[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-६७~~

[Please view other pages to see the rest of the postings. Total posts: 636]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE

[VIEWED 281183 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 08-06-07 11:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ६७

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम


-चौतारी - भाग ६७ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६७ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 67 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


*गोताएँदाइको ब्लग
* क्लोज-अप - चौतारी तारारामपम र कफि विथ कुम्ले प्रायोजकको अभावमा स्थगित, गाम्लेहरुद्वारा चाँडैनै यी कार्यक्रम हरु फिर्ता आउनु पर्ने माग, नआएमा अस्थिरता बढ्न सक्ने चेतावनी
* चौतारीमा बिभिन्न किसिमका समाचार प्रसारण सुरु
* भउतेद्वारा सुध्रिने घोषणा, ट्याम ट्याममा बिर्सेर बिग्रिने, चिप्लिने क्रम जारी
* चौतारीको गताङ्कमा तितौरी र चिप्ले को जन्मदिन भव्यताकासाथ सम्पन्न


अन्तरेको कविता

भो शिष्ठताका कुरा नगर,
अब मीठो बोलि के रुखो वचन के?
सिमाना मुटुकै मिचे पछि,
अब साँध दोसाँधको गुनासो के?

भो तिर्सनाका कुरा नगर,
अब त्रिप्ती के तिर्खा के?
पिलाउने नयन तिम्रै थिए,
अब होश के बेहोशी के?

भो विश्वाश का कुरा नगर,
अब पाप के पुण्य के?
स्पर्श को न्यानो तिम्रै थियो,
अब सम्हालिनु के बहकिनु के?

भो सम्झनाका कुरा नगर,
अब अतित के वर्तमान के?
द्विविधा तिम्रै थियो,
अब मेरो साथ के उस्को हात के?

भो अँध्यारोका कुरा नगर,
अब दिन के रात के?
मर्नु मनै मरि सक्यो,
अब रमझम के उजाड के?

भो जिन्दगीका कुरा नगर,
अब बाँच्नु के मर्नु के?
जल्नु मुटु जलि सक्यो,
अब ओखति के विष के?

मास्टर्नी दिदीको कविता

रुखो-मिठो जे थियो साथ थियो मर्यादाको
दोशाधको तुलो भित्र अब भो हाल्न नखोज।
संझे चोखो साहारा तर रहेछ तिर्सना
आलिंगनले यो मन अब भो गाल्न नखोज।
ठक्करमा थाम्यौ हात पृय लाग्यो आधार
पाप-पुण्य भित्र अब भो ढाल्न नखोज।
बर्तमान छ सिंगै अझै क्षितिज पर्खिरेछ
संझी अतितको द्वविधा अब भो टाल्न नखोज।
ओखतीको के कुरा पिसके बिषको ज्वाला
भुङ्ग्रो भैसक्यो मुटु अब भो बाल्न नखोज।


 
Posted on 08-08-07 8:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मो नेपाल गएर को सङ झगडा गर्नु?
तिमी पनी नेपाल गाको थ्यो र, मुन्नी?

नेप्ची दिदी, त्यो मैले अघी पठाको पुस्टकारी यो छुच्ची मुन्नि लै न दिनुस है, हजुर मात्र खानुस।
 
Posted on 08-08-07 8:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

malai MADAA man parchha, yeso one packet yeta pani pathaidiye aavari hune thiye
 
Posted on 08-08-07 8:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर नेप्चे, कोसेलि त्यो नि नपालां देखि आको, बाडि-चुडिं खानु पर्छ, तेसो भन्नु हुन्न बाबै
 
Posted on 08-08-07 8:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डाक्टर्नी ज्यु, दर्शन गरे है। धेरै दिन पछी देखिनु भयो नि। सन्चै हुनु हुन्छ?
हैन यो MADAA भनेको के हो? म सङ छ भने त पठाइ दिम्ला के रे।
 
Posted on 08-08-07 8:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खाना-पीना भयो भावी। अनि हजुरको खाना-पीना भयो कि भएन ? टिरेन अगि नै छुटेको जस्तो मान्थेँ। टिरेन अहिले कता हो? धुवाँ छोड्न गा'को हो ?

नेप्चे, ल ल मैले यहाँ मेरो चिठ्ठीको बाकस हेर्दै गर्छु।
अनि त्यो साली-भेनाको झगडा भन न।

साली-नानी, मैले किन गाली गर्तेँ र हजुरलाई। रिसाए पनि खुसाए पनि जिजु भनेको जिजु हो नि। जिजु त रिसाए पनि मायाँले रिसाउछन हौ। बरु जिजुले धेरै सम्झेर खस खस गरेको होला हजुरको घाँटी।


 
Posted on 08-08-07 8:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ, खै आज ता चित्रकला प्रतियोगिताको पुरस्कार घोषणा होला जस्तो छैन

नयाँ चौतारी कल्ले खन्नि हो ?

हरि मस्तले चरि हेर्दै जस्तो छ
 
Posted on 08-08-07 8:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्ची दिदी,
ल बाडी चुडी खानुस, तर धेरै चाइ तपाइ नै खानुस है। त्यो छुच्ची मुन्नी लाइ थोरै मात्र दिनुस।
 
Posted on 08-08-07 8:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्चे, तिमी नेपाल गा'बेलाँ मुन्नि ज्ञानि भैसको हो के रे। बरु तिमी नेपाल ग'र छुच्चो बन्न सिकेर आ' हौ?


 
Posted on 08-08-07 8:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"ल बाडी चुडी खानुस, तर धेरै चाइ तपाइ नै..."

यो अलछिना "बाडी" शब्द कुनै पनि अर्थमा, सन्दर्भमा, जे सुकैमा, सुन्दा कानै चिरिएला जस्तो हुनि!
 
Posted on 08-08-07 9:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन ए पुण्टे दा, निद्रा परेन ?

म ह्याँ आँखा च्याति च्याति टिभि हेर्दैछु के रे, नयाँ ओक्रेमा बाडी आ'को देखाउँछ कि भनेर, खै केहि भन्दैन । के हो यो ?
 
Posted on 08-08-07 9:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले अघी पठाको पुस्टकारी यो छुच्ची मुन्नि लै न दिनुस --- दिज्जु को माया तिमीलाई के थाहा सुनेन अघी म dijjule भनेको नदिये खोसेर लिन्छु

सुनिमा त्यो छुचो नेप्चेले देको नखानुस् है बरु नेप्ची दिज्जु सँग मगेर लिनु
आफ्नो कुरो मन परएन बह्नेर छुची रे जिजु संग भन्दिम ?
जिजु म त झन कुन्बेला फुर्सद होल र चौतारीमा जिजुसँग जगडा गर्न पौला बह्नेर पर्खिबस्छु
चना दाई सञ्चै

 
Posted on 08-08-07 9:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु चना दाइ र पून्टे दा नि आएछन। हन म किन नेपाल गएर छुच्चो भएर आउथे नि, चना दाइ? म त झन ग्यानी भएर पो आको त।
हरे हाम्रो पून्टे दा लाइ बाडी भन्ने भुत लाग्यो जस्तो छ। बाडी शब्द त देख्न नै न हुने भएछ।
 
Posted on 08-08-07 9:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्लेले काम पाएनछ नभन्नुस है!

:-)

 
Posted on 08-08-07 9:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'यो अलछिना "बाडी" शब्द कुनै पनि अर्थमा, सन्दर्भमा, जे सुकैमा, सुन्दा कानै चिरिएला जस्तो हुनि!'--
soory puntedai tara hajurle lekheko dekhera hanso roknai sakina
 
Posted on 08-08-07 9:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साली-नानी,
हजुर चौतारीमा आए त हो भेट हुनी। अब म नै ससुराली जाम भने यस्तो हुन्छ के रे हालत।



कुम्ले-दा, ग्रेट जव। यसलाई चौतारी बनाए हुन्छ अब।
 
Posted on 08-08-07 9:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो पुन्टे दाइलाइ आज सारै आपत परेछ। पुन्टे दाइ पिर नगर्नुस् सबै ठिक हुन्छ

खोइ नेउचे फेडेक्स गरेर पठाको गुतपाक कहिले आइपुग्ने हो???????
 
Posted on 08-08-07 9:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किन ठुस्स परेको नि मुन्नि फेरि। न रोउ बा, न रोउ। छुच्ची भनेर रिसाको? ल ल छुच्ची भन्दिन नि त अब। अब बिहानै ४-५ प्याकेट पुस्टकारी खाएर फेरि अब नेप्ची दिदी को भाग पनि खानु पर्ने तिमी लाइ? लोभीनी कही कि?
हुदा हुदा सुनिमा लाइ पनि मैले देको न खाउ रे।
भिनाजु को धाक पो देको? हमी नि हेरुम ला नि। तिम्रा भिनाजु त हाम्रा नि गुरु हुन के रे। तिमी ले भिनाजु भन्नु भन्दा अगाडी नै हाम्ले गुरु भन्न थालेको।
 
Posted on 08-08-07 9:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भन्नुभाको पून्टेदाईले? के छ त्यो "बाडी" मा? (भन्न खोजेको बांडी हो)
हे हे भौते, टिरेन छुतेको त ३ घन्टा थ्याम्मै भो। अब एक् छिन म दोस्रो राउन्ड धुंवा छुट्छ होला
चना भाई के छ हो?
 
Posted on 08-08-07 9:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



न आउ भेना दिन दिनै भेट्न
मैले पनि पर्ला नि लखेत्न ।।
LOL!!!

kumle great pic
 
Posted on 08-08-07 9:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्छे धेरै लोभिनी नभन्है तिमी नै होल लोभि दही चोरि

दुर्गी दिज्जु यो नेप्छे कुरो मात्रै गर्छ कहाँ को फेडेक्स सेडेक्स भर नपरिस्यो
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
To Sajha admin
All the Qatar ailines from Nepal canceled to USA
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
Travel Document for TPS (approved)
MAGA and all how do you feel about Trumps cabinet pick?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters