[Show all top banners]

krk_nepali
Replies to this thread:

More by krk_nepali
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 साझा वर्षपुरुष
[VIEWED 4369 TIMES]
SAVE! for ease of future access.
Posted on 12-19-06 3:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझा डट कमले मलाई २००६ को साझा वर्ष पुरुष घोषणा गरेकोमा म साझा परिवार र साझा प्रयोगकर्ता सबैप्रति हार्दिक कृतज्ञता र धन्यवाद ज्ञापन गर्न चाहन्छु ।
यसका साथै जीवनमा सधैं राम्रो कुरा सोचौ सभ्यता र संस्कारलाई आफ्नो अमूल्य गहना सोचौं ।
मैले अगाडि पनि भन्दै आएको थिए - गोलमालको विषयमा ! सृजना आफैंमा एउटा सुन्दर उपहार हो । अरुहरु धेरै स्रष्टाले जस्तै अर्को एउटा उपहार शिव प्रकाश पनि नेपाली भाषा र साहित्यलाई दिएका छन् । परदेशको यो ब्यस्त ठाउँमा बसेर सृजनाका लागि साधनारत रहन सक्नु आफैंमा झन महत्वपूर्ण छ । मैले गोलमाललाई महत्व दिनुको अर्थ अन्य केही नभएर म त्यसको एक समीक्षक हुनु मात्र हो । त्यही समीक्षकको नाताले गोलमालबाट यहाँ अर्को कविता प्रस्तुत गर्ने अनुमति चाहन्छु । अन्त्यमा तपाइँको पहिलो परिचय भनेको तपाइँको बोली र भाषा हो । सभ्य भाषा सधैं सुरम्य र मननीय पनि हुन्छ । धन्यवाद

"जब् लेटर"
शिव प्रकाश

सर्वप्रथम
"आइ कम नेपाल फ्रमू"
अंग्रेजी मूला पटटट् पड्काइ दिन्छु
यसमा तल्कुरे न बर्धन्ने
यस्ता नाथे भाषा सिधै भटटट् भट्याइ दिन्छु ।

हुटेलमा पाँच वर्ष घुँडा धसी
बटुलेको अनुभवलाई ठूलै मान्या छु
कलेजको डिग्री भन्दा
मेरो डिग्रीलाई मैले खाँटी ठान्या छु ।

हुटेलमा ग्राहकका सामुन्ने म
बोको हाँसे जस्तो ङिच्च हाँसी दिन्छु
पछिल्तिर परेपिछ
त्यसका बाउलाइ गार्खे मुड्की उज्याउँछ

लाप्प लुप्प खाइ हिड्ने
कष्टुमरलाई धेरै धेरै धन्यवाद दिन्छु
ट्वाक तानी ढिला गर्ने
बजियालाई काउछो लगाइ दिन्छु ।

हुटेलमा "बीजी" हुन थाल्यो भने
भुँडी छामी टट्टी लाग्यो भन्छु
बाथरुम भित्र छिरेपिछ
धेरै हैन पौने घण्टा मात्र लाउँछु ।

हाँडा-भाँडा नमस्काएरै
चाँदी जस्तो टलक्क टल्काइ दिन्छु
नटल्किए ती ठाँडालाई
गार्वेज तिर सिधै मिल्काइ दिन्छ ।

टेबुल-कुर्सी दायाँ-बायाँ
उल्टो-सुल्टो ट्याक्कै मिलाइ दिन्छु
नमिलेर खुल्टुङ्-खुल्टङु् गर् यो भने
त्यसका खुट्टा मरक्कै मर्काइ दिन्छु ।

पिलेट बोक्नेदेखि लिएर
सिलेट घोट्नेसम्म साह्रै सिपालु छु ।
नागा-बुङ्गासंग पड्किए नि
तरुनीका लागि म साह्रै कृपालु छु ।

छिटो छरितो काम गर्छु
टाक्क-टुक्क ठ्याक्कै मिलाइ दिन्छु
मै हुँ भनि फूल्नेको म
धोती, हावा दुबै फुस्काइ दिन्छु ।

गर्नेभन्दा गराउने ठूलो भन्ने
मूलमन्त्र सँधै खोपडीमा राख्छु
मैले मेनेजरी गर्न पाएँ भने
केही दिनमै रेष्टुरेण्टलाई पूरै खोल्मा बनाइ दिन्छु ।

"जब् लटेर" हेर्नुहोस् मरो
गुनैगुनको खानी हुँ म अवगुन छ यौटा
एउटै छ पोर्बोलेम मेरो
हरके साँझ रित्याउँछु कम्तिमा दूइटा घैटा ।

मे १७ २००५ बोष्टन अमेरिका
 
Posted on 12-19-06 5:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझाले "वर्ष पुरुष" घोषणा गरेको मा खुबै मक्ख पर्नु भयो नि, प्रत्यक साझा युजरले लग इन गर्दा आफैंलाई "वर्श पुरुष" को रुपमा देखिंन्छ, राजा ।
 
Posted on 12-19-06 10:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए , हो र ! यो त बकम्फूसे ताल पो रहेछ । म सोझो मान्छेलाई त के थाह ? यो उल्लु बनाउने तरिका ! लाजैमर्दो बनायो है । साझा वर्षपुरुष भएर के के न गरेछु भनेको त ढोडको तोक्मा पो रहेछ ! जे भए नि यो ढोडको तोक्मा दिने साझालाई साधुवाद ! अनि यो सुझबुझ दिने once in a while जीलाई पनि साधुवाद !धन्यवाद !
 
Posted on 12-20-06 3:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Your poem is real and practical.
keep on writing SAJHA barsha purush. congrats.
 
Posted on 12-20-06 3:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

i am too person of the year 2006 :P

Bipin Mulmi
Kathmandu, Nepal
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
Travel Document for TPS (approved)
MAGA and all how do you feel about Trumps cabinet pick?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters