[Show all top banners]

_____
Replies to this thread:

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 नेपालमा साँस्कृतिक प्रभाव जमाउने भारतीय चाल
[VIEWED 5311 TIMES]
SAVE! for ease of future access.
Posted on 10-21-11 5:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

नेपालमा साँस्कृतिक प्रभाव जमाउने भारतीय चाल

केही नेपाली स्रष्टा समेत बहकिँदै


1
 

काठमाडौंमा बिहीबारदेखि नेपाल भारत साहित्यिक तथा साँस्कृतिक सम्मेलन शुरु भएको छ । शनिबारसम्म चल्ने सम्मेलनमा नेपाल र भारतका झण्डै ८० जना साहित्यकारहरुको सहभागिता छ । बीपी कोइराला फाउन्डेसन र भारतीय दूतावासको सहयोगमा सम्मेलन भएको हो । सम्मेलनका आयोजक दह्रो भएकाले कार्यक्रम पनि तामझामका तारे होटलहरुमा भैरहेको छ ।

बिहीबारको कार्यक्रम अन्नपूर्ण होटलमा भएको थियो । शुक्रबारको कार्यक्रम भने याक एण्ड यतिमा हुँदैछ । शनिबार अरु कुनै होटलमा गर्ने आयोजकको तयारी छ ।

भड्किलो खर्च र तामझामका साथ हुने यस्तो सम्मेलन यो पहिलो भने होइन । नेपाल र भारतका साहित्यकारहरुको जमघट बेलाबेला भैरहन्छ, कहिले नेपालमा र कहिले भारतमा । हरेक सम्मेलन दुई देशबीचको साहित्यिक अनुभव आदानप्रदानको लागि भएको आयोजकले दावी गर्छन् । तर जानकारहरुका अनुसार भारतीय साहित्यकारहरुकै जोडमा यस्ता सम्मेलन हुने गरेका छन् । ‘नेपालको साँस्कृतिक र साहित्यिक क्षेत्रमा प्रभाव पार्ने उदेश्यले भारतीयहरुकै बलमा यस्ता कार्यक्रम हुने गरेका छन्’ एकजना स्रष्टाले भने – ‘भारतीय चाहनालाई पूरा गर्न नेपालका केही अग्रज भनिने स्रष्टाहरु पनि बहकिएका छन् ।’

उनका अनुसार बिहीबारको छलफलमा भारतका साहित्यकारले गौतम बुद्ध जन्मेको मात्रै नेपालमा र अरु सबै कर्म भारतमा भएको भन्दै बुद्धको जस भारतले पनि लिन सक्ने अर्थमा कार्यपत्र प्रस्तुत गरेका थिए । कतिपयले नेपालका केही मातृभाषा भारतबाटै आएकाले नेपालको संस्कृतिमा भारतको प्रभाव रहेकोमा जोड दिएका थिए ।

यस्ता सम्मेलनमा दुई देशको साहित्यिक क्षेत्रको अनुभव र आपसी हितको बारेमा छलफल भएपनि भारतीय पक्षले प्रायः आफ्नै अनुकूलको कुरा गर्ने गरेको अर्का स्रष्टाको अनुभव छ । ‘भारतबाट धेरै साहित्यिक कृति नेपालमा आउँछन्, तर नेपालको प्रकाशन चाहिं भारत जान रोक लगाईएको छ’ एकजना साहित्यकारले भने -’यसबारे पटकपटक कुरा गरेपनि भारतीय पक्षले वास्ता गरेको छैन ।’ त्यसैले यस्ता साहित्यिक सम्मेलन भारतकै चाहना र प्रभावमा रहेकाले नेपालले फाइदा लिन नसक्ने धेरै स्रष्टाहरुको भनाई छ ।

Last edited: 21-Oct-11 06:24 PM

 
Posted on 10-21-11 10:57 PM     [Snapshot: 102]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"--------" जी कतिपय मित्र हरुले आफ्नो घरको चुकुल आफैले रेखदेख गर्नु पर्छ भन्दा भारत बिरोधि भनछन् | भारत ले नेपालमा  साँस्कृतिक प्रभाव जमाउने चाल होइन कि प्रभाव जमाई सक्यो |

घुस खाएर नक्कली नागरिकता बनाउनेहरु , इन्डियन हरुको व्यापार र प्रभुत्व बढाउने विभिन्न क्षेत्र मा सहयोग गर्ने कर्मचारी हरु देखि इन्डियन साहित्य र संस्कृति को बिकृति भित्राउने अग्रज भनौदो  स्रष्टाहरु ले नेपाल लाई अर्को भयानक गृहयुद्दमा धकेल्न लागिरहेको छन  | समय छदै नियन्त्रण नगर्ने हो भने त्यो दुर्घटना बाट कोहि अछुतो रहन छैन | इन्डियन पत्रपत्रिका नेपालमा बिना रोकटोक भित्रिन्छ  तर नेपालका पत्र पत्रिका इन्डिया मा निर्यात गर्न लाई नियन्त्रण गरिएको छ | अघिल्लो पोस्ट मा  भारतीय हरुको बिकृति ले भरिएको र स्तरहीन फिल्म हरु लाई नियन्त्रण गर्नु पर्छ भन्दा साथीहरुले मेरो विचार अप्रजातान्त्रिक भन्नु भएको थियो | गलत प्रवृति लाई प्रोहत्साहित गर्नु अनैतिक मात्र होइन स्वाय अपराध पनि हो | जय नेपाल !

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
Tourist Visa - Seeking Suggestions and Guidance
Are Nepalese cheapstakes?
wanna be ruled by stupid or an Idiot ?
MAGA denaturalization proposal!!
How to Retrieve a Copy of Domestic Violence Complaint???
Nepali Psycho
advanced parole
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters