world_map
Replies to this thread:
More by world_map
What people are reading
Subscribers
Please log in to subscribe to world_map's postings.
:: Subscribe
|
[Please view other pages to see the rest of the postings. Total posts: 326]
[VIEWED 114229
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 11-28-06 11:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी! चौतारी!!चौतारी!!! गाम-ठामको कामलाई एकछिन छोडेर, थकाइलाई मेट्ने ताजा खाजाको रुपमा साझा मार्फत चौतारीमा दौंतरी खोज्दै आउने सम्पूर्ण गाम्लेहरू तथा शुभचिन्तकहरूलाई गफ रुपी खाजा सजाउँदै, बाजा बजाउँदै न्यानो अभिवादन!!! उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३४सौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो। चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु। Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल अनि निशब्रो, गुन्टे र समिधेलाई यसै अंकदेखि औपचारिक रुपमा भर्ना गरेको घोषणा गर्दछौं। अनि सोमहरु, यहाँसम्म त भयो औपचारिकता!!! अब यहाँबाट खोक्न मन लाग्नेले खोक्स दिने, हाँस्न मन लाग्नेले जोक्स दिने। भोक्स लागेकाहरु चिया हाप्स दिंदै गफ्स् पनि दिम् के रे! भाकल भुकल दिन मन लाग्नेले पनि दिम्, क्यै छैन। यस संस्करणमा पनि दोस्तहरुबाट भक्कु पोस्टहरु आउँलान् भन्ने आशमा!!! नेपालमा पनि सुड्डासुड्डीहेर्ले बल्ल शान्ति गरेचन्। ल, यही खुसीयालीमा आकासमा फाटेछ बादल चौतारीमा घन्काइदिऊँ मादल जिम्माल बूढाको गीत ..आकाशको कालो बादल होsssssssss आकाशको कालो बादल पानी पर्छ छम छम पानी पर्छ छम छम जस्तो तिमीलाई पानी तिर्खा उस्तै मलाई लाउछ मया नाचन मेरि मारुनि आँगनीमा छम छम... दीप ज्योको कविता आङ्ग्नाँ बिस्कुन सरी फैलार हीन्दीछ निस्ठुरी मोरी ओछयानाँ उडुस सरी किचेर मार्लान भन्ने डर छ रे सधै भरी सिम्स्ले खै के गरी गरी असान्त छ निसान्त अचेल् भरी नलुक्नु लुक्यो चोर सरी चिनेर मर्लान भन्ने भो रे अब डर् हे हरी! निश बुरोको कविता चित्रे बाबु तिम्रा शंका उपशंका त्याग चौतारिका सोमहरुलाई किन गर्छौ र्र्याग कनान डायल, अगाथा क्रिस्टि कति पढ्छौ मिस्ट्रि बिचरा जिम्मालेको बिगार्दैछौ हिस्ट्रि
|
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 11-29-06 12:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु जा त! तितौरी बुईनीले लोउतन्तरको सदुपयोग अर्न जानेको देखेर यो दाईको मनै भक्क भुलेर आओ के! :D आफू त बुढै भे नि यई बुईनीको पछ्छेमा है! तर तेई हो फेरि, एकोहोरो हुँदा चईं अल्छि नि लाउनी बेला बखताँ। तर झ्याउ लाग्नुको कारण कसैलाई निमोठ्न त नहुनी हो के रे। मुकुण्डै लाएनि बिषय बस्तु चईं फेरि रहन पर्ला कि? चौतारी नौटंकी न हो, केरेक्टर थरी थरीका, बिषय बस्तु नि थरी थरीका भए यो नौटंकीको रमईलोलाई दिघो रुप दिन सकिएला। ए! तो कथा! शुरु नै अरे छैन, गाँठे! ल, अब बस्छु।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 11-29-06 12:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तितौरी को कुरा मलाई नि ठीक लाग्यो । भने हो भने हामी सबै पनि मुकुन्दो लगाएर नै यो चौतारी मा आएका हौ । तर जे भनेनि यो निस् चै कुम्ले हो नि जस्तो नि लाग्न थल्यो।
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 11-29-06 1:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"एकोहोरो हुँदा चईं अल्छि नि लाउनी बेला बखताँ। तर झ्याउ लाग्नुको कारण कसैलाई निमोठ्न त नहुनी हो के रे। मुकुण्डै लाएनि बिषय बस्तु चईं फेरि रहन पर्ला कि? चौतारी नौटंकी न हो, केरेक्टर थरी थरीका, बिषय बस्तु नि थरी थरीका भए यो नौटंकीको रमईलोलाई दिघो रुप दिन सकिएला। " आम्मामा निश ब्रो, काँ चौतारी नै छोड्ने कुरो गर्या, लाSSSSस्टै र्याग पो हुन्छ त हो। लौ खै अब चाँडो कथा सुन्नु पर्यो पून्टे दाई, अनि सब ठिक हुन्छ।
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 11-29-06 1:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
“I like your hat. Is that from Nepal?,”जेन्नीको अकस्मात् मित्रताको आह्वानले रमेशलाई केही बेर त नर्भस बनायो। अमेरिका आए पछि रमेशको कलेजमा पहिलो दिन, पहिलो कक्षा, English 101. कक्षाको शुरु मै प्रत्येक बिध्यार्थीको परिचय मागेकी थिईन् प्रोफेसरले। त्यसैले जेन्नीलाई रमेश नपालबाट आएको भनेर थाहा भई सकेको थियो। “Oh! Ummm…ahhhh…not really. This is actually a Tibetan hat, but you can find it aplenty in Nepal too, specially in tourist areas in Kathmandu,” अलि अलि नर्भस भएनि रमेशले फलको अलि अलि चिसोमा लाएको भोटे टोपीको परिचय दिंदै जेन्नीलाई भन्यो। “It’s really cute!,” जेन्नीको यो वाक्य पछि निकै बेर शान्त छायो उनीहरुको पहिलो कुराकानीमा। भलाखुसारी कसरी अगाडि बढाउने भन्ने कुरा रमेशलाई आएन तेतिखेर। यता उता टोलाउँदै थियो रमेश, जेन्नीले फेरि बोली, “When’s your next class? Are you free right now? Do you wanna go for lunch?,” जेन्नीको नयाँ प्रस्ताव एक्कासी आउँदा रमेश झनै नर्भस भयो। “Huh? No, no! I have a math class in 15 minutes,” रमेशले अनायसै झुट बोलेर आफू हिंडी हाल्नि पर्ने जनायो। उसको math class शुरु हुन अझै २ घण्टा बाँकी थियो। “Oh! Okay. I will see you Wednesday then!,” लटर पटर कुरा गर्न आउँदैन अमेरिकीहरुलाई, अनि जेन्नी नि आफ्नो बाटो लागि। एकछिन बुक स्टोरमा समय बिताएर क्याफेटेरियातिर भोक मेट्न लागेको बाटो भरि रमेशलाई धेरै खुल्दुलीले सताए। “धत्तेरी! म नि कस्तो लाटो छु। जानु पर्ने जेन्नी संगै। तर के हो के। नयाँ केटी मान्छेसंग शुरुमै तेसरी हुत्तिन्दा फेरि अनर्थ पो लाऊँथिन् कि? तर फेरि उसैले राखेको प्रस्ताव थियो त्यो। बुझ्नै गाह्रो हुन्छ केटीहरुको मन। उ त फेरि अम्रिकाने भई सकि, लन्चलाई जाऊँ भन्दैमा रोम्यान्स गर्न खोजेकी त होईन होली। रिसायिन् पो होली कि मैले नाईं भन्दा? केटी त च्वाँकै थिईन् फेरि। अलि अलि नेपाली जस्तो पनि। फिलिपिनोहरु त खल्ली हुन्छन् रे भन्थे राजुले (राजु, रमेशको साथी एस एल सि पछि फिलिपिन तिर पढ्न गएको),” यस्तै यस्तै कुराहरु मनमा खेलाउँदै रमेशले क्याफेटेरिया, म्याथ क्लास, अनि फेरि बेलुकीको केमेस्ट्री क्लासको समयहरु बिताए। त्यही पहिलो English class को परिचयमा रमेशलाई थाहा भई सकेको थियो जेन्नी चाहिं अमेरिका मै हुर्केकी रे ४ बर्षको छँदा देखुन्, उनका प्यारेन्ट्स् चाहिं दुवैजना फिलिपिनका रे। क्रमश:
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 11-29-06 1:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
“सालेले मोज गरेछ आज कलेजमा। हामी आएको दुई बर्ष भई सक्यो, कोई केटी पट्टिन त परै जाओस्, बोल्न धरी आ’ छैन, यो कुरुपे कालेको काँ बाट भाग्य चम्केछ। मोज गर, मुला! के को सोंच्नु प-यो नि? खुरुक्क पट्ट्याउनि, कलेज पढुन्जेल लभ गर्नि, अनि कलेज सकेसि मेरो बा-आमाले फोरेन केटी बिहे गरेको मन पराउँदैन भन्दिनि, चटक्क छोडेर सुकुमारी नेपाळि केटी बिहे गर्नि हो!,” रमेशको एकजना रुममेटले उसको त्यो दिनको घटना सुनेर उट्पट्याङ् टिप्पणी गर्न भ्यायो त्यो साँझ। “लाटा मोरा! अझै अबेर भा’ छैन, बुझिस्! बरु ग्रिन कार्डको लागि बिहे गरिदेन। ग्रिन कार्ड हात परे पछि जे पर्ला पर्ला!,” रमेशको तेस्रो रुममेटले थप्यो फेरि। रमेश भने सोझो थियो। “त्यस्तो कुरा नगर्न यार, केटाहरु! कस्तो छे कस्तो छे, हाम्लाई के था’ ऊनी? हेर्दा सरिफ नै थिई। सरिफ लुगा ला’की थिई। सरिफै कुरा गर्थि। साथी बनाउन मात्र खोजेकी होली नि त। त्यो क्लासमा हामी दुईजना मात्र एशियन थिम् के रे, अनि बोल्न आ’की होली…” “त्यो सरिफ लुगा त, यस्सो…” रमेशको रुममेटहरु भने अति छटपटाएका बोकोहरु नै थिए। “ह्या, मुला! जे पायो तेई नभन न अर्काको छोरीलाई। पर्सि भेटि हाल्छु फेरि, अनि कुरा गरि हाल्छु नि! अमेरिका आए पछि पनि नेपाली मात्रै साथी हुनु पर्छ भन्ने छ त? भेट्टाएँ नि त मैले नि एउटा बिदेशी साथी,” रमेशलाई साँची नै बुधबार कहिले आउला भन्ने परि सकेको थियो। “मुला! जे पायो तेई भन्ने भनेकै अर्काकी छोरीलाई त हो नि! आफ्नै छोरीलाई नि कसैले जे पायो तेई भन्छ त?,” बड्वाईजर धुट्काउँदै रमेशको पहिलो रुममेटले मजाकैमा उडायो रमेशको भनाईलाई। राम्री त साह्रै नै हिस्सि परेकी थिईन् रमेशको नजरमा जेन्नी। शायद पहिलो पटक कोई परस्त्रीले त्यसरी लन्च खान जाम् भनेकोले होला, रमेश अलमल्लमा परेको थियो। भित्री मनमा त शायद उसलाई साँची कै मन परेको थियो जेन्नी, तर पहिलो भेटमै केई निश्चित त हुने भएन नै। उसको मुटु भने एक्स्ट्रा चार्ज भा’को झैं गरि उफ्र्यो त्यो रात भरि। बेला बेलामा त के गरुँ कसो गरुँ झैं गरेर मुटु नै सुक्या जस्तो पनि हुने। “जे होगा होगा, नहि होगा तो मकैका घोगा,” भन्ने राजुको फेमस लाईन सम्झेर बल्ल बल्ल सुत्यो रमेश त्यो रात, शायद बिहान पख मात्रै। क्रमश:
|
|
|
Please log in to subscribe to 's postings.
Posted on 11-29-06 2:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते सबैलाई। लौ निस् को हो भन्ने थाहा नहुने पो भयो? निशान्त् ले आफ्नो चौतारीको identity reveal गर्नु नै ठिक् हो कि जस्तो लाग्या त हो मलाइ पनि, हुन त सबै मुखुन्दो मै छम् हामी तर त्यो मुखुन्दो भित्र पनि एउटा आ-आफ्नो पहिचान् भैसक्यो नि हामी केहि पात्रहरु बिच,हैन र? मलाई मात्र खुसुक्क भने नि हुन्छ के। ;) खै अब जे भे नि रमाइलो चाही भक्कु भयो क्यारे निस् ले गर्दा। यस्तै यस्तै रमाइलो गर्दै जाम्ला केरे 'नमरे बाँचे कालले साँचे'। पुन्टे दाईले कति क्रमश् क्रमश गरिरा छिट् छिटो लेख्नु न, रमाईलो भैराछ अहिले सम्ममा। :)
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 11-29-06 2:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा हा पून्टे दाई, जाओस जाओस!! छेउमा बसेर चिहाई चिहाई पढ्दै छु। कत्ति "क्रम्श:" आएको भन्या!! मलाई कलेजका दिनहरुको याद आयो दाई!! राम्रो गइरहेको छ!! लक्की रमेश!! आफुँलाई त शुरु दिनमै काली मद्रासिनीले "हेल्लो कुम्ले" भनेर सेतो दाँत देखाकी थि, त्यहिपनि खुसि नै भएको थिएँ त्यो दिन, पछि त इन्डियन फेस्टिवलमा भेट्दा त उस्को बुढो सङ्ग पो रहिछे, त्यहि पनि थिकै छ नि त भनेर खिसिक्क हाँसे है, उस्ले त उल्टो मलाई "This is my husband Mahesh" भनेर चिनाई अनि मलाइ फेरि "I forgot your name" रे। मेरो पालो नि My Name is Venkataa, Nice to meet you Ramesh भनेर चल दिएको के!! हा हा हा!!
|
|
|
Regal
Please log in to subscribe to Regal's postings.
Posted on 11-29-06 2:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
क्या नाम ! सबको सलुट! पुन्टे दाइलाई फिर् से सलुट ! बडा इन्टरेस्टिङ् दिएर पढिराछु तपाइको कथा। येस्तो पढ्दा त आफु पनि उति बेला लोहोरे खोलामा गँगटाको चौकिदारि नगरेर डाँडामाथिको इस्कूल धाउनु पर्ने रहेछ भन्ने खयाल् आउछ( कभि कभि )। जो भि हो सोचना क्या जो भि होग देखा जायेगा (नहिँ होगा तो मकैका घोगा...) सलुट !!!
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 11-29-06 2:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बुधबारको फस्ट क्लास नै English 101 रमेशको। सोमबार देखि नै तस्पेको उसको मन, आज त बिहान उठ्ने बित्तिकै ज्वालामुखी झैं गरि फुट्न खोजी रहेको थियो। मुख धुन ऐना हेर्दा नि जेन्नी कै अनुहार देखा पर्नि, खाजा पनि नपच्नि, किताब खोल्यो, ध्यानै नलाग्नि, टिभि हे-यो, को को जिन्दगीमा भेटै नभा’को निउज रिडरसंग नि रिस ऊठ्नि, मनको व्यथा चिनजान, साथी भनेकै दुईजना रुममेटलाई सुनायो कि, मजाक गरेरै वाक्क बनाउनि। रमेशको उकुसमुकुसको कुनै सिमा नै थिएन त्यो दिन। थे पनि चिटिक्क पर्न चईं भ्यायो उसले। तीन पटक त शेभ गरे के रे, दुई पटक शर्टमा ईस्त्री लाए, कपाल नि जेल सेल हालेर चिटिक्क बान’का मात्र के थिए, तेई भोटे टोपी सम्झे फेरि। चिटिक्क कपाल माथि नै घोप्टाए फेरि तेई भोटे टोपी। रुममेटलाई सोध्न पर्छ कि जस्तो त ला’थ्यो, तर नसोधिकनै कुरुक्क रुममेटको कोलोन पनि छर्के आफ्नो ज्यानमा। मग मग बास्ना लिएर, छोरी माग्नै जान ला’ जस्तो गरेर, निस्कन मात्र के ला’थे, एउटा रुममेट आँखा मिच्दै देखा परि हाले। “ओ हो, काजी! झण्डै बिर्सेको, आज त बुघबार! जेन्नीसंग लभ गाँस्न पेन्नी उडाउने होला नि! खुब बास्ना आ’छ ल, लभै गर्न नखोजेकी भएनि तिम्लाई सुघ्न त सुयर आउँछे जेन्नी आज! ल, ल, गुड लक! बरु तेस्को दिदी बईनी पनि रईछन् भने हाम्रो नि कुरा गर्देउ के रे। अनि तिमीले केई नगर्नि भए जेन्नीसंगै नि भेट्टाईदेऊ, ल! एनिवे, गुड लक!” रुममेटको त्यो कमेन्टलाई वास्तै नगरी रमेश लाग्यो कलेजतिर। “हैन, मेरो त लभै प-यो जस्तै छ यो संग। तर उसले मानिन भने नि साथी मात्रै बन्न नि ठीकै हुन्थ्यो। तर कसरी हुन्छ लभ? चिनेकै छैन। तर राजुले त भन्थ्यो, कहिले काहिं ‘Love at first sight’ नि हुन्छ रे। ल, म पक्का भएं, मेरो नि तेस्तेई भयो। Love at first sight. भनाई नि कस्तो powerful छ यो त!,” यस्तै यस्तै कुराहरु मनमा खेलाउँदै, क्लासमा ध्यान पनि नदिई, जेन्नीतिर नजर गाडेको गाडै बि्तयो उसको English क्लास त्यो दिन। “So, what happened to your math class?,” आज चईं रमेशले नै लन्चमा जाऊँ भनेर राखेको प्रस्ताव पछि जेन्नीले जिज्ञासा जनाई। “Oh! One of my friend’s told me that professor is a bad one, very tough one. So, I dropped that class, and now I have add another math class before registration ends,” कुरो ठीक्क पार्न त आउने हो केटोलाई। दिन बित्दै गए, हप्ताहरु बिते। जेन्नी त रमेशको घनिष्टता पनि निकै बढ्यो। हुन त रमेशले आफ्नो मनको साँचो कुरा भन्ने आँट कहिलै गर्न सकेको थिएन, तर जेन्नी उसको नजिक नजिक आएको महसुसले नै उसको छित्त बुझ्थ्यो। लाईब्रेरीमा पढ्न होस्, या ल्याबमा पेपर लेख्न होस, या लन्च खान होस्, उनीहरु प्राय जसो संगै हुन थाले। एक दिन त जेन्नीले रमेशलाई उसको दिदीको घरमा डिनर पनि खान लग्यो। रमेश सोंच्थ्यो, “आफ्नो परिवार संग नि भेटधाट गरायो मलाई त, मन नपाराएकी भए किन तेस्तो गर्थि?” कलेज बाहिर नि घुम्थे उनीहरु। Movies, eat outs, hang outs, bars, clubs. शायद जेन्नीलाई रमेशको जस्तै बिडम्बना थियो होला, आँट्न नसक्ने। जे होस्, रमेश निश्चित थियो, उनीहरुको प्रेम निकै माथी उक्ली सक्यो भन्ने कुरामा, तेसैले खासै केही खुलस्त नभए नि उ सन्तुष्ट थियो। सिरफ् केटी ने परिछे, राम्रै भयो, बिस्तारै सबै मेसो मिली हाल्छ, अनि बिहे त यही सँगै गर्छु होला भनेर पनि बिचार गर्थ्यो ऊ। बेला बेलामा चाहिं निकै छट्पटाउँथ्यो ऊ, कोठामा, कहिले काहिं जेन्नीले फोन नऊठाउँदा। फोन लागे पछि चाहिं, रात भर गफ हुन्थ्यो उनीहरुको। आ-आफ्नो परिवारको बारे, नेपालको बारे, पहिलेको अफेर्स बारे, भनम् ऊनीहरुको घनिष्टताले पृथ्वीको कोरलाई नै छोई सकेको थियो। “लबेरिया भन्छ यसलाई, बुझिस्, लबेरिया!” भनेर सम्झाउँथ्यो उसलाई उसका रुममेटहरु। क्रमश: (अब भोलि मात्रै) :)
|
|
|
Regal
Please log in to subscribe to Regal's postings.
Posted on 11-29-06 2:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ त दाइ तब् तो कल् तक् इन्तजार् गर्नु पर्यो बडा बेचैनिसङ उहि रमेशले बुधबार् कुरे जस्तो........... लोब् गर्ने रमेश र जेन्नि छट्पट्टी यो ज्यान् लाइ( बोका हुन लाग्यो कि केहो? ) सलुट !!!!
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 11-29-06 3:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
“लबेरिया भन्छ यसलाई, बुझिस्, लबेरिया!” भनेर सम्झाउँथ्यो उसलाई उसका रुममेटहरु।" झसङ्ग भे र ब्युझियो रमेस। धन्न सपना रे छ --उस्ले लामो सास् फेर्यो। बुधबार् ब्यानै रमेश् ८:१५ को किलास् थ्यो तर साढेले सातलाइ हान्दा नहान्दै पुग्यो कलेज्। पिउन सम्म नी आ रैन्छ जेनि त कता हो कता। अलि अलि जाडो अलि अलि छट्पटाहट् तेस्मा मिस्सेको यो गरम्ला त्यो भनम्ला जेनीलाइ भन्ने रहरले रमेस्या मुटुमा ढ्याङ्ग्रो ठोकिरा थे। ४ बर्खैमा यता हुइकिएर पनि औँरेजिको १०१ मा के खान जेनि आकि हो रमेश लाइ था त भे न तर चिन्तामणि गुरुको कुरो सम्झ्यो “लेख्या कुरो केइ गरे टर्दैन” – हो रे छ क्यारे --- रमेसले मुसुक्क हाँसेर मन् मनै गुरुलाइ नम्स्ते गर्यो --- गुरुले बनारस् बाट सास्त्री गर्या भन्थे हो रे छ –जेनीलाइ भेटन त लेखेकै रे छ जे होस् भगबान, गम्दै थ्यो --- एउटि जेनि भन्दा राम्री केटीले हाइ भनेर हिन्दि छेउबाटै --- के मीठो बस्ना आउनि केटि रैछे यो त --- यस्ता सङ्ग खाजा खान जाने पाए पो त--- जेनि जस्ता त हम्रा गाम् तिर नि छन् नि --- त्यै हाइ भन्नी गोरी केटि लाइ पर सम्म लेखेट्यो उस्का आखाले --- बिचरा – माइनस् ४ पावरको चस्मा तिर्पुरेस्वर्मा बनाको यता मगो हुन्छ रे भनेर डाँकाले के एइना हाल्देछ पर हेर्यो कि बाङ्गो देखिछ --- तेइ पनि रमेश् हेर्दै थ्यो केटी लाइ –तेस्ती राम्री केटी नै तिर्पट देखियो --- भो अब? मुर्मुरियो रमेश्।
|
|
|
Yakku
Please log in to subscribe to Yakku's postings.
Posted on 11-29-06 3:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो, रमाइलो गफ हुदै रैछ यहा त। म नि बसे है एक छिन। धेरै बेर बसे त फेरि साहु ले सधै तेइ बस भनेर घोक्रायाउला भन्ने पिर।
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 11-29-06 3:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Poonte bro, I was only kidding. I will stay out of it.
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 11-29-06 3:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 11-29-06 3:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ अब पून्टे दाईले भोली सम्म कुरौने भए, खै दीप ब्रो, अर्को बाङ्गे महिमा आउने बेला भा'छैन भन्या ?
|
|
|
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 11-29-06 3:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बल्ल सके पढेर,कथा देखे'छि नपढे सम्म खाएको नै नपच्ला जस्तो हुन्छ भागि भागि चौतारीआँ आउन मन् लाग्छ अनि क्यार्नु। राम्रो लाग्यो पुन्टेदा हजुर् को कथा :-) दीपदाइ को कन्टिनियुएसन् पनि रमाइलो छ :D
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 11-29-06 5:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
निशान्त जी र अन्य गाम्ले साथीहरू, सर्वप्रथम त मेरो कुरालाई अल्टिमेटम नसम्झिदिनुहोला। म त अनुरोधसम्म पनि चाहन्नथें। एकै पल्ट धेरै मित्र नयाँ भेषमा आउनु भएकोले र अनौठा कुराहरूले गर्दा पुराना साथीहरूमा अलि अन्यौल जस्तो छाएको कारणले मात्र सानो अनुरोध गर्ने धृष्टता गरेको हुँ। सबैमा आ-आफ्नो कुरा आफ्नै ढंगले राख्ने स्वतन्त्रता छ, यसमा कसैले हस्तक्षेप गर्नु सक्दैन, कोही जुनसुकै भेषमा आउन चाहे पनि कसैले आपत्ति जनाउन सक्दैन। निशान्तजीले त आफ्नै भाषिक पहिचान बनाइसक्नुभएको थियो र यसमा कसैको आपत्ती पनि थिएन, र मैले पनि कसैलाई तोकेर पनि भनेको भने थिइनँ। यदी मैले भनेकै हुँ भने पनि म आफैंलाई भनेको हुँ:P। हुनत सबैलाई त्यस्तो नलाग्ला तर मलाई भने यो एक्कासी बढेको नयाँ भेषहरू यौटा चाड जस्तै लागेको थियो, त्यसैले मैले 'मुखुन्डो जात्रा' को संज्ञा दिएको हुँ। निशान्तजी, कृपया मेरो कुरालाई अन्यथा नलिई चौतारीमा सहभागिता जारी राख्नुभएमा म लगायत सारा गाम्ले खुशी हुने थिए। र अन्तमा, मैले शुक्रबारको कुरा चैं अरू कसैलाई हैन, म आफैंलाई नै भनेको हुँ। म जासूस बनिटोपले पनि वास्तवमा स्वम् यौटा 'मुखुन्डे भूत'पनि हुँ। :P अरू कसैलाई मुखुन्डो त्याग्ने कर छैन, तर म आफैं भने शुक्रवारसम्ममा मेरो मुखुन्डो सार्वजानिक गर्नेछु। :P ल गाम्लेहरू म को हुँला गेस गरम्, सबभन्दा पहिले गेस मिलाउनेलाई पुरस्कारको व्यवस्था छ। ;)
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 11-29-06 5:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पून्टे दाईको कथा रमाइलो रैछ, भोलि पर्खेर बसौंला। गूड नाईट!
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 11-29-06 6:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पुरस्कार नै दिने भे त म नाम नै किटेर भनिदिनुपर्ला जस्तो छ । धामी काहिला हुने पक्कै चित्रे हुनु पर्छ ।
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 11-29-06 6:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
वा वा तितौरी बुइनीको भाखण! परफेउट्. (तालि पररर!)
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 60 days
Recommended Popular Threads |
Controvertial Threads |
TPS Re-registration case still pending .. |
Toilet paper or water? |
Tourist Visa - Seeking Suggestions and Guidance |
advanced parole |
Sajha Poll: Who is your favorite Nepali actress? |
Problems of Nepalese students in US |
ढ्याउ गर्दा दसैँको खसी गनाउच |
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन् |
Mamta kafle bhatt is still missing |
Nepali Passport Renewal |
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card? |
How to Retrieve a Copy of Domestic Violence Complaint??? |
wanna be ruled by stupid or an Idiot ? |
Are Nepalese cheapstakes? |
Nepali Psycho |
MAGA denaturalization proposal!! |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|