[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी ६३~~

[Please view other pages to see the rest of the postings. Total posts: 636]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE






[VIEWED 188978 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 07-18-07 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



चौतारी-६३


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी - भाग ६३ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 62 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

.गोताएँदाइको ब्लग
. चौतारी ताररम्पम अन्तरबार्तामा राहुल दाई अनि मिसको सान्दार अन्तरबार्ता, अरु अन्तरबार्ता आउने क्रममा
. पून्टे दाई एलाईन्स फर डेमोक्र्यासी एन्ड ह्युमन राइट्स इन नेपालको अध्यक्ष पदमा अत्याधिक बहुमतले बिजयी, चौतारीमा बिजय जुलुस


जिम्मी बूढाको कविता
हाम्रा ठुल्दाई साह्रै नै बाठा छन्
पुन्टे भन्दा दस गुना टाठा छन्
पुन्टे दाईले भेटघाटलाई भनेर
जोडे पैसा डबल आवर हानेर

ठुल्नानिको त्यो तोते बोलिले
हान्यो सबलाई सिसाको गोलिले
तितौरीको त्यो मिठो हाँसोमा
आफु भागिन, पारि सब्लाई पासोमा

भाउते भाँडको त्यो बिघ्न इस्टाइल
बिझ्ने कुरा लास्टमा चाहिँ इस्माइल
सोझो कुम्ले साह्रै नै लरक्क
बिहे गरि बस्यो है गजक्क

हरि भान्जो मजाले बात मार्छ
कि त घरमा कि काममा मस्त छ
सान्नानिको झन सानि नानि छ
कुरा बुझ्ने मजाको बानि छ
















 
Posted on 07-24-07 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए मक्करे, सोरी मेरो जिभ्रो चिप्लिएछ, आइ मीन औंला चिप्लिएछ, परीमिती लेख्नु पर्ने अन्यथा हुन गएछ, तारेमाम्।

कुमलवा ज्यू, आज कफि खुवाउने, भोलि अन्तर्वाता सुनाउने? बरू मलाइ त कफि भन्दा अन्तर्वाता नै पिउन मन लाग्यो, आइ मीन सुन्न।
 
Posted on 07-24-07 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन म नै फुन अरेर भनुम भन्दै थें, यो हप्ता त जसरी भा नि आउछु भनेको। खै देलान जस्तो छैन, अर्को हप्ता नै होला जस्तो छ। क्यार्नु दुनियाले आफू मावली गाको देखीसहन नसकेसी यस्तै हुदो रैछ!!
 
Posted on 07-24-07 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल मिलाएर आइज न रमाइलो हुन्छ।

चितरे मिल्यो बने तिमि पनि आउ म तिमिलाई दाउनताउन गुमाउछु :P
 
Posted on 07-24-07 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ नमस्ते अरे है सप्पैलाई
अब त चौतारीआँ पनि बिज्ञापन धेरै कुरा थोरै भयो बा ।
"कफि विथ कुम्ले" को 'ट्रेलर्' छैन ? भनेको
 
Posted on 07-24-07 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजो राती कती पिये पिये होसै मलाई भएन ।
बोतल को रक्सी सिद्धे पछी आशु पिएको थाहै भएन।
 
Posted on 07-24-07 3:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिन्दगी बियरको फिज हो साथी
के बिसाउनु ब्यर्थैको झिझ हो साथी
सुरीमा झ्याप के हेर्छौ टिप्लु
गन र पोइन्ट भाई तिर है टिप्लु
 
Posted on 07-24-07 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ गाम्लेहरु, एउटा काम गरुम है: म नम्बर हरु लेख्छु, जोड्दै जाम, उत्तर भन्दै जाम, मुखेले जोड्ने हो क्याल्कुलेटर प्रयोग गर्न पाईने छैन।

1000 बाट सुरु गरुम,

त्यसमा 40 जोडुम, कति भो?

त्यसमा 1000 जोडुम, कति भो?

त्यसमा 30 जोडुम, कति भो?

त्यसमा 1000 जोडुम, कति भो?

त्यसमा 20 जोडुम, कति भो?

त्यसमा 1000 जोडुम, कति भो?

त्यसमा 10 जोडुम, कति भो?

नढाँटिकन भनुम कति निस्क्यो उत्तर?
 
Posted on 07-24-07 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-24-07 3:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-24-07 3:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्तो हिसाब जान्ने भए हामी पनि ओभरसियर हुन्थेम नि, हरि। चौतारीत दौडे रफ्तारमा।
सधैं आफू पछि को पछि,
हिजो सम्म एक पाइला पछि,
आज एक माइल पछि।
 
Posted on 07-24-07 3:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ढाँटेको उत्तर,

 
Posted on 07-24-07 3:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यदि हरिले lie detector प्रयोग गरिरहेको छ र त्यसले उत्तरलाई ढाँटेको देखाएको छ भने त्यो उपकरणले काम गरेको छैन भन्ने पुष्टी हुन्छ।
 
Posted on 07-24-07 3:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्नु आफुलाई त आउँदैन कबिता लेख्न तै पनि यस्सो ट्राइ मारेको नि । दु:ख न माननु है साथी हो

दु:खमा पियो खुशीमा पियो कत्ती पियो पियो
तर पनि कैले लागेन कि रक्सीले ज्यान लियो
बरू आफुलाई त लाग्छ कि बिहान चिया सँगइ दैनिक एक पेग दियो
वाह वाह वाह वाह

साथी हो जीवन भनेको नसा हो यस्ले कैले छोड्दैन
तिमी केवल रक्सी पिउछौ तर म त बियर पियुछु यार
वाह वाह वाह वाह
 
Posted on 07-24-07 3:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जोडनी हिसाप को अर्थ के हो? कहाँ झुक्किन्छ खै?
ओभर्सियर हैन उपर्सेठ होला बरु (सबै भन्दा माथिको सेठ के)
 
Posted on 07-24-07 3:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहिले काहीं पिउंछु, तर धेरै पिउंछु,
जो होस् हराउन खोज्छन्, उनीहरु सित पिउंछु।
 
Posted on 07-24-07 3:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आइतबार ब्यानै देखि दिक्क
भोलि त फेरी --- भन्दै ठिक्क
सोमबार आउँछ नारेर जान्छ
मङ्गलले त झन जोतेरै मार्छ
बुध आउँछ झिनो आश पलाउँछ
तलबि बिहिबार मात्रै आफ्नो लाग्छ
शुक्रबार आउँदा हतार हतार हुन्छ
हेर्यो शनिबार त बाटो लाग्दै हुन्छ
आइतबार ब्यानै देखि दिक्क
भोलि त फेरी --- भन्दै ठिक्क
 
Posted on 07-24-07 3:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह वाह वाह वाह वाह वाह वाह वाह deep
 
Posted on 07-24-07 3:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो जोड्नी हिसाब चैं यहाँहरुले आफ्नो वरीपरी कसैलाई पनि जाति, धर्म, रँग, लिँग, पढाई कुनै कुराको भेदभाव नराखी सोध्नुहोस, ४१०० भन्ने मान्छे दश जना मा एक जना पाउन पनि मुश्किल हुन्छ, ग्यारेन्टिड!

दीप ब्रो, क्या दामी कबिता गयो.... मेरै बखान गरेको जस्तो लायो :)
 
Posted on 07-24-07 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह वाह दीप ज्यो! क्या कैता गो!

हरी, अब मेरो उत्तर आको ४१०० हो, यो उत्तर गलत हो र? त्यसो भए सही उत्तर चैं के हो नि?
 
Posted on 07-24-07 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जसले एस्को उत्तर ५००० निकाल्दैन, तेस्को ब्रैन ले चाहिने भन्दा बढी काम गरेको पुषटी हुन्छ।

Over functioning is also a type of malfunctioning.

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
I hope all the fake Nepali refugee get deported
Travel Document for TPS (approved)
Those who are in TPS, what’s your backup plan?
MAGA and all how do you feel about Trumps cabinet pick?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters