[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 Kalijug ----- Deep
[VIEWED 9255 TIMES]
SAVE! for ease of future access.
Posted on 07-20-07 11:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मन्दिरमा उस्को बाँच्ने आफ्नो अस्तित्व पनि
दीप त उही म हिजो झै आज पनि
अभिबादन सधैं झैं उस्लाई आज पनि
पहिले बलेर गरिन्थ्यो अचेल जलेरै भए पनि


*************************************

घोर कल्जुग लाग्यो भन्थिन बजै हो रे छ। बाङ्गेले सुनायो। मैले केही नभनी खाली तेस्को अँखामा हेरिरहें --- चुरोट्को उड्दो धुवाँ पछाडी पनि उस्का आँखा चम्केकै थिए। बाङ्गेले केइ न केइ त गरेकै हुनु पर्छ बजैको महाबाणी उध्रित गर्न भन्नेमा मलाई शंका थिएन। उस्ले केइ न केइ तनाब हुने काम त सधै जसो गर्थ्यो तर आज अब गर्यो के?

पन्चे धारा नेर उस्ले भ्याकुमले झै तानेर दुइ इन्चि स्वात्तै घटार देको याक् तानेर मैले फेरी हेरे बाङ्गेलाइ। खिस्स हाँस्यो बज्या।

"के गरेर मरिस् आज फेरी?" सोधेँ। सोध्नै पर्यो नी – कति चोटी उ लुतो बोकेर आउथ्यो अनि मलाइ नी चिलाउथ्यो – मैले खाइ न पाइ छाला टोपी तेस्को सङ्गतमा धेरै चोटी लाइ सक्या हुँदा म पनि डाँकाले बजै उध्रित गर्दा हुँदी ससन्कित् हुनु स्वभाबिकै थ्यो।

“भा कुरो त गर्नै नहुनी --- भन्नै नहुनी -- यस्तो पनि जमाना हो?" बाङ्गे त उल्टो प्रश्न पो गर्छ।

मैले फेरी उस्लाइ पुलुक्क हेरेँ --- लछिन् बिग्रे जस्तो लाग्यो आफ्नो –

साँझ साँझ पर्या बेला थ्यो -- अलि पर तिर बाटो बाट दुइ चार जना हल्ला गर्दै आ जस्तो लाग्यो—--बाङ्गेले मलाइ नि तान्दै गणेशथान् पछाडी तिरको बारीमा हाम्फाल्यो “माधेले धुइ धुइ खोजि रा छ रे के हाम्लाइ” बाङ्गेले सुनायो मरिसक्या स्वरमा।

“हाम्लाइ रे?” म अल्मलियेँ।

नभन्दै माधे हो रे छ - अरु दुइ तिन् जना सङै --- यता र उति हेर्दै रिसले आगो भा रे छ --- बाङ्गे र दीपलाइ धुलो पार्दिन्छु आज भन्दै उर्लिदै थ्यो। माधे त साथि नै हो --- बाङ्गेले के गर्देछ कुन्नि – फेरी मलाइ पनि किन खोज्या हो? मैले त केइ गर्या छैन – अघि ब्यान सम्म त सङ्गै चुरोट् तान्या हो सरसोति थान् पछाडी – सोच्तै थें ---

माधे र उस्का भारदार् मन्दिर् भित्र वरि परि सबै हेर्दै बिशालनगर् तिर लागे।

के गरिस् तैले माधेलाइ? मैले सोधे।
केइ न केइ --- उस्ले भन्यो।
केइ नगरी किन तेरो पुजा गर्न हुलै लेर हिन्या त त्यो?
के था पाउनु? --- तेरो नी नाम् लिदैथ्यो त पिस्न लाइ –तैले चाइ के गरिस् नि? उल्टो सोध्छ मलाइ बाङ्गे त --- अब भो कि?

के गर्नि मैले? ब्यान् सरसोतिथान् माँ चुरोट तान्दा सम्म ठिकै ---थ्यो – तैले नै केइ न केइ गर्या हुनु पर्छ --- मलाइ झनक्क रिस उठ्यो बाङ्गे सङ्ग – फेरि के मा मुछ्यो बज्या ले भनेर ---

एक् छिनको घार् घुर् पछि बाङ्गेले ओकल्यो ‘अघि इस्कुलबाट आउदै रैछे ---अनि मैले आइ लभ् इयु भन्देँ क्या --- “

कस्लाई भनिस रे आइ लभ् इयु? म अरु तातेँ।

"तेई अलछिना माध्या बैनीलाइ ---कस्लाई नी अब?"
बाङ्गेले सजिलै भन्यो।

“के रे? --- के खान लाइ आइ लभ् इयु भन्या त?” मलाइ अरु रिस् उथ्यो ---

“उस्ले दिये त धेरै छ नी खानी चीज् …तेस्कै आश मा त ---“

“बाङ्गे! तँलाइ हिँ गाडनु पर्यो? --- “ बाङ्ग्या आशको कुरा नसिकिदै म गर्जियेँ।

“अनि तैले पो आइ लव् इउ भनेर मर्या रे छस् तेस्को बैनिलाइ ---फेरी मलाइ किन खोजि रा त माधे ले? “ सोधेँ। कुरा सकिए जस्तो लागेन मलाई।

“मैले लभ् लेटर नी दियेँ क्या --- झोला म हाल्देँ तेस्को” बाङ्गेले मेरो प्रस्नमा बोल्यो।

मैले रिस्ले खालि घुरि मात्रै रहेँ एक् छिन् --- उस्ले लव् लेटर् दिये नि मलाइ किन खोज्या हो भन्ने कुराको ठेगान् लाग्या थे न --- मैले घुर्दै गर्दा बाङ्गे ले थप्यो – लेटरमा तेरो नाम् लेख्देँ जे सुकै होस् – मैले त मुखैले भनि हालेँ त छुटिस् भनेर लेटर् देको के तेरो भनेर--- तैले नि पाए त ब्या गर्छु भनेकै हो – हैन भने हैन भन?”

म रन्थनिएँ --- बाङ्गे फलाक्दै थ्यो --
"माया गर्छु भन्दा त यसो गर्छन् --- झुर रे छे भन्यो भने झन के गर्नी होला? घोर् कलजुग नलाग्या भे यो के त? बाङ्गे अझै सोध्दै थ्यो – कस्लाइ हो कुन्नि डाँका---

के गरम् अब यो बाङ्गेलाइ टाउको साउको फोर्दीम की भनेर ढुङ्गो खोज्दै थेँ सतर्क हुदै उस्ले बोल्यो “ये के खोज्या हँ तैले? ---झन् उस्ले गर्न नसक्या काम् ज्यान् जोखिम मा हालेर मैले गर्देँ – अझ रिसाउदो रे छ ---“ घोर् कलिजुग्! कान्ला माथि बाट थप्यो।

*********************

हिँजो माधब अर्थात उही माध्या बैनी सङ्ग भेट भो -- यो परदेसको एउटा जमघटमा। पैले देख्दै सराप्ने उ अहिले त "दीपदाई चिन्नु भो?" भन्दै मीठो मुस्कान बोकेर आई बेग्लै कुरा हो भिउँट घोप्ट्याको जस्तो देखिने एउटा लोग्ने र खुडकिला जस्ता तिन टा छोराछोरी सङ्गै भए पनि।

खै कलिजुग लागेकै हो कि त? खै के के ---
 
Posted on 07-21-07 12:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भोलि पढ्छु, साह्रै निद्रा लाग्यो। यत्ति राति जाँडको सुरमा त टाँस्या हैन दीप ज्योले?

कमेन्ट सिमेन्ट नि भोलि पढेर दिम्ला नि!

गुटुमुटु नाइट!!!
 
निशान्त
Posted on 07-21-07 12:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्बोssss! दिप्स पाट!
आबो कता हरायो सोम भनेको कि भरै स्टोरिमा घुमिराको रैछन्तनि! आबो आजु मो अलिक हाइ छ कि, भरै भोलि मजाले पढेर कमेन्ट हान्छु ल? हाम्रो हाँडिगाउँको एक्टिभ ग्याङको खोक्समा तोङ्बाको ट्रिपमा के कमेन्ट लेख्नु भनेर नि हौ!
 
Posted on 07-21-07 12:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म पनि भोली पढ्छु है। यो निदको झोकाँ पढेर मज्जै आउँदैन के।
 
Posted on 07-21-07 12:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

HOW R U BHAUTE?
JAYAMATADI
 
Posted on 07-21-07 5:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिप दाजु दर्शन गरेँ है!!
हाहाहाहाहा कल्युग त घोर कल्युग नै लाग्या रै छ त नि!अब कल्युगमा बांच्न कलयुगि नै बन्नु पर्ने भो पर्भु!!
खे के के‍‍‌‌--
 
Posted on 07-21-07 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dherai din, hoina, dherai mahina pachi Deep jhulkeko dekheko, yo Kaliyug ma pani dhanya nai ho.

Welcome back, Deep.

Tapai ko pankha.
 
Posted on 07-21-07 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



त्यै भे'र हाम्ले त आइ लप यु भन्न भन्दा अगाडि दाजु-भाइ कति छन भनेर सोद्थेम। बाङ्या बुद्दी भउत्या जत्तिओ नि रे'न छ।
 
Posted on 07-21-07 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Actually I meant to post this stuff in chautari, not here as a separate thread.

माध्या बैनीलाई उस्ले सराप्दै गर्दा छोड्या थ्यो अनि फेरी हींजो भेट्दा सराप समुधुर मुस्कानमा नुहाएर मगमगाउँदो अभिबादन बनेछ --- बिगत सम्झिएँ र चौतारीमा बिसाउँछु भनेको छुट्टै प्रस्तुत हुन पुगेछ। प्रस्तुती कथा हैन र छुट्टै ठाँउको योग्य पनि छैन। भुल मेरो हो। क्षमा याचना सङ्गै स्वागत झैं लाग्ने मीठा शब्दहरुका लागि आभार पनि।

दीप
 
Posted on 07-21-07 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

This deserves to be here by itself. You're being too modest.
 
Posted on 07-21-07 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sorry I didn't see jayamatadi's post. I'm doing fine, Bro. Thank you. And yourself ni? Garmi kattiko chha?

दीप ब्रो, बाङ्या एउटै वाक्य नि छुट्टै धागोको लायक लाउछ हौ मुलाई त।

 
Posted on 07-22-07 7:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लेखाई होस् त यस्तो! छोटो-मिठो-सटीक!! दीपज्यूलाई माने मैले।
 
Posted on 07-23-07 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

darshan Deepji,

I have loved every one of your anecdotes; they immerse me into nostalgic reveries.
Thank you!
 
Posted on 07-23-07 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जय होस दीप प्रभु!
घोर कलिजुग लागेछ!
लेखौँ अझै लेखौँ धेरै रमाइको शैलि छ!
 
Posted on 07-23-07 9:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thank you all.

It was quite an interesting encounter with Madhya baini. I had to share the info with Bange, and I did. Then, jindagiko raaple polya bela sustaune afno chautareema ni share garchhu bhanera aako new thread add garna pugechhu. I know what I have written above fails on many aspects to be a story even from my hawadari understanding of Nepali katha paribes...tara pani sadbhavko laagi dherai dherai dhanyabad.

Deep
 
Posted on 07-27-07 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घोर् कलियुग... घोर् कलियुग!

धेरै दिनपछि दिप दाइ को बाङ्गे महिमा सुन्न पाएर धन्य भइयो।

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Travel Document for TPS (approved)
To Sajha admin
MAGA and all how do you feel about Trumps cabinet pick?
All the Qatar ailines from Nepal canceled to USA
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters