ बाध्यता का साथ जोतिन परेको छ, गधा जोत्न परेको छ //

 

देश पाल्न सकेको मा मलाई गर्ब छ, गधा जोतेर ने सही,

साथे  प्रयाप्त हिनताबोध पनि

देश को नाममा  नालायक हरुको जमात पाल्नु पर्दाको

 

ति राष्ट्रघाति, ति दलाली, र ति भर्स्ताचारी

नेता र पार्टी को रुपमा ,

सरकारी कर्मचारी को रुपमा,

प्रहरी अनि सेना को रुपमा

सबै लाई

मैले

गधा जोतेरै पाल्नु पर्ने , मैले गधा जोतेरै पाल्नु पर्ने /

 

यो कस्तो बिबशता ?

ज जसका कारणले म जोत्न र जोतिन बाद्य छु, मैले तिनै जमात लाई पाल्नुपर्ने ?

 

गधा जोत्दा जोत्दा थाकेको मेरो शरिर ले

बेलुका दुइवोटा रोटि पाउछ कि पाऊदैन था छेन,

दुखेको शरिर ले साझमा यौटा ब्रुफिन खोजेमा

 

पाउछ कि पाऊदैन त्यो पनि था छेन,

 

गाऊमा आमा बिरामी हुनु भो भने यौटा सिटामोल पुर्याउन सकुला नसकुला

तर पनि मैले देश को नाममा कपुत हरु को ठुलै समूह लाई पाल्नु परेको छ

विदेश मा लगेर उपचार गराउनु  परेको छ

मेरो पसिना को स्विम्मिंगपूल मा पौडी खेलाएर

सितलता प्रदान गर्नु परेको छ /

 

म र मेरो राष्ट्र पाल्न योगदान दिने यो गधालाई

मानिसहरु

जब ति नालायक कपुतहरु को जमात साग तुलना गर्छन

यो मन चश्अ दुखछ,

किनकि

यो गधा जो

ति कपुतहरुका जमात लाई

कर्तब्य र नेय्तिकताको

पाठ सिकाउन  योग्य छ,

सम्मान पाउन योग्य छ /

 

त्यसैले नगर यो गधा लाई तुलना

ति कपुत र नरपिचासहरु सग

ति भर्स्ताचारी र दलालीहरु सग

यो ता तिनीहरु भन्दा धेरै योग्य छ

यो ता तिनीहरु भन्दा धेरै योग्य छ ///

 

(देवेन्द्र ढकाल र उहा जस्ता, अरबको मरुभूमिमा पसिना बगाउन बाध्य नेपालीहरु मा समर्पित /)



 
Posted on 07-22-12 7:14 AM     [Snapshot: 219]     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

गधा  जोते को कमाई ले ५०  मन्त्रि पाल्नु छ 
तेतिले नपुगेर, मेरो कमाई मा मोज गर्न 
अब जात जात का राज्य खोल्ने रे 
गधा जोत्ने को पैसा म़ा मोज गर्न रे 
 
धेरै राज्य भएपछि धेरै मन्त्रि हुन्छन
मलाइ  चुस्न तिनका अनेक बहाना खुल्छन 
भाषा को नाम मा मोज गर्लान,कतिले
संस्कृति  को नाम मा भोज गर्लान 
 
मेरी आमा मर्लिन जिबन जल नपाएर 
कती ले "पहिचान" को नाम मा भोज गर्लान 
मेरो छोरो लाई, आफ्नै भाषा बोल  भन्लान 
आफ्ना छोरा लाई अमेरिका पठाउलन
 
म पछि,  मेरो छोरो ले गधा जोत्न पर्ने हुन्छ 
पहिचान कायेम गरिदिन पर्ने हुन्छ
भाषा,संस्कृति  जोगाई दिन पर्ने हुन्छ
अनी पो उनीहरु लाई मलाई चुस्ने बहाना मिल्छ 
 
क्रान्ति, भाषा, र पहिचान मेरो  पेट भर्न काम लागेन  
मैले  जोगाइदिन पर्ने, नेता हरु ले मोज गर्न 
मैले सिनो बन्न पर्ने, गिध्ह  हरु ले  भोज गर्न,
मैले गधा जोत्न पर्ने, पेट नभर्ने सम्भिधान बनाउन 
 
 
मेरी संगिनी  मर्लिन पेट दुखेर 
घुस्या कर्मचारी को तलब बढाई दिनु छ 
तिनका सन्तान लाई "बोर्डिंग" म़ा पढाई दिनु छ
पहिचान को लागि, मेरो छोरा लाई गधा जोत्न पठाउनु छ  
Last edited: 23-Jul-12 07:28 AM

 
Posted on 07-22-12 10:31 AM     [Snapshot: 317]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 एथार्थ कस्तो तितो ....
 
सुन्दर कविता को लागि धन्यवाद !

 
Posted on 07-22-12 1:55 PM     [Snapshot: 404]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले आफ्नो घर परिवार मात्र होइन सिङगै देश पाल्नु परेको छ ,
Loved this. A country run by renittance. Thanks for postiing.

 
Posted on 07-23-12 8:01 PM     [Snapshot: 614]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब जात जात का राज्य खोल्ने रे
गधा जोत्ने को पैसा म़ा मोज गर्न रे
 
धेरै राज्य भएपछि धेरै मन्त्रि हुन्छन
मलाइ  चुस्न तिनका अनेक बहाना खुल्छन
भाषा को नाम मा मोज गर्लान,कतिले
संस्कृति  को नाम मा भोज गर्लान
Loved this. thanks you very much
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
Mamta kafle bhatt is still missing
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Tourist Visa - Seeking Suggestions and Guidance
Problems of Nepalese students in US
Nepali Passport Renewal
Are Nepalese cheapstakes?
wanna be ruled by stupid or an Idiot ?
Sajha Poll: Who is your favorite Nepali actress?
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
MAGA denaturalization proposal!!
How to Retrieve a Copy of Domestic Violence Complaint???
Nepali Psycho
advanced parole
From Trump “I will revoke TPS, and deport them back to their country.”
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters