नेपालका सन्दर्भमा संघीयता निम्न कारणले एक वास्तविकता बन्न पुगेको छ ।
ती हुन्ः
नेपालको राजधानी काठमाडौं हुनु र यसको भौगोलिक बनावट/ ऐतिहासिक पृष्टभूमि अन्य क्षेत्रसित मेल नखानु नेपाल राज्यको बनावटको आधार र देशको जातीय, सामाजिक, सांस्कृतिक, भाषिक विविधता एकै नहुनु र एक बहुसांस्कृतिक समाज हुनु आर्थिक विषमताले गर्दा र राज्यका विभिन्न निकायमा कुनै सुविधा सम्पन्न वर्ग या जात/वर्गको बाहुल्य हुनु मधेसलाई धेरै वर्षसम्म औपनिवेशिक रूपजस्तो पारिनु, त्यहाँ पनि पहाडे भाषा संस्कृति लादिएको भावना जाग्नु र त्यसविरुद्ध विद्राेह गर्नु अिझै पनि भाषागत आधारमा विभेद हुनु र कसैले कुनै भाषा प्रयोग गर्यो भन्दै राज्यले बखेडा खडा गर्नु सिबै जनजाति, मधेसी, पहाडे, लिंगले आजसम्मको विभेद हटाउन संघीयताको बाटो छान्नु निेपाली राज्यको व्यवस्थापन अब पुरानै खाले सरकारी शैली, संस्कार आदिले सम्भव नहुनु । नयाँ किसिमले प्रभावकारी शासन दिनुपर्ने भएकाले साधारण विकेन्द्रीकरणका उपायले मात्र व्यापक जन आकांक्षालाई सन्तुष्ट पार्न नसकिने हुँदा संघीयता चाहिएको स्वीकार गर्नु ।
माओवादीले जनयुद्धताका प्रस्तावित नौवटा स्वायत्त क्षेत्र र पछि मधेस आन्दोलनका दबाब र जनजातिले उठाएका मागका सिलसिलामा सबै मुख्य दलहरूले संघीयता लिएका हुन् । हतारमै गरिएको निर्णय भए पनि नेपालको भावी राजनीतिमा संघीयताको सफलता/असफलताले आफ्नु ठाउँ लिइरहने अवस्था आएको छ । यसको समाधान भनेको सबै सम्बन्धित क्षेत्रको गहिरो बहसद्वारा निकालिने निष्कर्ष हो । संविधानसभा नै यसको बाटो पहिल्याउने थलो हो किनभने यही सार्वभौम निकाय हो ।
अब रह्यो देश टुक्रिने डर । अब त संघीयतामा गइएन भने देश विखण्डित हुने अवस्था आएको छ, किनभने विकेन्द्रीकरणले मात्र आजको चाहना र माग पूरा गर्ने ठाउँ छैन । विकेन्द्रीकरण राजनीतिसित कम र विकाससित बढी सम्बन्धित रहन्छ । विकेन्द्रीकरणका पुराना रटानले सबै वाक्क भइसकेका छन् । आखिर नेपालको सामन्ती संस्कार, हुकुमी शासन शैली, असमान सामाजिक परिवेश र व्यक्तिवादले सबै निमुखा नेपालीले समान अवसर पाउलान् भन्न सकिने ठाउँछैन ।
मुलुक टुक्रिने आधार अनेक हुन्छन् । तर नेपालको सहिष्णुता, समन्वयवादी परम्परा, धर्म निरपेक्षताको धरातल र सम्पूर्ण जनताको हालसम्मको राष्ट्रियताप्रतिको प्रतिबद्धता नेपाली राष्ट्रियताका विशेषता हुन् । संघीयताको सबैभन्दा पेचिलो पक्ष प्रान्तहरूको विभाजनमा देखिन्छ । यसलाई निष्कर्षमा नपुर्याउने दोष सरकार चलाउने दलहरूमा देखिन्छ । आजसम्म राज्य पुनर्संरचना आयोग गठन हुन नसक्नु र मुख्य दल र विभिन्न क्षेत्रीय या जातीय समूहका अगुवाहरूसित छलफल गरी निष्कर्षमा पुग्न नसक्नु यसप्रति गम्भीर हुन नसक्नु हो । आज सबैजसो दबाब समूहका रूपमा मात्र रहेकाले आफ्ना-आफ्ना जातिगत आधारलाई बल दिनु अस्वाभाविक होइन ।
संघीयता कसरी प्रभावकारी र देशहित गर्ने हुन सक्छ भन्नेभन्दा अर्को विकल्प आज छैन । मुलुकको क्षेत्रीय अखण्डता, सार्वभौमिकता र राष्ट्रिय एकता कायम गर्न सबै शक्ति, जाति, क्षेत्र/लिङ प्रतिबद्ध भई अगाडि बढ्दा मात्र अब एकता कायम हुन सक्छ । संघीयताको विरोध र नकारात्मक सोचले झन् विभाजन हुने खतरा बढ्न सक्छ ।
(संघियता किन र कस्तो खालको चाहिन्छ भन्ने बारे मैले लामो समय देखि दिने गरेको तर्कहरु सँग मेल खाने तर्कहरु लोकराज बराल जस्ता सिनियर ब्यक्तित्त्वका तर्फबाट आउनु स्वागतयोग्य छ ।)
संघियता आवश्यक नै छैन र यो फाप्दै फाप्दैन भनेर विवाद गर्ने दिन त अब बाँकी छैनन् होला, यो पनि हुँदैन त्यो पनि हुँदैन भनेर पनि भएन.. फेरि यहाँ गरिने विवाद ले केही लछारपाटो लाउने पनि होइन, उता माननीयहरुको टोलीले एउटा बाटो कोरिसक्यो | साँच्चै आर्थिक र अरु हिसाबले स्वयत्य हुनसक्ने राज्यहरु बनाउन त हाम्रो जस्तो मुलुक मा गार्है छ, तैपनि केही विकेन्द्रीकृत संस्थापना हुन जरुरी चाहिँ पक्कै छ | अब यसमा अनेकौ जातजाति र भाषाभाषीको आकांक्षा कसरी समेट्ने भन्ने प्रश्न को उत्तर खोजेका हुन् सबैले |
copycat जी, १ नम्बर मा पिछडिएको जाति होइन बहुसंख्यक जातिलाई प्राथमिकता दिने भनेको हो क्यारे | यो भनेको अहिले कै स्थानीय लाउकेहरुको पदोन्नति गर्ने भन्दा अरु केही होइन | कहिँ पनि बहुसंख्यक जाति पिछडिएको छैन होला, पिछडिएका त बहुसंख्यक भित्रका अल्पसंख्यक समुदायहरु हुन् जसको अवस्थामा सुधार हुन गार्हो छ | यस्तो प्रकारको बहुसख्यक जातिको लागि आरक्षण गर्ने कुरा सायद पहिलो पटक सुनिदैछ |
तपाइको सतहि कुरामा टिप्पणी नगरुँ भनेर "नियत बुझेको" जानकारी मात्रै गराएको थिएँ - गलत बुझ्नु भएछ । एकतर्फी र पूर्वाग्रहि सोचाइ पालेर राखेको तर्कलाइ कमजोरी केलाएको भन्न मिल्दैन । वास्तविकता प्रस्तूt गर्नको लागि सबै पक्षहरुमा ध्यान पुर्याउनु पर्छ ।
"अहिले त एक प्रदेश बनाउन मा दक्छिन को छिमेकी को हात् देख्नु भो हेर्दै जानुस भबिस्यमा आरु के के मा हात् देख्नुहुनेछा "
तपाइको भनाइ अनुसार त मधेश आन्दोलनको आरोह अवरोहमा दूरनियन्त्रकको भुमिका नै छैन त्यसोभए ? मैले वा नेवारहरुले नेवारलाइ छुट्टै राज्य दिने भए दे नत्र युद्ध गर्छौ, गैर नेवारलाइ लखेटेर धपाउछौ, सार्वजनिक सम्पत्ति तोडफौड गर्छौ जस्ता उग्रता कहिले पनि प्रदर्शन गरेन, जबकि मधेश आन्दोलनले सम्पूर्ण पहाडलाइ नाकाबन्दी गर्ने घोषणा समेत गर्यो । जायज मागलाइ समयमै सम्बोधन नगरे त्यसले भित्रभित्र समस्या झन चर्काउने छ, त्यस्ता समस्याहरुमा टेकेर खेल्न चाहने बाहिरीया भित्रिया सबैले खेल्ने निश्चित छ । समस्या समाधान नभइ थप समस्या श्रृजना भए त्यसको जिम्मेवारी पिडितले हैन पिडकले लिनु पर्छ । जातिय चस्माबाट हेर्ने हो भने बिगत २५० बर्षमा खस समुदाय नै नेपालको एकमात्र पिडक जाति हो । त्यसैले आजका दूरनियन्त्रक वा भोलिका दुरनियन्त्रक वा उग्रबादी सोचाइलाइ हुर्काउने बढाउने श्रय सबै तिनै शासक वर्ग, तिनका धुपौरे तथा समर्थकहरुलाइ समेत जान्छ ।
"गोर्खा ले नेपाल जिते पनि हरेको राज्य बाट नै देश को नाम राखियो के त्यो ठुलो होइन? त्यो नेवार हरुको आदर गरेको होइन? गोर्खा ले नेपाल जिते पनि झन्डा चाही हारेको राज्य कै राक्खेको होइन? जित्ने राजा को झन्डा त राजाको झन्डा मा मात्र सिमित गरेको होइन? नेवार कुमारी को खुट्टा ढोगेर राजा ले नेवारी संस्कृति प्रति सम्मान देखाएको होइन? काठमाडौँ मा मात्र मानिने पर्ब हरुमा रास्ट्रिय बिदा दिएको होइन? नेवार हरुको रन्जना लिपि लै नेपाल ले संयक्त राष्ट्र संघ मा नेपाल को लिपि भनेर पठाएको होइन?"
हो, पक्का हो । तर ती कुराहरुलाइ इतिहासबाट लुकाउन खोजेको हो कि हैन नि ? हारेको राज्य नेपालको नामबाट देशको नाम राखेको, नेवार झण्डालाइ राष्ट्रीय झण्डा मानेको, नेवार संस्कृतिलाइ मूल संस्कृतिको रुपमा अंगिकार गरेको, नेवारलिपिलाइ नेपालको आधिकारीक परिचयको रुपमा पेश गरेको जस्ता सुचना पाउन साझा जस्तो ठाउँमा झगडा गर्नु परेको हो कि हैन ? यी कुराहरु किन आधिकारीक जानकारीमा छैन ? पाठ्यक्रमहरुमा किन "ने" मुनिले पालेको देश नेपाल भनेर जबरजस्ति घोकाइन्छ ? नेवार खाना मिठो, नेवार संगीत मिठो, नेवार नाच राम्रो, नेवार केटी राम्री आदि इत्यादी भन्दै ओठे तारीफको पुल बाँधेर नेवार सभ्यता र संस्कारको फाइदा उठाउने, तर उचित कृतज्ञता ब्यक्त गर्न सँधै कञ्जुसि गरेको हो कि हैन ? नेवार सभ्यता संस्कृति संरक्षण प्रवर्धन गर्न खस-सरकारले फुटिकौडि केहि नगरेको हो कि हैन ? खस भाषालाइ जबर्जस्ति नेपाली भनी घोकाइ घोकाइ अन्य भाषाभाषीलाइ अनेपाली बनाउने षडयन्त्र गरेको हो कि हैन । नेपाल भित्रैका नेपाली भाषाभाषी (नेवार, मैथिली, मगर, लिम्बु आदि) लाइ सार्वजनिक प्रयोग गर्न प्रतिबन्ध लगाएको हो कि हैन । नेवार भाषामा गरिने साहित्य सम्मेलन र भेलाहरुलाइ राज्य बिरुद्धको अपराध भनी चरम दमन गरेको हो कि हैन ?
"गणेशमान, पुस्पलाल ले नेवार हरुको मात्र नेता हुन नमानी सारा नेपाल को नेता भएर गल्ति गरेको हो?"
हैन । तर गणेशमानलाइ बिपि-जिपिले खोला तर्यो लौरो बिर्सियो गरेको हो कि हैन ? पुस्पलाल अलि चाँडै मरेर गए, जीवनसंघर्षको फल खाने बेलासम्म बाँचेका भए उनको के हालत हुनेथियो होला थाहा छैन । देशको निमित्त पार्टीको निमित्त हिमाल वारपार गर्ने गौरीभक्त प्रधान जस्ता मानिस इतिहासको कुन खाल्डामा पुरिए नि ? मार्शल जुलुम शाक्य जस्ता एक जमानाका हस्तिहरु कता बिलाए नि ?
"नारान गोपाल ले नेवारी मात्र गीत नगएर नेपाली गीत गएर सारा नेपाली को मान जितेय्को को गल्ति हो?"
नारानगोपालको जीवनी खोतल्ने हो र उनका समकालीन अन्य कलाकारसित दाँज्ने हो भने थाहा हुनेछ उनको संघर्षगाथा । प्रसिद्धिको सगरमाथा चुमेर पनि उनीसित स्वास्थोपचार गर्ने पैसा भएन । नातिकाजी, पुष्प नेपाली, रत्नदाश प्रकाश, शिवशंकर, कोइलिदेवि, नारानगोपाल, बच्चुकैलाश, प्रेमध्वज - (यिनीहरु केहि उदाहरण हुन जो नेवारै नेवार हुन) रेडियोले उनीहरुको पुरा नाम लिन पनि हिच्किचाए झै गरी थर कहिल्यै किन नभनेको ? अनि हरीप्रसाद रिमाल, धर्मराज थापा, भक्तराज आचार्य, मधु क्षेत्री जस्ता अनगिन्ती उदाहरण छन, जसका थर कहिल्यै पनि छुटाइएन ।
"पहिला कुरा त नेवार भनेको जात नै होइन सव्यता हो, रोम कत्रो ठुलो सभ्यता थियो तर अहिले सानो सहर मा खुम्चिएर बसेको छ के अब इटाली लै रोम भनेर नाम राख्न पर्यो भनेर आन्दोलन गर्नी?"
नेवार सभ्यतालाइ रोमसित तुलना गर्न मिल्दैन । आफुलाइ नेवार भनेर चिनाउन चाहने मान्छे भए जस्तै आफुलाइ रोम भनेर चिनाउन चाहने मान्छे छ ? नेवार सभ्यताको जीवन्तता नेवार समुदायको सबलता, भाषा-संस्कृतिको प्रवर्धन, कला सम्पदाको संरक्षण आदिमा भर पर्छ ।
"रह्यो भाषा को कुरा नेवार भाषा भन्दा पहिला काठमाडौँ मा संस्कृत बोलिन्थ्यो रे इन्टरनेट मा छ त्यो कुरा. संस्कृत हटाएर नेवारी आयो नेवारी हटाएर नेपाली आयो कुन ठुलो कुरा भो?"
जग हसाउने कुरा । इन्टर्नेट नै अन्तिम सत्य? क्या बकबास । संस्कृत हटाएर नेवारी आयो भन्ने हावादारी कुरा पनि आउन थाल्यो, भयो अब ?
"आफ्नो बाहेक अरुको गन्दै नगन्ने?? extremism भन्या तेही होइन? बिन लादेन ले तेही भन्छ होइन?"
बिन लादेन ले हैन गोर्खालीले तेही भन्छ । बिन लादेन जन्मनु भन्दा धेरै अगाडि देखि नै पश्चिम नेपालमा कसैले जवर्जस्ति गर्यो भने एउटा भनाइ प्रचलित थियो, छ - कस्तो स्वाँठ रैछ आफुलाइ गोर्खाली राजा ठान्या छ कि क्या हो, अरे । त्यो भनाइ पछाडि लुकेको आतंकराजको छाँया किन बिर्सने ?
"सबै जात जाति को बराबर आधिकार हुने भए आहिले कै ठिक छ नि नेवा राज्य किन चाहियो?"
यस्ता कुराले संघियताबिरोधिहरु यथास्थितिबादी हो भनेर आरोप लगाउनेहरुलाइ नै बल पुर्याउछ ।
"मनु मखु मर्स्या भनेर? तेस्को लागि नेवार हरुले मदेसी हरु संग सार्बजनिक रुप मा माफी मागेको छ?"
मनु मखु भनेको के हो थाहा छ? बदमासि गरेर दुख दिने आफ्नै सन्तानलाइ नि मनु मखु भनेर गालि दिन्छ कसैले । तपाइलाइ नि पशु गधा भनेर तपाइकै आमाले भन्या छ होला, स्कुलमा टिचरले भनेको होला । कुकुर भनेर साथिभाइले ठट्टा र आवेगमा भनेको होला । त्यस्ता हल्काफुल्का आवेगहरुलाइ टिपेर राजनीतिकरण गर्ने हो भने श्रृंखला लामो हुनेछ । नेवारहरुले पनि अरुसित सार्वजनिक माफि माग भन्ने ठाउँ धेरै छ । त्यसमाथि कुनै नेवार नेतृत्त्वले आधिकारीक रुपमा मनु मखु मर्स्या भनेरको रेकर्ड छ ? ऐतिहासिक दस्तावेज छ? प्रमाण छ? के आधारमा नेवारले यस्तो भन्छ भनेर बारम्बार भनिन्छ ? यो कुरा उठाउनु भनेको केहि अज्ञानीहरुको आवेगलाइ टिपेर नेवार र मधेशीहरु जुधाउने षडयन्त्र मात्रै हो, यस्ता षडयन्त्रले केहि लछारपाटो लाउने छैन । मैले नजीकबाट संगत गरेका ३-४०० मधिसेहरु कसैले पनि नेवारले हामीलाइ मनु मखु भन्छ भनेर गुनासो गरेनन, तर खस साथिहरु चाहि - ए तिमी नेवारहरु पनि मधिसेलाइ हेप्न कम्तिको छैन ? - भनेर टोकिहाल्छन । अर्को तर्फ खस-बाहुनले गरेको थिचोमिचो र अन्यायको दस्तावेज हेर्नुस, मुलुकि ऐन पल्टाउनुस छर्लङ्ग हुन्छ । दलित भेदभाव र छुवाछुतको रामकहानी कसको श्रृजना हो ? मनुस्मृति लेख्ने र लागू गराउने नेवार हो? दलित हो? कि किराँत हो ? राममणि आदिको टिपोट पढ्नुस खस भाषा लाइ जबर्जस्ती नेपाली भाषाको पगरी लगाइदिने र अन्य भाषाहरुलाइ जाली फटाहाको भाषा भनेर मास्ने षडयन्त्रको ग्र्याण्ड डिजाइन छर्लङग हुन्छ । हर्क गुरुङ, कृष्ण भट्टचन, डोरबहादुर विष्ट जस्ता बिद्वानहरु बहुलाएर खसभाषा एकाधिकारको बिरोधी बनेका हैनन, बुझ्नु भो ।
"अरु जात जति हरुले कति रमाएर उनीहरुको चाडमा भाग लिन्छन. एउटा राजा ले आफ्नो रानी लै खुसि राख्न सुरु गरेको गाईजात्रा आज रास्ट्रिय पर्ब भै सक्यो कुनै न कुनै प्रकार ले सबै जना ले यो मनौछां. येस्तू सकारात्मक कुरा हरु कतिछा त्यो देख्न सकेको खोइ? आनी नेवार हरु अरु जातजाति को चाड मा कत्तिको सभागी हुनुहुन्छ नधती कन भन्नोस् त."
हुन त चाडपर्व र खुशीयाली मनाउने जात्राहरु यो नेवार को यो आर्कैको भन्नु नै बेकार । खुशीयाली मनाउने अधिकार सबैसित छ । नेवारले मनाउने चाडमा अरु आएर तिमीहरुको खुशीमा हामी पनि खुशी छौ भनेर सहभागी हुन आउदा हैन तँ आउन पाउँदैनस भन्नु पर्यो त अब ? क्या वाहियात कुरा । मनोरञ्जनलाइ जीवनको एउटा अंग बनाएर त्यो अनुरुपको संस्कार र परम्पराको सुत्र जुन नेवार समाजमा छ, त्यो नेवार सभ्यताको एउटा अंग हो । कतिपय चाडवाड नेवार समाजभन्दा बाहिरसम्म फैलिएको छ । तर बिकृति पनि भित्रिएको छ । गाइजात्रा अहिले जुन रुपमा मनाइन्छ त्यहि उदाहरण काफि छ । राष्ट्रीय पर्व भनेता पनि घिन्ताकिसि नाच्ने गैर-नेवारहरु कतिजना छ? साया: पठाउने कति जना छ ? पाय:को परम्परामा सहभागी हुने कति जना छ?
अन्य जातको चाडबाडमा सहभागी हुने कुरा पनि समाजको अन्तर्घुलनसित सम्बन्धित छ । तीजमा ब्रत बस्ने नेवार महिलाको संख्या बढेको छ, क्रिस्मस मनाउने, भ्यालेन्टाइन डे मा झुम्नेहरु पनि बढेकै छ । देउसि भैलो गाउँदै माग्दै हिड्ने अथवा माग्न आउनेलाइ दिने परम्परा नेवार परम्परा नभएतापनि माग्न आउनेहरुलाइ नेवार ब्यापारीहरुले दिने गरेकै छ । उपत्यका बाहिर बिभिन्न साना ठुला शहरमा छरिएका नेवारहरुले त्यहाँको चाडबाडहरुमा सक्रिय सहभागी भएकै छ । यस्ता कुराहरु नहेरीकन यतिकै आरोप लगाउने ?
"यो पोस्तिंग वहा हरु प्रति लक्चित छैन तर जहिले पनि आफु हेपिएको ठान्ने inferiority complex भएका हरु र बदला को भाबना भएका नेवार हरुको लागि मात्र हो।"
inferiority complex भएका नेवार मैले भेटेको छैन, तर जुन नेवारले समानता, समान अधिकार, समान ब्यवहारको आवाज उठाउँछ समर्थन गर्छ उनीहरुलाइ inferiority complex भएको आरोप लगाइन्छ, जब कि वास्तविकता ती आरोप लगाउने नै inferiority complex ले ग्रसित छन । उनीहरुले खस भाषा र खस एकाधिकारको वकालत प्रत्यक्ष परोक्ष रुपमा गर्ने नेवारहरुलाइ छानि छानि तारीफको पुल बाँधेर पम्फु हाल्ने काम गरीरहन्छन । inferiority complex नभएका नेवार अथवा उदार हृदय भएका नेवार जस्ता फुर्को झूण्डाएर उचाल्छन । २५० बर्षको शाही दमनले थिलथिलो परेको समाजका बालमस्तिष्कमा पञ्चायति शिक्षाले घोकाएको महेन्द्रबादी राष्ट्रबादको ह्याङओभरले गर्दा तिनमा आफ्नो स्व-पहिचान प्रति भ्रम हुनु स्वभाविक हो भन्ठान्छु म । तर ती स्वाभिमानी छन र जब तिनको स्वाभिमान बोल्न थाल्छ यिनै तारीफको पुल बाँध्नेहरुले लात्ताले भ्वाक्क हान्नेछन ।
"मलाई नेवार बोल्न पनि औछा र नेवारी खान मेरो प्रिय खाना हो तर कतिपय नेवार साथी हरु कुकुर को पुछार १२ वर्ष ढुङ्ग्रो मा राखेपनि बांगा को बनगाई जस्तो देखेर दिक्क लाग्छ"
नेवार खाना मन पराउनु तथा नेवार चाडबाड जात्राहरुमा रमाउनु सामान्य हो । नेवारले नै बिर्सँदै गएको नेवार बोल्न आउनु भनेको खुशीको कुरा हो । यति हुँदाहुँदै पनि नेवार समुदाय प्रति पुर्वाग्रह हुनु चाहि खेदको कुरा हो । पञ्चायति कालमा अदालत परिसर तथा जेल परिसरमा नेवारले अर्को नेवारसित नेवारभाषामा बोल्न पनि प्रतिबन्ध थियो । स्कुल पाठ्यक्रममा नेवार पढ्नेले गणित वा बिज्ञान बिषय लिएर पढ्न पाइदैन थ्यो । जुन नीति अद्याबधि कायम छ । यस्ता कतिपय गलत नीतिहरुको शिकार आज नेवार सभ्यता पतनको नजिक छ । त्यो गहन सभ्यतालाइ बचाउन भाषा संस्कृति संरक्षण गर्न निकै जोडतोडले लाग्न जरूरी भैसकेको छ । संघियताले त्यस्तो संरक्षण प्रयासलाइ तिब्रता दिने कुरामा दुइमत छैन । त्यस्तो गम्भीर प्रयासलाइ नकारेर हल्का फु्ल्का तारीफ - खाना मिठो लाग्छ, चाड राम्रो लाग्छ - जस्ता टिप्पणीको के काम ?
"तपाई ले अरुलाई चाही शंका गरेपछि अरुले पनि तपाइलाई शंका गर्छ नि होइन? "
हैन यो शंकाको कुरा कहाँबाट आयो ? ए बाबा लोकतन्त्रमा आफ्नो बिचार पनि राख्न नपाउने ? कस्तो कठमुल्लाबादि लोकतन्त्र ?
"राज्य हरुको बीच मा सिमा विवाद आउने नै थ्यो मित्र जसरि राखेपनि किन भने २५० वर्ष पछी पनि नेपाली हुन नसकेपछि झगडा त हुन्छ हुन्छ अहिले को विवाद त ट्रेलर मात्र हो खास सिनेमा त सुरुहुन बाकी छ "
सिमा विवाद आउने हैन, ल्याउने प्रयत्न भएको छ । आफ्नो स्वार्थ पुरा गर्न कसैलाइ उचाल्ने, कसैलाइ थचार्ने खेल हुञ्जेल सिमा विवाद पनि हुन्छ । तर सिमा विवादकै अड्को थापेर संघियता तर्फ जाने क्रम रोकिन्छ जस्तो मलाइ लाग्दैन । संघियताबिरोधिहरु झगडाको सिनेमा कहिले शुरु होला र काखि बजाउन पाइएला भनेर ढुकेरै बसेका छन, त्यो मैले पनि महशुस गरेकै हो ।
"अहिले को जमाना मा जात को काम छैन "
जातको काम छ वा छैन भनेर बहस गर्न चाहन्न । हिन्दु वर्णाश्रमले गरेको जातीय विभाजन र भेदभाव बेठीक थियो भनेर नमान्ने मानिस शायदै छन होला अचेल । तर नेपालमा भनिने जात त्यो भन्दा फरक जात हो । नेपालमा फरक भाषा बोल्नेलाइ फरक जातको भनेर भनिन्छ, किन हो कुन्नि । यदि तपाइले त्यसैलाइ जात भनेको भए तपाइको वाक्य यसो हुनु पर्यो - अहिलेको जमानामा भाषाको काम छैन - ल तपाइ यसो भनेर हेर्नुस र प्रमाणित गर्नुस - अहिलेको जमानामा भाषाको काम छैन भनेर - भन्न सक्नु हुन्छ ?
नेपालमा संघियता जातकै आधारमा हुनु पर्छ भनेर वकालत मैले गरेको छैन । विभिन्न आधारहरुलाइ लिएर संघियतामा जान सकिन्छ यो पनि एउटा विकल्प हो मात्र भनेको छु । यसको बेफाइदा फाइदा दुबै छन। जातजाति, भाषाभेषि बीच बिद्यमान भेदभाव कम गर्न यसले सहयोग पुर्याउला भन्ने सोचाइ हो । तर भ्रम छर्ने हिसावले जातीय(भाषिय) संघियताको खेदो खन्ने तथा त्यसैको आधारमा संघियता नै बेठीक भन्ने तर्कहरु प्रति मेरो असहमति जनाएको मात्रै हो ।
khoikkhoik जु,
आजलाइ समय रहेन, समय मिल्नासाथ जवाफ दिने प्रयास गर्ने छु ।
संघियताको अमूर्त तसबिरमा आ-आफ्नो अनुहार हेर्नु र देख्नु भाईराख्या बेलामा संघियता संग बिमती राख्नेहरु पनि उल्लेख्य संख्या छन भन्ने मलाई लाग्दछ । संघियताको बिरोध गर्नु यथास्थितिबादी पक्कै होइन। संघियता आँफैमा खराब र अछुत मान्दा पनि मान्दैन। जातिको आधार मा टुक्राएर ती जाती माथि नै शासन गर्ने खिचडी पाक्दै छ, वास्ना हरहर्ती आइरहेको छ ।
बाँकी नेवार संस्क्रिती र नेवार सभ्यताको प्रसँगमा चना दाई सँग सहमत् छु । एउटा बैभवशाली सभ्यता र संस्क्रिती माथि सुनियोजित प्रहार भएको थियो कुनै जमाना मा। प्रजातन्त्र आए पछी केही सुधार भएको हो , मान्नै पर्छ । तर यसको अर्थ यो होइन कि हामी फेरी पृथ्वी नारायण शाहको युग मा, वा पञ्चायत को काल रात्रीमा फर्केर जजसले अन्याय गरेको हो तिनलाई पाता कसेर सजाय दिने बेला होइन। देशको अस्तित्वको सवाल छ। देशको भबिश्य को सवाल छ। गरीबी र जात भातको आगोमा रोटी सेक्ने पार्टी र अबोध जनताको हातमा बन्दूक थम्याएर अराजक देश बनाउने बिरुद्ध एक जुट हुनु आजको आवश्यकता हो जस्तो लाग्छ ।
१। अब कुन सतही हो कुन गाहिरो हो भन्नेकुरा खोतल्दै गएपची थाहा पाएने हो, सतही रूप्मा लिये सतही हुन्छ गाहिरो रूप मा लिने भये गहिरै हुन्छ. २। " तपाईंले भन्नुभो "मैले वा नेवारहरुले नेवारलाइ छुट्टै राज्य दिने भए दे नत्र युद्ध गर्छौ, गैर नेवारलाइ लखेटेर धपाउछौ, सार्वजनिक सम्पत्ति तोडफौड गर्छौ जस्ता उग्रता कहिले पनि प्रदर्शन गरेन, जबकि मधेश आन्दोलनले सम्पूर्ण पहाडलाइ नाकाबन्दी गर्ने घोषणा समेत गर्यो " एस्को जबाफ मैलीए दिनै परेन ल पश्नुस् आजकोओ कान्तिपुर मा छपिएको एउटा खबर
धरान, २०६६ माघ १० - नेवाः देय दबूका केन्द्रीय अध्यक्ष नरेशकुमार ताम्राकारले राजनैतिक दलहरूले गएको संविधानसभाको निर्वाचनमा संघीयताका नाममा जनतासँग मत मागेर अहिले धोका दिएको आरोप लगाएका छन् । धरानमा आयोजित अञ्चल स्तरीय अन्तरक्रिया तथा प्रशिक्षणमा ताम्राकारले संघीयताको विरोध गर्ने अधिकार कसैलाई नभएको बताए ।
संघीयताको विरोध गर्नेलाई जनताको भावनामा खेलबाड नगर्न पनि ताम्राकारले आग्रह गरे । उनले हालै संविधानसभामा १४ राज्यको खाकामा नेवाः प्रदेशको सुनिश्चितता भए पनि राज्यको सीमामा असन्तुष्टि व्यक्त गरे । संघीय राज्यमा नेवार समुदायको हक अधिकारको सुनिश्चितता सम्बन्धमा चर्चा गर्दै ताम्राकारले नेवार जातिको स्वायत्त प्रदेश नेपाल मण्डलमा आप्रवासीको चापलाई रोक्ने नीति ल्याउन सकिने संकेत गर्दै भने, 'तर बाहिर रहेका नेवार जातिलाई मूलभूमिमा र्फकनबाट रोकिने छैन ।'
उक्त कथन नेवा प्रदेशमा नेवार जाति मात्र रहन पाउनेतिर उनले लक्षित गरेका थिए । उनले सरकारले दलित आयोगमा निर्मल देउला, पोडेलाई दलितका रूपमा नियुक्त गरेकामा आपत्ति जनाउँदै निर्णय सच्याउन माग गरे । source : http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=9563: मित्र, यो जमाना मा कसैले कसैको ठेक्का लिन सक्दैन तर तपाइको जबाफ मनौ तपाई मात्रै सम्पूर्ण नेवार हरुको प्रबक्ताजस्तो गर्नु भो, देखि हाल्नु भो नतिजा तमाराकर जी को भनाइ बाट मा त फेरी भन्छु मित्र यो त ट्रेलर मात्रै हो. मान्नु नमान्नु तपाइको खुसि
२. तपैले भन्नु भो "तपाइको भनाइ अनुसार त मधेश आन्दोलनको आरोह अवरोहमा दूरनियन्त्रकको भुमिका नै छैन त्यसोभए ? नेपाल मा नेवार भन्दा मधेसी हरु ज्यादा दबिएका छन् , के मधेसी हरु मा यो कुरा बुझ्न सक्ने छ्यमता र उनीहरुमा आफ़ै अन्दोलन गर्न सक्ने छ्यमता छैन भंथान्नुहुन्छ कि के हो? आफै मात्र जान्ने, अरुलाई गन्दै नगन्ने? "मनु मखु मर्स्या" को ब्यबहारिक उदाहरण हो कि के हो? अरु जातजाति सबै लाटा हुन् कि? रह्यो मधेसी आन्दोलनमा दूरनियाँत्रक को कुरा कोइ जानी जानी दूर्नियेंत्रक बाट संचालित हुन्छन कोहि थाहै नपाई दूरनियाँत्रक को सेवा गर्न पुग्चन. दूरनियाँत्रकको लागि जानी जानी आफु बाट संचालित हुने भन्दा थाहै नपाई आफ्नो सेवा गर्ने हरु फैदाजनक हुन्छ किन भने जानीजानी संचालन हुने हरु पछी गएर हेर तेरो फाइदाको लागि मैले एती गरिदिए अब मेरो लागि त के गर्छस भनेर बार्गेनिंग गर्न पुग्चन तर थाहै नपाई सेवा गर्ने हरु केहि माग्न औदैनन मधेस आन्दोलन मधेसी हरुको स्वोतस्फ्रुत आन्दोलन हो तर त्यो आन्दोलन बाट "दूरनियाँत्रकले" धेरै फाइदा लिए मौका मा चौका हानेको. उनीहरुले अझ धेरै फाइदा लिन्छ जब नेपाल जातिय गणराज्य मा परिणत हुन्छ. कुनै मान्छे लै दिग्भ्रमित गर्नु छ भने उसको विश्वास मै आक्रमण गर्नु
पर्छ, दूर नियन्त्रक लै यो देश नियेंत्रण गर्नु छ, को मुख्य बाधा छ
नियेंत्रण गर्नु मा? येस्का मान्छे हरुमा निहित राष्ट्र बादी भाबना. अब
राष्ट्र बादी भाबना कसरि नस्ट गर्ने,? मान्छे हरुलाई दिग्भ्रमित पारिदिने.
तेसकारण दूर नियन्त्रक ले नेपाल को निर्माण मै प्रस्न लगाई दियो यो एकीकरण
होइन विस्तार हो ( देसको नाम गोर्खा रखिद्य भए बिस्तार हुन्थ्यो)
तुरुन्तै दुर्नियन्त्रित पत्रकार हरुले प्रचार प्रसार गर्न थाले सुगा हरुले हो हो भन्न थाले, कतिपय कुरा नबुझेका मान्छे हरु पनि हो मा हो मिलौना थाले. दूर
नियन्त्रक ले तिनीहरु खस् हुन् भन्न थाले दुर्नियेंत्रीत् प्रचार तेसरी नै
हुन थाल्यो सुगा हरु फेरी हो हो भन्न थाले तर तिनी हरुले फेरी के बिर्सिए
भने खस् हरुले आफ्नो इतिहास बिर्सेर आफुलाई नेपाली भन्न थाली सकेका थिए
(मलाई के विश्वास छ भने प्रतेक जातजाति को आफ्नो आफ्नो गौरब गाथा हुन्छ).
तर दूर नियन्त्रक यहाँ पनि फूट ल्याउन सफल भयो. तेस्पची दूर नियन्त्रक ले
भाषामा आक्रमण गर्न थाल्यू, कहाँ त्यो नेपाली भाषा हो त्यो त खस् भाषा हो
भन्न थाल्यो, दूर नियन्त्रक कुवा हरु क्वा क्वा गरेर स्वोर मा स्वोर
मिलौना थाले, नबुझेका हरुलाई पनि रीश फेर्ने मौका मिलेको जसतू भो उनीहरु
पनि हो मा हो मिलौना थाले कुरै नबुझिकन कि तेभित्र कस्तो षड्यन्त्र लुकेको
छ भनेर. येही मौका छोपेर दूर नियन्त्रक को भाषा कला र संस्कृतिको धमाधम
प्रचार हुन थाल्यो ,म गतसाल नेपाल गएको थिई कतिपय हिन्दी सेरिअल आउने
बेलामा घर घर मा काम बन्द हुन्छ सम्पूर्ण मान्छे Tv अगाडी, त्यो चाही
संस्कृतिक उपनिवेश होइन? हिन्दी गाना गएर, हिन्दी बोलेर र हिन्दी tv
सेरिअल हेरेर, नेपाली भाषा लै चाही खस् भाषा भनेर उधुम गाली?? खोक्रा
रास्त्राबाद भनेको के हो कुन्नि. दूर नियन्त्रक का दुत गाउँ गाउँ पुगेर
पैसा बादी रहेछ पहाड पहाड मा क्रिकेट, जुम्ला मा क्रिकेट खेलिंचा दूर
नियन्त्रक को दुत मनाग पुगेर स्कूल को विद्यार्थी लै हिन्दी मा गाना गाउन
लगाउछा (इ सब नेपाल को पत्रपत्रिका मा प्रकासित भयका समाचार हुन्) बिरोध
गर्यो भने दुर्निन्त्रित व्यक्ति हरुको तम्तयार जबाफ औछा "कला संस्कृति
र खेलकुद को राजनैतिक सिमाना हुदैन" वाह वाह एकै देसको भाषा कला
संस्कृति को चाही हाम्रो जातको होइन तेस्को जातको भनेर सिमा निर्धारित
गरिन्छ तर छिमेकी देश को भाषा कला संस्कृति को चाही सिमा हुनु हुन्न,
कस्तो उत्तम विचार. मनोरंजन गर्नमन लागे उपत्यकाको नाचगान हेर्नु भन्ने राजा चाही बिस्तारबादी, नेवारी संस्कृतिको बाधक तर तर दूर्निय्न्त्रक को भाषा को तपाई हरुले मजा enjoy गरि रहनु भाको छ नि, हिन्दी फिल्म, हिन्दी सेरिअल, क्रिकेट अब त काठमाडौँ मा गहु को पीठो लै आटा भंचन मान्छे हरु. त्यो चाही दुर्निय्न्त्रक को संस्कृतिक पर्चार प्रसार मा सहयोग गरेको होइन?
३."तर ती कुराहरुलाइ इतिहासबाट लुकाउन खोजेको हो कि हैन नि" मित्र, लूकौना खोजेको जस्तो मलाई त लागेन खाली हेर्ने आँखा हरुले नदेखेपछि के गर्ने? " फूलको आँखामा फूल नै सन्सार काडा को आँखामा काडे संसार भन्ने गीत जस्तै हो मित्र, प्रिथिबी नारन शाह को अभियान लै नेपालको एकीकरण नाम दिएको छ जबकी उनका राज्यको नाम गोर्खा थियो र उपत्यका लै नेपाल भनिन्थ्यो इतिहासकार हरुले लिक्चाबी कालिन, किरात कालिन र मल्ल राजा हरु विलास मा लिप्त भएर उपत्यका मा मात्र सिमित हुनु भन्दा अगाडी कै नेपाल को प्रिथिबी नारन शाह ले सिर्जना गरेका भनेका छन् होइन र ? गोर्खा को झन्डा भनेर सिंह ले समातेको झन्डा त मैले स्कूल मै देखेको, नेवार हरुले प्रयोग गर्ने झन्डा त उपत्यकाको मन्दीर मन्दीर मा पहिले देखि थ्यो , तपैले देख्ने सक्नु भएन, मा के गरु? काठमांडू जितेर दरबार भित्र पस्न खोज्द्दा नेवार हरुले प्रिथिबी नारन शाह लै हो तैले राज्य जितिस तर तलाई हामी राजा मान्दैनौ हामीले पनि मान्नु पर्चा भंचास भने कुमारी लै ढोगेर कुमारी ले टिका लैदीन भने हामी मान्छु भनेपछि प्रिथिबी नारन ले कुमारी लै ढोगे पछि कुमारीले टिका लागैदेको कछ्या दस पढ्दा इतिहास पढाउने मास्टर ले भनेको मास्टर ले कसरि थाहा पायो जसतो लग्य्थ्यो मलाई तर पछि थाहा भो किताब हरुमा लेखेको रैछा. अब १० क्लास को किताब मै सबै कुरा लेखेर साध्य हुदैन होइन र. प्रिथिबी नारनले कीर्तिपुरे को नाक कान काटेको थाहा पौने, पाटन , काठमाडौँ र भक्तपुर क करिब २००० भारदार मारेको थाहा पौने, लाम्जुंग को जयन्त राना लै छाला काढेर मारेको धेरै लै थाहा छ आनी प्रिथिबी नारन को राम्रो काम को कुरा गर्यो कि चुपचाप. जसले जे भने पनि आधुनिक नेपाल को स्थापना प्रिथिबी नारन ले गरेको हो, ( म राजतन्त्र को समर्थक होइन नि फेरी) जसले राष्ट्र निर्माण गर्यो तेस्को खराब कुरा मात्र बढी प्रचार प्रसार हुनु २५० वर्ष अघि गरिएका केहि नराम्रा कुरा लै बधाई चढी गर्नु को अर्थ के हो मित्र? युरोप को इतिहास पढ्नुस २५० वर्ष अघि त्यहा कस्तो कस्तो दमन हुन्थ्यो? कस्तो कस्तो सजाए दिएन्थ्यो , युरोप नै किन भारत कै पढ्नुस न २५० वर्ष अघि त्यहा हरेका लै के के गरिन्थ्यो ? किताब पढ्न त तपाई लै कसैले रोक्न सक्दैन नि. अरू त के कुरा तथाकथित सभ्य कहलिएका अंग्रेज ले समेत दिल्ली क अन्तिम बादशाह लै बर्मा मा कालकोठरी (dungen ) मा थुनेर मारे. १० क्लास को इतिहास मा सबै लेखेर सकिदैन मित्र जान्न चाहने लै सामग्री उपलब्ध छन् अब ने मुनि को कुरा
हामीले १० क्लास पढ्दा खेरि नेपाल नाम रहनुको कारण दुइवटा दिएको थ्यो १. ने मुनि ले पालन गरेको र २. अर्को ने भनेको उन र पाल भनेको स्थान, धेरै ऊन हुने स्थान भएको ले तिब्बती भाषा मा ( कुन बेला को तिब्बती भाषा हो थाहा छैन ) नेपाल भनेको , अब येस्मा के कुरा लुकाएको छ? किन जबर्र्जस्ती घोकाएको भन्नु हुन्छ. ३."नेवार सभ्यता संस्कृति संरक्षण प्रवर्धन गर्न खस-सरकारले फुटिकौडि केहि नगरेको हो कि हैन" मित्र, जब राज्य ले नेवारी संस्कृति लै मुख्य संस्कृति को रुप मा मानेपछि कति samrachhyan गर्ने? नेवारी संस्कृति लै जस्तै राज्य ले, गुरुङ को संस्कृति, मगर को संस्कृति, शेर्पाको संस्कृति, थारु को संस्कृति मधसी को संस्कृति ले सम्मान गरेको भए र उनीहरुलो चाडपर्ब मा पनि राजा हरुले भाग लिने गरेको भए कति राम्रो हुन्थ्यो, राज्य को पैसा भनेको करदाता ले दिने पैसा हो मित्र र हाम्रो जस्तो गरिब देश मा बिदेशी ले दिने सहयोग पनि अलि अलि हो, समय अनुसार राज्यको प्राथमिकता बदलिन्छ मित्र अहिले को प्राथमिकता भनेको बाटोघाटो, सिक्च्या, स्वास्थ्य हो . अब सिमित कर लै संस्कृति को samrachhyan मा खर्च गर्ने हो भने सबै जातजाति लै कति भागबन्डा पर्छ?, कि नेवार को संस्कृति मा मात्र राज्य ले पैसा खर्च गर्न पर्ने? मलाई त खस् सरकार ले नेवार को संस्कृति लै दबाएको होइन कि नेवार, छेत्री र बाहुन बाहेक अरु जातजाति को संस्कृति लै दबाएको र बचौना को लागि केहि नगरेको जस्तो लाग्छ तर तपाई त्यो देख्न सक्नु हुन्न, आफ्नो संस्कृति मा गर्ब गर्ने ले अरुको संस्कृतिको पनि सम्मान गर्नु पर्ने होइन? self centrist सोचाइ भनेको तेही हो मित्र. आफ्नो संस्कृति ले राज्य को मुख्य संस्कृतिको मान्यता पाइसक्दा पनि complain गर्ने तर जातजातिका संस्किरिती दबैदा पनि चु नबोल्ने. के नेवारी संस्कृति मात्रै नेपाल को संस्कृति? अरु जातजाति का संस्कृति चाहि के नि? तपाइको जबाफ सुनेर त मलाइ राजा त्रिभुवन को एउटा भनाइ याद आयो. एकपटक गरिब हरु दरबारमा प्रदर्सन गर्न गएछन, भर्खर प्रजातन्त्र आएको राजा पनि बाहिर आएर के भो भनेर सोधेचन, गरिब हरुले भनेचन " सरकार हामी भोक्भाकै भयो केहि खान पाएनौ. त्रिभुवन ले भनेचन केहि नपाए दुध भात त पाइन्छा होला नि, दुध भात खाए भै हाल्यो नि राजा लै गरिब को कुरा के थाहा. आफ्नो संस्कृतिक पर्ब मा राजा, रास्ट्रपति, प्रधान मन्त्रि ले भाग लिने वर्ग को मान्छे लै हिमाल को शेर्पा ले भुखमरी को बेला गाई मारेर खादा जेल परेको मर्का के थाहा मित्र, शेर्पाले गाइ लाइ माता पनि मान्दैन र उसको धर्म ले गाइको मासु खाएपनि हुन्छ. यहा कतिपय वर्ग को नुनातम आबस्यकता पुरा भएको छैन तर तपाई लै कुनै एउटा नेवारी नाच जान्ने मान्छे घत्त्दै गएको मा चिन्ता छ. प्रचण्ड ले जस्तो आफु सत्ता मा पुग्दा नागरिक सर्बोचाता काएम हुने र आरु सत्तामा पुग्दा प्रभु ले पुर्याको हुने हो कि? सभ्य मानिस ले आफ्नो र अर्काको संस्कृतिको उत्तिकै सम्मान गर्छ मित्र.
पंचायती व्यवस्था मा त व्यवस्था ले येसो गर्न दिएन उसु गर्न दियना भनेर भाग्न पाइन्थ्यो, तर अहिले? पंचायेत व्यवस्था राम्रो संग भोगेका बेक्ती हरुले जबाफ दिन पर्ला यहाँ. मधेस आन्दोलन मा दूर नियन्त्रक को हाथ देख्ने ले यहाँ चाही किन नदेखेको होला?
"तर गणेशमानलाइ बिपि-जिपिले खोला तर्यो लौरो बिर्सियो गरेको हो कि हैन ? पुस्पलाल अलि चाँडै मरेर गए, जीवनसंघर्षको फल खाने बेलासम्म बाँचेका भए उनको के हालत हुनेथियो होला थाहा छैन । देशको निमित्त पार्टीको निमित्त हिमाल वारपार गर्ने गौरीभक्त प्रधान जस्ता मानिस इतिहासको कुन खाल्डामा पुरिए नि ? मार्शल जुलुम शाक्य जस्ता एक जमानाका हस्तिहरु कता बिलाए नि ?
GP ले गणेशमान लै मात्र किन मित्र पार्टी को कुनै मनि आफुलाई challenge गर्ने नेता लै अगाडी बढ्न दिएन, कांग्रेस मा गणतन्त्र को पहिलो समर्थक नरहरी आचार्य को हालत हेर्नुस न,, त्यो गगन थापा ( हुन त तेस्को बिगत लै म मन परौदिना) हेर्नुस न कहाँ पुग्यो . भट्टराई लै कसरि थान्गना मा सुताई दियो. देउवा ले challenge गर्या थ्यो के हालत भो, प्रचंडे ले कांग्रेस बाहेक को सरकार गठन गरेको होइन? टिक्यो? ? मनमोहन अधिकारी उसको भान्जा, आफ्नै भान्जा लै समेत होस्पितल बाट discharge हुन समेत नपाई सरकार भङ्ग गरिदियो आबिस्वास को प्रस्ताब पेश गरेर . उसको काम कुनै जात प्रति होइन आफ्नो challenge गर्ने सबै प्रति थ्यो ? त्यो कुरा पनि लुकैएको छ कि?? तर त्यो तपैले देख्न सक्नु भएन र GP ले गणेशमान लै गरेको दुर्ब्यबहार लै जातिय जामा लगाई दिनुभो तेसैले मित्र देखन सक्ने आँखा हुनु पर्यो पहिला तपैले मात्र होइन मैले पनि पढे गौरी भक्त प्रधान को संस्मरण , तर मैले गौरी भक्त प्रधान को ससाथ साथै आरु जातजातिले गरेको त्याग को बारेमा पनि पढेको छु खोज्नु भए हुन्छ इन्टरनेट मा उपलब्ध छ तर तपैले गौरी भक्त प्रधान को बारेमा मात्र देख्न भयेछा अरु जात जाति को मान्छे ले गरेको त्याग को बारेमा पढ्न मान लाग्दैन कि क्या हो? राज्य ले तेस्ता व्यक्तिहरुको सम्मान गरेको राम्रो तर राज्य ले अरु जातजाति का त्याग गर्ने व्यक्तिलाई पनि सम्मान गर्न सकेको छैन खस् हरुलाई पनि
बाकी तेस्रो व्यक्ति को कुरा निज ले आफु मन्त्रि भएको बेला के के गर्नु भो भन्ने मलाई थाहा भएकोले कुरा नकोत्तौ मित्र. ४.नारानगोपालको जीवनी खोतल्ने हो र उनका समकालीन अन्य कलाकारसित दाँज्ने हो भने थाहा हुनेछ उनको संघर्षगाथा, नारन गोपाल लै राज्य ले सहयोग नगर्नु एउटा दुखद पाटो हो तर तपैले एस्लाई जातिय रुप दिनु भयो र यसरी जबाफ दिनु भयो मानौ अरु जातजातिका मान्छे ले गीत गाएर प्रसस्त पैसा कमाएका छन्. र राज्य ले पनि तिनीहरु लै प्रसस्त पैसा दिएको छ. तपैले नाम लिएकै भक्त राज आचार्यको बारेमा त थाहा होला नि तपाई लै, तिनी पहिला हाम्रो घर नजिक डेरा गरेर बसेको हुन ले केहि थाहा छ. तिनी गीत गौथ , दुइ वटा स्कूल मा सङ्गीत सिकौठे पछि ससुराली को सहयोग मा घर बनाए भनेको सुनेको थिए हो होइन थाहा भएन, मधु छेत्री जद्य्हा भएरै आफ्नो पुरानो थलो बिरगंज तिर लाग्या छन् भन्थे थाहा भएन . नेवारी गाएक को हरु को थर नभन्नु मा चाही राज्य को कलुसित मानसिकता हुनसक्छ र तेस्को साचिकै बिरोध गर्न पर्ने कुरा हो. नारन गोपाल को समय सम्म राज्य ले खस् जातिका गाएक लै कुनै आर्थिक सहयोग गरेको भए जानकारी पाउ. ५. नेवार सभ्यतालाइ रोमसित तुलना गर्न मिल्दैन । आफुलाइ नेवार भनेर चिनाउन चाहने मान्छे भए जस्तै आफुलाइ रोम भनेर चिनाउन चाहने मान्छे छ?. तेही नभएर त अहिले इटाली भएर बस्न सकेको छ साथी, सबै जात जतिको आफ्नो इतिहास र गौरब गाथा हुन्छ मित्र, तपाइको बाजे ले खाएको पेडा को बास्ना तपाइको हात मा औदैना तपाइको हाथमा त तेस्को मात्रै बस्ना औछा जुन चीज तपाइको हात ले चलाएको छ. खस् हरुबाट सिक्न पर्ने एउटा कुरा मैले देखेको छु त्यो के भने नया युग मा प्रवेश पछि पुरानो युग बिर्सन सक्नु पर्छ. तर आफुले केहि पनि नाबिर्सेना अरुले मात्र बिर्स्योस भनेर कहाँ हुन्छ. अहिले नेपाल मा इतिहास लै लिएर वर्तमान बिगार्ने काम भैरहेछ मान्छे हरु इतिहास बाट सिक्न पर्छ भंचन तर हामीहरु इतिहास लै लिएर वर्तमान बिगारी रहेछौ ६ "जग हसाउने कुरा । इन्टर्नेट नै अन्तिम सत्य? क्या बकबास । संस्कृत हटाएर नेवारी आयो भन्ने हावादारी कुरा पनि आउन थाल्यो, भयो अब" ? खोइ मित्र तपाई को एस प्रतिक्रिउया को कस्तो जबाफ दिउ मा नै अलमल्ल मा परे. इन्टरनेट मा हिजोआज अनुसन्धान पत्र, पुराना किताब हरु जसको प्रकासन बन्द भैसकेको छ र जुन संसारका केहि library छन् तिनी हरु पनि इन्टरनेट मा मात्र पाइन्छ भन्ने कुरा तपाई लै थाहा भएन कि? कतिपय बैज्ञानिक सोध हरु जर्नल मा प्रकासित हुनुभन्दा अन्दाजी एकहप्ता पहिला नै इन्टरनेट मा आउछा भन्ने थाहा भएन कि? मैले तेसो भन्नु को अर्थ तेस्को लागि धेरै गहिरो अनुसन्धान गर्नु पर्दैन भन्ने थ्यो. नेपाल मा लिच्चाबी सासन ३०५ AD देखि १२०० AD सम्म भएको देखिन्छ र लिच्चाबी हरुले नेपाल मा संस्कृत र हिन्दु धर्म introduce गर्या भन्छन इतिहासकार हरु. लिच्छाबी हरु को सिक्का मा ब्र्हमी स्क्रिप्ट मा संस्कृत मा लेखिएको छ भन्चन तेती मात्र होइन तेस्बाला राज्य को court language संस्कृत थ्यो भन्चन मेरो कुरा लै हुस्सु मा उडाउनु भन्दा इन्टरनेट मा search गर्या भे हुन्थ्यो. तपैका सजिलो को लागि तल source हरु राखिदिएको छु हेर्नु नहेर्नु तपाइको खुसि.अब लगभग ७०० वर्ष राज्य को भाषा संस्कृत भएको बेला यहाँ का बासिन्दा ले संस्कृत बोल्दियन थीय भनेरपत्त्यौनै गार्हो पर्छ, त्यो भन्दा पनि पर तेसबेला संस्कृत नबोले के बोल्थे त भनेर कि प्रमाण जुतौना पर्यो
(c. 450–c. 750 ce) in Nepal,
the period of rule by the Licchavi dynasty. The dynasty originated in India,
used Sanskrit as a court language, and issued Indian-style coins. It maintained
close ties to India
and also had economic and political relations with Tibet,
thus becoming a cultural centre linking central and southern Asia.
The era ended when Amsuvarman founded the Thakuri dynasty in the mid-8th
century.
... (100 of 71 words)
Source: A table of the evolution of certain Gupta characters
used in Licchavi inscriptions prepared by Gautamavajra Vajrācārya.
The language of Licchavi inscriptions is Sanskrit, and
the particular script used is closely related to official Gupta
scripts,
Source:
Stupa and Swastika: historical urban planning principles in Nepal'sKathmandu valley.
By Mohan Pant, Shūji Funo
Arrival of Licchabi didn’t push the Kirata heritage into
oblivion. Their rise in Nepal
however formally introduced Sanskrit and Bramhanic culture as shown by the
official court language and the script of the period.
७."मनु मखु भनेको के हो थाहा छ? बदमासि गरेर दुख दिने आफ्नै सन्तानलाइ नि मनु मखु भनेर गालि दिन्छ कसैले । तपाइलाइ नि पशु गधा भनेर तपाइकै आमाले भन्या छ होला, स्कुलमा टिचरले भनेको होला । कुकुर भनेर साथिभाइले ठट्टा र आवेगमा भनेको होला । त्यस्ता हल्काफुल्का आवेगहरुलाइ टिपेर राजनीतिकरण गर्ने हो भने श्रृंखला लामो हुनेछ"
मित्र अरुलाई होच्ह्याको मा तपाई कसरि हल्का फूलका भनेर पन्छिन खिज्नु हुन्छ हो आमा बाबु ले भन्चन तर नेवार हरु मधेसी को आमाबाबु त होइनन नि, अनी नेवार हरु मधेसी को मास्टर पनि होइनन. खुकुरीको चोट अचानो लै मात्र थाहा हुन्छ भनेको के हो भन्ने आज मात्र था पाए मैले. त्यो कुरा हल्का फूलका हो भने मित्र म पनि तपाई लै तपाई को आमा बाबु ले भने जस्तै मास्टर ले भने जस्तै " मान्छे होइन न्यार " ( मर्स्या को equivalent गरेको) भनुम त ? अरुबाट आदर चाहने हो भने आफुले पनि अरुलाई आधार गर्न सिक्न पर्छ मित्र. ८. "कतिपय चाडवाड नेवार समाजभन्दा बाहिरसम्म फैलिएको छ । तर बिकृति पनि भित्रिएको छ" बिकृति सबै जातजाति को संस्कृति मा भित्रिएको छ र यो सन्सार भरि येस्तई छ, पुरानो कुरा हरु नयजमाना मा थपथाप हुन्छ केहि राम्रा कुरा औचन केहि नराम्रा , हुन त येस्मा मैले जबाफ दि रहनु पर्ने होइन. ९. inferiority complex भएका नेवार मैले भेटेको छैन, तर जुन नेवारले समानता, समान अधिकार, समान ब्यवहारको आवाज उठाउँछ समर्थन गर्छ उनीहरुलाइ inferiority complex भएको आरोप लगाइन्छ, जब कि वास्तविकता ती आरोप लगाउने नै inferiority complex ले ग्रसित छन । उनीहरुले खस भाषा र खस एकाधिकारको वकालत प्रत्यक्ष परोक्ष रुपमा गर्ने नेवारहरुलाइ छानि छानि तारीफको पुल बाँधेर पम्फु हाल्ने काम गरीरहन्छन । inferiority complex नभएका नेवार अथवा उदार हृदय भएका नेवार जस्ता फुर्को झूण्डाएर उचाल्छन । २५० बर्षको शाही दमनले थिलथिलो परेको समाजका बालमस्तिष्कमा पञ्चायति शिक्षाले घोकाएको महेन्द्रबादी राष्ट्रबादको ह्याङओभरले गर्दा तिनमा आफ्नो स्व-पहिचान प्रति भ्रम हुनु स्वभाविक हो भन्ठान्छु म.
10. अब यो जबाफ मा हासु कि रु मित्र ? यहाँ त तपाइले गजब नै गरिदिनु भो. १० १२ वर्ष सम्म मान्छे तेती राजनीतिक रूपमा चेतनशील हुदैन यो तपाई हाम्रो आफ्नै अनुभब ले नै जनौछा. पंचायेत गाको २०४६ सालमा २०४६ मा १० वर्ष भाको मान्छे अहिले ३० बर्सको भो तिनी हरु त बहुदल मै हुर्के नि तिनीहरु पनि होलान नि यहाँ तपाइको भनाइ नमान्ने जसले पन्चयेत पढाई पधेना तेस्लाई पनि महेन्द्र पथको आरोप ? त्यो त छोडी दिउ २०४६ मा नै जन्मेको मान्छे पनि अहिले त २० वर्ष को भो होलानी, तिनी हरु पनि होलान नि तपाइको भनाइ नमान्ने तिनीहरु लै पनि महेन्द्र पथको असर?? गजब छ तपाइको तर्क. अझ त्यो भन्दा पनि पर आफ्नो भनाइ नमान्ने लै दिग्भ्रमित को आरोप?? केहि पहिला सम्म त मा तपैले खस् लै दोस दिने गरेको ले कति आरूलाई मात्र दोस दिन जान्या भन्ठान्थे. तर तपैले आफ्नो भनाइ नमान्ने नेवार हरुलाई,महेन्द्रपथ बाट दिग्भ्रमित भन्दिनु भो बा. यो त हिटलर को जस्तो भो नि, आफै लै मात्र सबै थाहा छ, आफ्नो भनाइ नमान्ने हरु कि त बदमास कित दिग्भ्रमित, George Bush junior ले भन्या जस्तो "you are either with me or against me ". रसिया मा स्टालिन ले भने गर्थ्यो र्रे यो पुजीबादी बेबस्था मा हुर्केका मान्छे हरु अझै जीवित भएर कम्युनिष्ट को बिरोध गरि रहेका छन्, इनिहरु सबै मरेपछि कम्युनिष्ट समयमा जन्मिएका मान्छे हरु मात्र भएपछि कोमुनिस्ट को बिरोध बन्द हुन्छ भनेर. गजब को समानता छ तपैहरुको सोचाही मा .
के तपाई लै सछिकै लाग्छ कि कुराकानी मा भाग लिने तर तपाई को भनाइ समर्थन नगर्ने नेवार हरूको सोच्ने स्तर तेती तल्लो स्तर को छ कि कसैले उचाल्दै मा उचालिने ? कति त अम्रिका मा बसेका जस्ता पनि लागचन मलाई त, कति अनुसन्धान मा लागेका जस्तो पनि लाग्छन, तिनी हरु सबै बेबकुफ अनी तपाई मात्र विद्वान ? अरुको विद्वता जाच्ने तपाइलाई अधिकार? तपैले मलाई घुन पिस्य जस्तो सबै लै पिसिस भन्ने आरोप लगाउन भा छ जबकी मेरो जबाफ मा तेस्तो केहिथियेना.
स्कुल पाठ्यक्रममा नेवार पढ्नेले गणित वा बिज्ञान बिषय लिएर पढ्न पाइदैन थ्यो । जुन नीति अद्याबधि कायम छ । यस्ता कतिपय गलत नीतिहरुको शिकार आज नेवार सभ्यता पतनको नजिक छ
11. हेर्नुस म पढेको स्कूल मा नेवारी थिएन, कि लेखा कि सिक्च्या बिसए लिन पर्थ्यो, म लेखा लिएर पढेको मान्छे, लेखा लिएर पधेने ले trigonometry पढ्न पैदैना थ्यो र बिज्ञान आधा मात्रै. एस्लाई जातिय रुप नदिनुस् मित्र यो त सरकारको idiotic सिस्टम मात्र हो. कुनै जातिप्रति लक्चित भएको जस्तो लाग्दैन. स्कूल मा त्रिगोनोमेत्री र बिज्ञान पुरा नपढेको मान्छे मेरो बेला को नाम चलेको College मा entrance दिएर बिज्ञान पढे मित्र एकै ताल College को trigonometry पढ्दा कति गारो भयो होला. मेरो स्कूल मा त नेवारी बिशाये थिएन मित्र तर पनि मैले म्याथ र बिज्ञान पढ्नपाइन. तपाइको एउटा खुबी चाही मान्ने पर्छ तपाई हरेक एक्शन मा नेवार विरुद्ध षड्यन्त्र गरेको ठान्नुहुन्छ कसरि पाउनु भयो तेस्तो खुबी?
12.. "संघियताबिरोधिहरु झगडाको सिनेमा कहिले शुरु होला र काखि बजाउन पाइएला भनेर ढुकेरै बसेका छन, त्यो मैले पनि महशुस गरेकै हो "।
तपाई चाही तेस्तै महसुस गरेर बस्नुस मित्र, म चाही अलि अलि बाकी रहेको शान्ति पनि जातीय संघियेता ले गर्दा जाला र नेपाल मा युध्हा सुरुहोला भन्ने डर ले र आगामी सन्तति ले यो बह्न्दा दुखः को दीन देख्न नापरूस भन्ने डर ले जातिय होइन भौगोलिक संग्येता र सबैजातजतिका दलित हरुले समान अवसर पौने दिन आवोस भनेर बसी राछु 13." अहिलेको जमानामा भाषाको काम छैन - ल तपाइ यसो भनेर हेर्नुस र प्रमाणित गर्नुस - अहिलेको जमानामा भाषाको काम छैन भनेर - भन्न सक्नु हुन्छ ? मजा संग सक्छु मित्र अहिले को ग्लोबल village को जमाना मा न नेपाल भाषा को काम छ न नेपाली भाषा को काम छ. काम छ त एउटा भाषा को काम छ त्यो हो English . नापत्त्याए ल त नेवारी र नेपाली मात्र बुह्ज्ने ले राम्रो जागिर पाएको देखौनुस त? संस्कृतिको नाम मा भाषा को बोझ तपाई बोक्नुस. मा चै सन्सार घुमेर English बोलेर बस्छु है? रीस नगर्नुस नि फेरी
अन्तरिम संविधान ०६३ को धारा १३८ -पहिलो संशोधन) र संविधानसभाको ०६५ जेठ १५ को निर्णयानुसार नेपालको केन्द्रीकृत तथा एकात्मक व्यवस्थाको अन्त्य गरी राज्यको समावेशी लोकतान्त्रिक संघीय शासन-प्रणालीसहितको अग्रगामी पुनर्संरचना गर्ने राजनीतिक सहमति भइसकेको छ । यस क्रममा माओवादी, कांग्रेस र एमालेलगायत विभिन्न दलले राज्य पुनसर्ंरचनासम्बन्धी अवधारणा बुझाएका थिए । र, संविधानसभा राज्य पुनसर्ंरचना तथा राज्यशक्ति बाँडफाँड समितिले बहुमतको निर्णयका आधारमा १४ प्रदेशको नेपालराज्य सिफारिस गर्नेे निर्णय पनि गरेको छ । त्यस निर्णयले सम्पूर्ण तामाङ राष्ट्रलाई मर्माहत पारेको छ ।
राजनीतिक दलहरूको राज्य पुनर्संरचनाका आधार माओवादीले संघीयताको आधार नश्ल होइन, राष्ट्र वा राष्ट्रियता हुनेछ भनी आफ्नो घोषणापत्र र वेलावेलामा भन्दै आएको छ । यस्तो राष्ट्रको आफ्नै ऐतिहासिक साझा भूगोल, सघन बसोबास र बाहुल्य वा आधिक्य, साझा भाषा वा भाषाको प्रादेशिकता, साझा अर्थतन्त्र, साझा आत्मगत तथा सांस्कृतिक संस्थागत संरचना र राजनीतिक परियोजना हुन्छन् । कांग्रेसले राज्य पुनर्संरचना तथा राज्यशक्ति बाँडफाँड समितिमा बुझाएको अवधारणाअनुसार प्रदेश रचनाका प्रमुख आधारहरू राष्ट्रिय अखण्डता, भौगोलिक अवस्थिति र अनुकूलता, जनसंख्या, प्राकृतिक स्रोत र आर्थिक सम्भाव्यता, प्रदेशहरूको अन्तरसम्बन्ध, भाषिक/जातीय एवं सांस्कृतिक सघनता, राजनीतिक/प्रशासनिक सम्भाव्यता आदि हुनेछन् । एमालेले बुझाएको अवधारणाअनुसार संघीय एकाइको विभाजन गर्दा बसोबासको अवस्था, मातृभाषाको प्रयोगको अवस्था, सांस्कृतिक सम्मिलनको अवस्था, प्रशासनिक सुगमता, आर्थिक-सामाजिक अन्तरसम्बन्ध, साधन-स्रोतको उपलब्धता र ऐतिहासिकताजस्ता पक्षलाई आधार बनाइनेछ । यसै आधारमा राज्य पुनर्संरचना तथा राज्यशक्ति बाँडफाँड समितिले संघीय एकाइ विभाजनका लागि पहिचान -जातीय सघनता, भाषिक, सांस्कृतिक, भौगोलिक अविच्छिन्नता, ऐतिहासिकता निरन्तरता) र सामथ्र्य -साधन-स्रोतको उपलब्धता र आर्थिक सम्भावना, प्रदेशहरूको अन्तरसम्बन्ध, राजनीतिक तथा प्रशासनिक सुगमता) लाई संघीय एकाइ निर्माणका आधार मानेको छ । ती आधारलाई मान्ने भएमा संघीय एकाइको विभाजन गर्दा जातीय समुदायका सघन बसोबास, भाषिक सघनता र विशिष्ट सांस्कृतिक क्षेत्रहरूलाई सकेसम्म एउटै एकाइमा आबद्ध गर्ने नीति आवलम्बन गरिनुपर्छ । स्वायत्तता र स्वशासन निर्माणको अन्तर्राष्ट्रिय मान्यताअनुरूप नेपाल राज्यलाई उत्पीडित प्रमुख जातीय समूह वा प्रमुख भाषिक समूहका कुनै न कुनै प्रदेशमा बाहुल्य कायम हुने गरी प्रदेश निर्माण गर्नुपर्छ । यसमा अन्तर्राष्ट्रिय कानुनअनुसार आदिवासी जातिलाई आत्मनिर्णयको अधिकार हुनेछ ।
ताम्सालिङ स्वायत्त प्रदेशको भूगोल ती आधारमा मोटामोटी रूपमा पहाडमा खस-आर्यजाति -बाहुन-क्षेत्री), मगर, गुरुङ, तामाङ, नेवार, राई, लिम्बू र पश्चिम तराईमा थारू जातिको बाहुल्य भएको क्षेत्र छुट्टयाउन सकिन्छ -हेर्नुहोस् नक्सा) । खस-आर्यजातिहरू शासक जाति हुन् त्यसैले उत्पीडक जाति हुन् । उत्पीडित र आदिवासी जाति नभएकाले उनीहरूको यहाँ खास ऐतिहासिक आदिवासी क्षेत्र छैन । यसैले उनीहरूको सेती-महाकाली, भेरी-कणर्ाली क्षेत्रमा बाहेक अन्य आदिवासी क्षेत्रमा स्वशासन र स्वायत्त प्रदेश बन्न सक्दैन । तराईमा यादव, मुसलमानजस्ता धेरै जात/जाति/समूह भए पनि जाति वा धार्मिक समूहका आधारमा भन्दा भाषाका आधारमा मात्र क्षेत्र, जस्तै मैथिली सात जिल्ला र बज्जिकासहित भोजपुरी भाषाका पाँच जिल्ला भएको भाषाका भौगोलिक क्षेत्र छुट्टयाउन सकिन्छ । सन् २००१ को जनगणनाअनुसार जातसमूहलाई छाडेर जनजातिमा तामाङ बाहुल्य भएका जिल्लामा रसुवा, सिन्धुपाल्चोक, मुगु, दोलखा, धादिङ, काभ्रे, नुवाकोट, रामेछाप, सिन्धुली, मकवानपुर र सर्लाही गरी जम्मा ११ जिल्ला र चार सय ६५ गाविस छन् । मुगु मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा पर्छ । तामाङ भाषा ओखलढुंगासहित सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, धादिङ, रसुवा तथा मकवानपुर, देशभरिका पाँच सय एक गाविसमा नेपाली -खस) भाषापछिको सबभन्दा ठूलो संख्यामा वक्ता भएको भाषा हो । यसबाट तामाङ भाषा ताम्सालिङको प्रादेशिक भाषा बन्नसक्ने स्थिति देखिन्छ । यसमा काठमाडौं, भक्तपुर र ललितपुरका तामाङ संख्यालाई जोड्दा ताम्सालिङमा ९७०,४८७ तामाङ बसोबास गर्छन् । यो सम्पूर्ण तामाङ जनसंख्याको ८०.५ प्रतिशत संख्या हो । काठमाडौं उपत्यकामा सन् १२०० देखि १७६९ सम्म मूलतः उपत्यकाकेन्दि्रत कान्तिपुर -सन् १४८४ देखि १७६८ सम्म), ललितपुर -सन् १५३६ देखि १७६८ सम्म) र भादगाउँ -सन् १४९६ देखि १७६९ सम्म) स्वाधीन मल्लराज्य थिए । सन् २००१ को जनगणनाअनुसार नेवार-बाहुल्य काठमाडौंमा नेवार २० नपा/गाविसमा बहुसंख्यामा र तामाङ काठमाडौंको उत्तरपूर्वी आठवटा गाविसमा, भक्तपुरका जम्मा आठ गाविसमध्ये नेवार ६ वटा नपा/गाविसमा र तामाङ दुई गाविसमा तथा ललितपुरका आठ नपा/गाविसमा नेवार र पूर्वी-दक्षिणी पहाडी भागका २३ गाविसमा तामाङ बहुसंख्यामा छन् । काभ्रेको नेवारबाहुल्य ६ गाविसमध्ये बनेपा र धुलिखेल काठमाडौं उपत्यकाको नेवार-बाहुल्य क्षेत्रसँग जोडिएका छन् । त्यस्तै दक्षिण-पश्चिममा मकवानपुरको नेवार-बाहुल्य दुई गाविस बज्रवाराही र चित्लाङ काठमाडौं उपत्यकासँग जोडिएका छन् । यही धरातलमा पूर्वमा दूधकोसीदेखि पश्चिममा बुढीगण्डकीसम्मका रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा, काभ्रे, नुवाकोट, धादिङ, सिन्धुली, मकवानपुर, चितवन र सो मुख्य भू-भागसँग जोडिएको काठमाडौं उपत्यकाको मूलतः नेवार-बाहुल्य भूभाग र त्यससँग अविच्छिन्न रूपमा जोडिएको भागलाई छाडेर काठमाडौंको पूर्वी-पश्चिमी-उत्तरी भू-भाग, भक्तपुरको उत्तरी भू-भाग, ललितपुरको दक्षणी पहाडी भू-भाग र उत्तरमा तिब्बतको सीमादेखि दक्षिणमा चितवनसहितको धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्साको महेन्द्र राजमार्गदेखि उत्तरी भू-भाग र सो मुख्य भागसँग अविच्छिन्न रूपमा जोडिएका तामाङहरूको बाहुल्य रहेको भूभाग नै ऐतिहासिक ताम्सालिङ हो, जहाँ ९,७०,४८७ तामाङ बसोबास गर्छन् । सो क्षेत्रलाई ताम्सालिङ नेपाल राष्ट्रिय पार्टी, माओवादी, एमाले र अन्य दलसँगै नेपाल तामाङ घेदुङसमेतको ताम्सालिङ संयुक्त संघर्ष समितिले ०६६ कात्तिक २१ गते काठमाडौंमा ताम्सालिङ स्वायत्त प्रदेश घोषणा गरेको छ ।
ताम्सालिङको थाप्लोमा तरबार राज्य पुनसर्ंरचना तथा राज्यशक्तिको बाँडफाँड समिति र संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरूले राज्य पुनर्संरचनाका आधार भनेर जसमा सहमति जनाएका छन्, त्यसलाई प्रदेशको खाका निर्माण गर्दा पूरै लत्याएका छन् । माओवादीले राज्यसंरचनाको प्रस्तावअनुसार १४ गणराज्य वा प्रदेश प्र्रस्ताव गरेको छ, जसअनुसार सेती-महाकाली, भेरी-कणर्ाली, थारूवान, मधेस, मगरात, तमुवान, ताम्सालिङ, नेवाः, किरात, लिम्बुवान, कोचिला, शेर्पा, भोटेलामा र, नारायणी गणराज्य वा प्रदेश छन् । उसले ०६६ पुस १ गते नुवाकोटको ककनीमा ताम्सालिङ स्वायत्त प्रदेशको घोषणा गरेको थियो । यस प्रदेशभित्र हालको रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, काभे्र, सिन्धुली, मकवानपुर र धादिङ जिल्ला पर्छन्् । उसले तामाङ-बाहुल्य दोलखा, रामेछाप र सोलुको उत्तरी भाग काटेर शेर्पा प्रदेश बनाउने प्रस्ताव गरेको छ भने ओखलढुंगालाई पूरै ताम्सालिङबाहिर निकालेको छ । उसले ताम्सालिङबाट धादिङको दक्षिणी भाग र चितवन निकालेर नारायणी प्रदेश बनाउने प्रस्ताव गरेको छ । नेपाल राज्यको संघीय संरचनाका लागि स्वायत्त प्रदेश वा राज्यको निर्धारण गर्न नसक्ने दलमा कांग्रेस पर्छ । उसले राज्य पुनर्संरचना समितिसमक्ष संघीय प्रदेशको खाका बुझाउन सकेको छैन । तर, केन्द्रीय समिति र महासमितिमा प्रस्तुत पछिल्लो प्रस्तावअनुसार १६ प्रदेशको नेपाल राज्यको संघीय संरचना हुनेछ । कुुनै पनि प्रदेशको नाम उल्लेख नभएको सो संरचनाअनुसार तामाङ जातिको ऐतिहासिक एवं बाहुल्य र सघन क्षेत्रलाई प्रदेश १२ र १४ गरी दुई प्रदेशमा विभाजन गरिएको छ । कांग्रेसले राज्य पुनर्संरचना तथा राज्यशक्तिको बाँडफाँड समितिसमक्ष बुझाएको राज्य संरचनासम्बन्धी प्रदेशको अवधारणापत्रमा प्रदेशको खाका, संख्या र आकार उल्लेख गरिएको छैन । एमालेलेे बुझाएको प्रस्तावअनुसार खप्तड, कणर्ाली, थरुहट, लुम्बिनी, तमुवान, मगरात, गण्डकी, ताम्सालिङ, नेवाः, सुनकोसी, किरात, लिम्बुवान, विराट, मिथिला, भोजपुर गरी १५ संघीय प्रदेश हुनेछन् । सो प्रस्तावमा ताम्सालिङ प्रदेशभित्र रसुवा, नुवाकोट, मकवानपुर पर्छन् । उसले सुनकोसीपूर्वका सिन्धुपाल्चोक, काभे्र, रामेछाप, दोलखा, सिन्धुली मिलाएर क्षेत्री-आधिक्य हुनेगरी सुनकोसी प्रदेश बनाउने प्रस्ताव गरेको छ, जहाँ १४८,०५२ तामाङ पर्नेछन् । उसले काठमाडौंसँग जोडिएको तामाङ-बाहुल्य धादिङ र चितवनलाई पूर्वी तनहुँ, पाल्पा र नवलपरासीसँग जोडेर बाहुन-आधिक्य हुनेगरी गण्डकी प्रदेश बनाउने प्रस्ताव पनि गरेको छ, जहाँ ११२,०३७ तामाङ पर्नेछन् । यसरी सुनकोसीमा १८ प्रतिशत र गण्डक प्रदेशमा ७ प्रतिशत तामाङ पर्नेछन् । यी प्रदेशको प्रस्तावले गर्दा ताम्सालिङमा आंशिक रूपमा काभ्रे, ललितपुर, सिन्धुपाल्चोक र धादिङका केही भाग पर्नेछन् । स्मरणीय छ, करिब ३२,१८८ संख्या भएको शेर्पाका लागि माओवादीले प्रदेश प्रस्ताव गरेको छ । एमालेले करिब तीन लाख तामाङलाई ताम्सालिङको मूल भूमिबाट अलग्याउने किसिमले नयाँ प्रदेशको प्रस्ताव गरेको छ ।
नयाँ जातीय अहंकारवाद ? समष्टिमा भन्नुपर्दा तामाङहरूको ऐतिहासिक एवं सघन बाहुल्य क्षेत्रलाई कांग्रेसले दुई चिरा, माओवादीले दुई चोइटा र एमालेले तीन चिरा पारेका छन् । यसरी तीनवटै पार्टीले कुनै पनि उत्पीडित जाति -राष्ट्र) लाई नटुक्र्याई प्रदेशको स्वशासन निर्माण गर्ने सिद्धान्त एवं आफूले लिएको स्वायत्त प्रदेश निर्माण गर्दा सकेसम्म कुनै पनि जातिको भूगोल र पहिचान नटुक्र्याउने आधारलाई मिच्ने काम गरेका छन् । यिनै दलको प्रस्तावलाई आधार मानेर राज्य पुनर्संरचना तथा राज्यशक्ति बाँडफाँड समितिले तामाङहरूको ऐतिहासिक प्रदेशलाई चार टुक्रा पार्ने काम गरेको छ । यसले आफ्नो ऐतिहासिक क्षेत्रमा पहिचानसहित एक राष्ट्रका रूपमा बस्ने र स्वशासन सञ्चालन गर्ने तामाङहरूको आत्मनिर्णयको अधिकारलाई धुलोमा मिलाएको छ । यसले ताम्सालिङ प्रदेशको दिगो विकास र सिंगो तामाङ राष्ट्रको विकासलाई निस्तेज र कुण्ठित गर्छ । नेपालको इतिहासले के प्रमाणित गरेको छ भने तथाकथित सुनकोसी प्रदेश तामाङजातिको ऐतिहासिक क्षेत्र र जातीय बाहुल्य रहेको क्षेत्र हो । गण्डक प्रदेशको धादिङ तामाङको, तनहँु र पाल्पा गुरुङ र मगरका ऐतिहासिक क्षेत्र र बाहुल्य क्षेत्र हुन् । कुनै उत्पीडित आदिवासी जातिको स्पष्ट ऐतिहासिक थलोमा कसरी खस-आर्य जातिभित्रका क्षेत्री र बाहुनको नेतृत्व हुनेगरी सुनकोसी र गण्डक प्रदेश बन्न सक्छ ? यस्तो माग कहीँ, कतै, कुनै उत्पीडित जात वा जातिबाट आएको थिएन । षड्यन्त्रकारी ढंगले यो सुनकोसी र नारायणी प्रदेशलाई कसरी आविष्कार गरियो ? कसैले पनि अर्काे जातिको पुख्र्यौली भूमिमा उसको अस्तित्व नष्ट गरेर राज्य निर्माण गर्ने दुस्साहस गर्छ भने त्यसलाई जातीय अहंकारवाद भनिन्छ । यसै आधारमा पृथ्वीनारायण शाहको राजनीतिक इतिहासलाई अतिक्रमण र साम्राज्यवादको इतिहास भनिएको हो र त्यसलाई आदिवासी जनजाति आन्दोलन अर्थात् राष्ट्रिय मुक्ति आन्दोलनले खारेज गरेको हो । २१ औँ शताब्दीको चेतनामा तामाङको अस्तित्व समाप्त पारेर खसराज्य गठन हुनै सक्तैन । त्यसो भएमा, तामाङले खस-आर्यजातीय अहंकारवादविरुद्ध कैयौँ पुस्ता लड्यो र लड्दै छ, आवश्यकता परेमा अब पनि लड्नेछ । यो प्रस्ताव संघीय एकाइको विभाजन गर्दा ऐतिहासिक जातीय समुदायका सघन बसोबास, भाषिक सघनता र विशिष्ट सांस्कृतिक क्षेत्रलाई सकेसम्म एउटै एकाइमा आबद्ध तथा नेपाल राज्यलाई प्रमुख जातीय समूह वा प्रमुख भाषिक समूहको कुनै न कुनै प्रदेशमा बाहुल्य कायम हुनेगरी प्रदेश निर्माण गर्ने भन्ने राज्य पुनर्संरचना तथा राज्यशक्ति बाँडफाँड समितिको सिद्धान्त र नीतिविरुद्ध पनि छ । यो दलहरूको सैद्धान्तिक दिवालियापनभन्दा अरू केही होइन । यसले तामाङ राष्ट्रलाई विभाजित गरेको छ, जुन ताम्सालिङका तामाङलगायतका जनताको भावना र संघीयता निर्माणको सिद्धान्तविपरीत छ । अन्तर्राष्ट्रिय कानुनी मान्यता र तामाङ आदिवासी जातिको आत्मनिर्णय, स्वशासन र स्वायत्तताको अधिकारविपरीत छ ।
Its fine. I would like to add one more problem that federalism can introduce.
In federalism, if we have to select a player for SAG football, cricket or any other sports. Don't you think there will be big issue that player has to be selected from each state, other wise it would not be called inclusive?
I think they had similar issues in South Africa cricket, where player has to be selected based on race/ethnicity but not on the basis of their capability.
My view: I think they (political parties) decided this issue in hastily fashion. They just want to show them as a progressive force, but they did not did a little studies and contemplation in this kind of complex issue.
So later, if any complex issue arise they have to say
नेपालका ५९९ सभासद् यतिवेला चौध थान नेपाल राज्य निर्माणमा लागेका छन् । आधारभूत रूपमा अर्धसामन्ती तथा अर्धऔपनिवेशिक चरित्र भएका ती चौध थान राज्यमा लिम्बुवान, खम्बुवान, ताम्सालिङ, तमुवान, मगरातजस्ता पर्छन् । यसका साथै आधा दर्जन जातीय राज्य पनि अब संविधानभित्रै दर्जिने भएका छन् । अर्थात् हाम्रा सभासद् मानवताविरोधी जातिभेदको अपराधकर्ममा सामेल हुने भएका छन् । श्री पशुपतिनाथले 'अपार्थेइड' राज्यको परिकल्पना गर्ने हाम्रा सभासद्को कल्याण गरून् । उनीहरूविरुद्ध कुनै मुद्दा-मामिला नपरोस् । हाम्रा माननीय सदस्यहरूले 'अपार्थेइड'को खप्की कतैबाट खानु नपरोस् ।
इमान राखेर भन्ने हो भने अहिलेसम्म नेपाली जनमत संघीयताको पक्षमा छ कि छैन भन्ने प्रश्नकै निराकरण भएको छैन । अहिलेसम्म संघीयता पार्टीहरूको एजेन्डामै खुम्चिएको छ । जनताले संघीयतालाई बुझ्नसमेत भ्याएका छैनन् । हुन त पार्टीहरूमै पनि संघीयतासम्बन्धी कुनै वैज्ञानिक सोच छैन । कहिले पन्ध्र राज्य त कहिले तेह्र । कहिले चौध राज्य त कहिले छ । केका आधारमा यो विभाजन गरिएको छ भनेर सोध्ने हो भने पश्चिमतिरबाट सिकेका केही सूत्रबाहेक हाम्रा संघवादीहरूले अरू केही भन्न सक्ने ठाउँ अहिलेसम्म भेटिएको छैन । संघीयतामा जानेहरूको त यस्तो बेहाल छ भने संघीयताविरोधी अभियान चलाउने पार्टीले पनि आफ्नो गतिविधि गरिरहेकै छ । संघीयतालाई स्विकारेका पार्टीहरूभित्र पनि विमतिका स्वर उठिरहेकै छन् । नेपाली कांग्रेस, नेकपा एमाले आदिका लागि संघीयता यतिवेला 'हतारको निर्णय फुर्सदको पछुतो' भएको छ । जातीय राज्यको पहिलो राजनीतिक परिकल्पनाकार माओवादी स्वयंभित्र पनि फरक मतको आवाजको प्रतिनिधि भएर ६ राज्यको नौलो प्रस्ताव बोकेर उदाएकै थियो । बिचरा ६ राज्यका परिकल्पनाकारलाई बहुमतको हँसिया-हथौडा चलाएर 'चुप' गराइयो ।
नेपालभित्रभन्दा बाहिर संघीयताप्रतिको चिन्ता धेर जाहेर भएको छ । विद्युत्पत्रहरूको बहसमा जाने हो भने अमेरिका, जर्मनीजस्ता संघीय राज्यमा मानसम्मानका साथ बसेका नेपाली नै नेपालको संघीयतासँग असहमति जनाइरहेका छन् । अमेरिकाबाट आलोक बोहराले लेख्नुभएको थियो- एमालेसमेत हतारमा संघीय विभाजनमा गयो । कम्तीमा साथीभाइ र शुभेच्छुकसँग सरसल्लाह त गर्नुपर्छ । अमेरिकाबाट शिव गौतम लेख्नुहुन्छ- संविधानमै जातीय राज्यको घोषणा गर्ने काम हाम्रा सभासद्कै लागि पनि प्रत्युत्पादक हुन्छ । हाम्रा सभासद्लाई 'अपार्थेइड'का बारेमा ज्ञान छैन कि क्या हो । किन यो जातका आधारमा राज्य विभाजन गर्न खोजेको ! डा. तिलक श्रेष्ठ भन्नुहुन्छ- हाम्रो राष्ट्रियता सतही, जनजाति र माक्र्सेली आर्थिक परिभाषाका आधारमा परिभाषित हुन सक्दैन । हाम्रो राष्ट्रको परिभाषा हाम्रै परम्परा, हाम्रा आफ्नै आधार र मूल्य-मान्यताबाट निर्देशित हुन्छन् । हाम्रो परिभाषाले यस्ता राज्य निर्माण गर्नै दिँदैन ।
नेपालका इतिहासविद्हरू पनि पृथ्वीनारायण शाहभन्दा अघि लिम्बुवान, खम्बुवान, ताम्सालिङ, नेवाः, तमुवान, मगरात राज्य नभएको र नेपालका सबै भुरेटाकुरे राजा खस नै भएको किटानी गरिरहेका छन् । चाहे पश्चिमबाट आएका चल्ल र मल्ल हुन्, चाहे दक्षिणतिरबाट आएका तिरहुते कणर्ाटकवंशी हुन् बिखण्डित नेपालका भुरेटाकुरे राजामा शाह र सेनलाई छाडेर सबै खस नै थिए । पृथ्वीनारायण शाहका पुर्खा र स्वयं पृथ्वीनारायण शाह पनि खाँट्टी मगर थिए भन्ने कुरामा भ्रम पाल्नेहरूलाई नेपाली विद्वान्को गणनाबाट बाहिर निकालिदिए हुन्छ । कालीगण्डकीदेखि चौद्दण्डी हुँदै सिक्किमसम्म पुगेका लोहाङ सेन र मकवानपुरी हेमकर्ण सेन मगर राजा थिए । पृथ्वीनारायण शाहले तिनै हेमकर्ण सेनकी छोरीसँग पहिलो विवाह गरेका थिए । ससुरालीसँग झगडा भएपछि मात्रै बनारस पुगेर पुरानो गोत्र त्यागी नयाँ गोत्र ग्रहण गर्दै राजपुत कन्यासँग बिहे गरेको इतिहासलाई पर सारेर पृथ्वीनारायण शाहभन्दा अगाडि नेपालमा जातीय राज्य थिए भन्नेहरूलाई चार वर्ष इतिहासको पाठशालामा पढ्न पठाइदिए हुन्छ ।
जातीय राज्य निर्माण गर्न चाहने वुद्धिजीवीहरू संयुक्त राष्ट्रसंघका अन्तर्राष्ट्रिय महासन्धि, अभिसन्धि आदिको कुरा साह्रै उठाउँछन् । तिनले १९७७ को 'इन्टरनेसनल कन्भेन्सन अन द सप्रेसन एन्ड पनिसमेन्ट अफ द क्राइम अफ अपार्थेइड' पढ्न भ्याएका छन् कि छैनन् ? अपार्थेइडलाई 'क्राइम अगेन्स्ट ह्युमानिटी' पनि मानिन्छ । अपार्थेइडको सोझो हिसाब नेपालीमा जातिभेद नै हुन्छ । जातिभेदी अपराधको परिभाषामा राजनीतिक, सामाजिक, आर्थिक अनि सांस्कृतिक विभेद पर्छन् ।
यी जातिभेदविरोधी राष्ट्रसंघीय दस्ताबेजमा नेपालले हस्ताक्षर पनि गरेको छ । पहिलो हस्ताक्षर १९७७ र दोस्रो हस्ताक्षर १९८९ मा गरेको प्रमाण पनि हाम्रा माननीय सभासद्ज्यूहरूलाई थाहा हुनुपर्ने हो । जातिभेदविरोधी अन्तर्राष्ट्रिय अभिसन्धिमा हस्ताक्षर गरिसकेको हुनाले नेपालको संविधानमा जातिका आधारमा गरिने भेदभावका लागि दण्डित हुने भनेको त्यो संविधानलाई पारित गर्ने माननीय सभासद्हरूले नै हो ।
जातिभेदका आधारमा राज्य संरचना गर्ने हाम्रा माननीयहरूले न्यायिक क्षेत्रमा रोम विधान भनी चिनिने 'रोम स्ट्यच्युट अफ द इन्टरनेसनल क्रिमिनल कोर्ट'ले पनि जातिभेदलाई हत्या, बलात्कार, दासत्वजस्ता सबै मानवीय अपराधमा दर्ज गरेको छ । रोम विधानले पनि जातिभेदलाई मानवताविरोधी अपराधको कित्तामा राखेको छ ।
म कानुनको ज्ञाता होइन । म कानुनको विद्यार्थी पनि कहिल्यै रहिनँ । त्यसैले मैले जे लेखेँ त्यो नै अन्तिम हो भन्ने दाबी म गर्दिनँ । मेरो यो एउटा आग्रह मात्र हो । सीधासादा सभासद्हरू, मुलुकको राजनीतिमा तर मारिरहेका मध्यमवर्गीय बुद्धिजीवीहरूको सिकार नबनून् । राष्ट्रसंघीय अभिसन्धि र रोम विधानको ज्ञान म आफैँले खोजेर ल्याएको होइन । सुरुमा अमेरिकामा बसिरहेका नेपाली मित्रहरूबाट यी दुवै विषयको जानकारी पाएपछि नेपालको मानवअधिकार र न्यायिक क्षेत्रमा काम गर्ने मित्रहरूसँग पुष्ट्याइँ लिएर मैले यो टिप्पणी लेख्ने जमर्को गरेको हुँ ।
राज्य पुनसर्ंरचना समितिबाट बाहिर आएका गफ सुन्दा कहिलेकाहीँ साह्रै मन दुख्छ । केही दिनअघि राजधानी सार्ने हल्ला चलाइयोः चितवनमा राजधानी सार्ने रे ! कुरो सुन्दा मीठै हो । झन्डै चालीस वर्षअघि नेपालका भूगोलविद् डा. हर्क गुरुङले पनि यही सपना देख्नुभएको थियो । उहाँको राजधानी प्रस्ताव बुझ्न नेपाली राजनीतिलाई चालीस वर्ष लाग्यो भने अब राजधानी सार्न अर्को पचास वर्ष लाग्छ । नेपाल हामीले नचिनेको-नजानेको मुलुक होइन । पचहत्तरै जिल्लाका सदरमुकाममा मोटरबाटो पुर्याउने योजना आयोगको प्रतिबद्धता ०४२ सालको थियो । तर, अहिले पनि मोटर गुड्ने बाटो कतिपय जिल्ला सदरमुकाममा पुग्न सकिरहेको छैन । ज्यानमारा ट्रयाकहरूलाई मोटरबाटो भन्न हुँदैन । खोलामा पानी बगेर गइरहेको छ । नेपालसँग ८४ हजार मेगावाट विद्युत् उत्पादन गर्ने क्षमता छ भन्ने हल्ला हामी जन्मिँदा-जन्मिँदैको पालाको हो । तर, अहिलेसम्म त्रियासी सय बिजुली पनि राज्यले उत्पादन गर्न सकेको छैन । यस्तो मुलुकले राजधानी सार्ने हल्ला गर्नु हालका लागि चितवनतिर जग्गाको भाउ बढाइदिनु, धान फल्ने खेतलाई प्लटिङमा लगेर उब्जनी घटाउनुबाहेक अरू केही हुँदैन ।
नेपाल एउटा गरिब मगन्ते देश हो । माग्ने भएकै हुनाले नेपाल र नेपालीको स्वाभिमान कमजोर भएको पनि हो । विस्तारवाद र साम्राज्यवाद भनेर जति सत्तोसराप गरे पनि तिनै विस्तारवादी र साम्राज्यवादीका अघिल्तिर दाँत ङच्ियाएर 'लौ न प्रभु केही लाख डलर झारिदेऊ' भनेर निहोरा गर्ने नेपालीले संघीयताको खर्च चलाउन नसकेपछि टुक्रिएका भूमिहरूलाई, राजा महेन्द्रले प्रजातन्त्रको सर्तमा कालापानी भूखण्ड बेचेजसरी, बेच्दै जानुपर्ने हुन्छ नेपालभित्रको सन्दर्भमा । जहाँसम्म मुलुकबाहिरको कुरो हो- विदेशमा बस्ने कुनै पनि नेपालीले जातीय राज्य बनाउने नेपाली सभासद्विरुद्ध अपार्थेइडको मुद्दा नहालिदियून् ।
"गणेशमान, पुस्पलाल ले नेवार हरुको मात्र नेता हुन नमानी सारा नेपाल को नेता भएर गल्ति गरेको हो?"
हैन । तर गणेशमानलाइ बिपि-जिपिले खोला तर्यो लौरो बिर्सियो गरेको हो कि हैन ? पुस्पलाल अलि चाँडै मरेर गए, जीवनसंघर्षको फल खाने बेलासम्म बाँचेका भए उनको के हालत हुनेथियो होला थाहा छैन । देशको निमित्त पार्टीको निमित्त हिमाल वारपार गर्ने गौरीभक्त प्रधान जस्ता मानिस इतिहासको कुन खाल्डामा पुरिए नि ? मार्शल जुलुम शाक्य जस्ता एक जमानाका हस्तिहरु कता बिलाए नि ?
Hmm. So you think Marshal Julum Shakya , who was so corrupt that Ganesh Man too spoke against him when he was minister, is out now because of Khas conspiracy? Shakya lost election in Lalitpur against Siddi Lal Singh, and he received almost half of Siddi Lal's vote. If anything, you should berate Patane for his loss.
"नारान गोपाल ले नेवारी मात्र गीत नगएर नेपाली गीत गएर सारा नेपाली को मान जितेय्को को गल्ति हो?"
नारानगोपालको जीवनी खोतल्ने हो र उनका समकालीन अन्य कलाकारसित दाँज्ने हो भने थाहा हुनेछ उनको संघर्षगाथा । प्रसिद्धिको सगरमाथा चुमेर पनि उनीसित स्वास्थोपचार गर्ने पैसा भएन । नातिकाजी, पुष्प नेपाली, रत्नदाश प्रकाश, शिवशंकर, कोइलिदेवि, नारानगोपाल, बच्चुकैलाश, प्रेमध्वज - (यिनीहरु केहि उदाहरण हुन जो नेवारै नेवार हुन) रेडियोले उनीहरुको पुरा नाम लिन पनि हिच्किचाए झै गरी थर कहिल्यै किन नभनेको ? अनि हरीप्रसाद रिमाल, धर्मराज थापा, भक्तराज आचार्य, मधु क्षेत्री जस्ता अनगिन्ती उदाहरण छन, जसका थर कहिल्यै पनि छुटाइएन ।
Wow. As if Arun Thapa, Haribhakta Katuwal and untold other "Khas" artists had good time. Where should we start? Even Bhanubhakta , the father of modern Nepali language, was in jail, Motiram Bhatta died in poverty, and so did Mahakabi Devkota, whose struggle during his last phase is well documented.
And wow again for being mother of all conspiracy theorists. So, Radio Nepal didn't say the thar of Newar singers? Premdhwaj Pradhan was always called Premdhwaj Pradhan as far as I know. Pushpa Nepali always used his sirname as Nepali. Natikaji-Shivasankar always used that name (may be emulating the fashion of Indian musicians who use their one name only, such as Pyarelal, Laxmikant, Shravan, Nausad etc). Koilidevi , not sure why her last name (I think is Mathema) is not often used. May be her choice. But Taradevi Karki is also only called Taradevi. Most likely, it was a matter of artist's own choice why Prakash Shrestha was called Prakash Shrestha, Dip Shrestha was always Dip Shrestha, Bhim Tuladhar and Sanjay Shrestha were always Bhim Tuladhar and Sanjay Shresthat but Bachchu Kailash was called Bachchu Kailash. yo kuro haina bhane proof paau.
काठमाडौ, २०६६ माघ १९ - जातीय आधारमा प्रदेश बन्यो भने नागरिक अधिकारको विपरीत हुने त छँदै थियो, त्यसपछि सुरु हुने द्वन्द्व मुलुकले सम्हाल्नसक्ने छैन भन्ने लाग्थ्यो, त्यसैले १४ प्रदेशको जातीय आधारकै नक्सा एक्लैले बहुमत पाएको सुन्दा रमाइलो लागेन । जातीय प्रदेशमा जातीय अग्राधिकार दिने कुरा पनि बहुमतले राज्य पुनःसंरचना समितिबाट पास भएछ । उपसमितिले प्रस्तुत गरेको ६ प्रदेशको जातिनिरपेक्ष अर्को नक्सा संविधानसभामा छलफलका लागि साथै पेस गर्ने सहमतिसम्म पनि समितिमा बनेनछ । अझ कुनै गतिलो अध्ययन विश्लेषणविना नै २३ जातिका स्वायत्त क्षेत्र गठन गर्ने कुरामा समेत त्यसै रात बहुमतको सहीछाप लागेछ ।
समितिले प्रस्ताव गरेको १४ प्रदेशको नक्सा छापामा हेर्दै सन्तोष राजधामीले मलाई भने- हाम्रो सप्तरी मधेसमा परेछ । एसएलसी पास गरेको यो ठिटो बडो सचेत छ यस्ता कुरामा, ऊ आफूलाई मधेसी मान्दैन, बेला-बेला मलाई पनि राजनीतिक कुरा सिकाउँछ । हाम्रो ठाउँमा मधेसीभन्दा धेरै पहाडे छन्, हामी थारूहरू पनि थुप्रै छौं । पहाडेहरू मिहेनत पनि गर्छन् र उन्नति पनि गरेका छन्, तिनका कारणले थारूलाई पनि जाँगरिला हुन कर लागेको छ ।
ऊ चिन्तित थियो- के अब हामी थारूहरूले मधेसमा कम अधिकार पाउने हो ? त्यो हामीले किन मान्ने ? मधेस, जति मधेसीको हो, त्योभन्दा बढी थारूको हो । हाम्रो पुख्र्याैली थलोमा उनीहरूलाई धेरै अधिकार र हामीलाई कम अधिकार किन दिने ? उसको सरल तर्क थियो- नेपालका थारूजति सबै थरूहटभित्र जाउ, अग्राधिकार पाउँछौ भनेर बाध्य पार्न मिल्छ ? नेपालभित्र हामीलाई मनलागेको कुनै पनि ठाउँमा बस्छौं हामी, त्यहीं चाहिन्छ हामीलाई अधिकार । के काम हामीलाई त्यो थरूहट र त्यहाँको अग्राधिकार, जब हामीलाई त्यहाँ बस्नु नै छैन ? हामीभन्दा धेरै संख्याका अरूलाई अन्याय गरेर बढी अधिकार लियो भने भोलि अरू सबै मिलेर हामीलाई नखेद्लान् भन्ने के छ ? भोलिपल्ट दाइकहाँ गएको थियो ऊ, र्फकेपछि भन्यो- धामी त थारू होइन रे, हाम्रो जातको बैठक शनिबार टुँडिखेलमा बस्ने भनेको छ । आजसम्म आफू थारू होइन भनेर थाहा नपाएकोमा आफैं छक्क पर्दै थियो ऊ ।
अंग्रेजीमा माष्टर्स पढ्दै गरेका सिरहा घर भएका नागमणि यादवको चिन्ता थियो- कर्मचारी पनि मधेसीमात्रै छन् सिरहामा, यस्तोमा समाज परिवर्तन कसरी हुन्छ ? कुरीतिहरू झन् मौलाएर जान्छन् । आफूखुसी विवाह गर्नेहरूको परिवारसमेत बहिष्कृत भइरहेको समाजमा अब दहेज प्रथा, महिला हिंसा, बोक्सी प्रथाका विरुद्ध उभिन कुनै मधेसीलाई सजिलो हुने छैन ।
अग्राधिकारमा के-के पर्छ कुन्नि, तर दुई कार्यकालसम्म त्यही जातिको मान्छेमात्रै प्रमुख बन्न पाउने प्रस्तावलाई पनि कसरी न्यायपूर्ण भन्ने ? योग्यता र जनमतका आधारमा नभई जातिका आधारमा प्रमुख बन्ने प्रथा जतिसुकै समयका लागि किन नहोस्, राणाले भाइ-भाइमा प्रधानमन्त्रीको रोलक्रम राखेजस्तै भएन ? राजाको छोरो राजाको हकदार भएजस्तै भएन ? पछाडि परेकालाई भरथेग टेवा दिएर योग्य बनाउनेतर्फ लाग्नुपर्नेमा शासनमै तिनको रोलक्रम बाँधिदिने प्रथा कसरी जायज हुन्छ ? म बसिरहेको नेवार जातिको अग्राधिकार हुने भनिएको नेवाः प्रदेशमै पनि नेवारभन्दा बढी अरू जाति बस्छन् । दिनैपर्ने भए यहाँ बस्ने तामाङ, दलित, महिला र कम आम्दानी र पहुँच भएकालाई चाहिने होइन र अग्राधिकार ? नेवार, त्यसमा पनि सहरी नेवार त यतिखेर नेपालमा सबैभन्दा बढी प्रतिव्यक्ति आय भएका मान्छेमा पर्छन्, अरू जातिका तुलनामा तिनको स्वास्थ्य, शिक्षा र अन्य विकास-सूचकहरू निकै माथि छन् भनेर मानव विकास प्रतिवेदनले देखाएको छ ।
१४ प्रदेशको बहुमत पारित खाकामा मगरात, तमुवान, ताम्सालिङ, लिम्बुवान, किरात, थरूहट, मधेस, नेवाः, शेर्पा, जडान भनेर दस जातिविशेषका नाममा प्रदेशको नामाङ्कन गरिएको देखेपछि लाग्यो- १०० भन्दा धेरै जातजाति भएको नेपालमा दस जातिका नाममा प्रदेश नामाङ्कन गर्दा अरू जातजाति चुप लाग्लान् भन्ने कसरी सोचियो ? भोलि प्रदेश नामाङ्कति जातजातिकै पनि थप आकांक्षा पलाउलान् । यतिखेर हकदाबी नगरेपछि आफ्नो थातबास नै मेटिने हो कि भनेर चुप लागेर बसेका शान्त मान्छेहरू पनि चल्बलाउने अवस्था आएको छ । कहाँ पुगेर टुङ्गन्िछ यो क्रम ?
हुन त समितिले संविधानसभामा छलफलनिम्ति पठाउन निषेध गरेको ६ प्रदेशको वैकल्पिक नक्सामा पनि बहस हुनसक्ने प्रशस्त ठाउँ छन् । तर प्रदेशका नाम कुनै जातिविशेषको नराखी कणर्ाली, गण्डकी, सगरमाथा, सिरिजङ्घा, लुम्बिनी र जनकपुर भनेर नदी, हिमाल र ऐतिहासिक महत्त्वका व्यक्ति र स्थलहरूको नाम दिइनु र तुलनात्मक रूपमा प्रदेशहरूको संख्या कम हुनु यसको विशेषता हो । यसले कमसेकम अनावश्यक विवादलाई ठाउँ दिँदैन र प्रदेशको आकारलाई धान्न नसकिने किसिमको हुनबाट रोक्छ । नेपालका प्रायः कुनै पनि भूभागमा कुनै जातिको बहुमत छैन, मिश्रति जनसंख्या छ । माथि उल्लिखित जातीय नाम प्रस्तावित प्रदेशमै पनि यी समुदाय बहुसंख्यामा छैनन् । जडान भनिएको भूभागमा त ती सिला खोज्नुपर्ने अवस्थामा छन्
भनिन्छ । प्रस्तावित जातीय प्रदेशले थेगिखान सकुन् भनेर अन्य जातजातिको बहुसंख्या भएका भागलाई समेत गाभेर बनाइएका ती प्रदेशमा अन्य जातजातिले गुमनाम रहन स्वीकार गर्नुपर्ने कारण के बताउने ?
मिश्रति हुँदै गइरहेका परिवारहरूलाई जातीय नेपालको तस्वीरले दिनखोजेको सन्देश निराशाजनक छ । हाम्रै छोरी अनामिकाले गतसाल क्षत्री परिवारका शुभ्रान्तसँग बिहे गरी । मधेसी फोरमका मित्र शरतसिंह भण्डारीकी छोरी सृष्टिले नेवाः प्रदेशका समर्थक वीरेन्द्रभक्त श्रेष्ठका भतिजासँग इन्गेजमेन्ट गरेकी छ । तनहुँकी बहिनी विमा गुरुङले हाम्रा छिमेकी केसी परिवारसँग बिहे गरेर घर बसाएकी छन् । मेरा मीतबुबा समाजशास्त्री डा. गणेश गुरुङका छोराले नेवार जातिकी कन्यासँग बिहे गरे । साथी सुलोचना मानन्धर र डा. सरोज धितालजीको छोरीको बिहे मगरसँग भएको छ । हाम्रा केटाकेटीले समाजमा स्थापित जातीय विभेदलाई अतिक्रमण गरेर सुरुवात गरेको जातीय सद्भावको यो शृङखलालाई भत्काउन हामी अभिभावक किन उद्यत भइरहेछौं ? एमाले र माओवादी पार्टीभित्रै पनि निकैजनाको अन्तरजातीय विवाह सम्बन्ध छ भन्ने सुनेकी हुँ । मधेसका विजय गच्छदार, जयप्रकाश गुप्ता, राजेन्द्र महतो, हृदयेश त्रिपाठी, जितेन्द्र देव लगायतका नेताहरूले पहाडे श्रीमती बिहे गरेका छन् । परिवारमै क्षेत्रीय-जातीय विभेद मेटाइसकेका यी अगुवाहरूलाई राज्यमा भने जातीय-क्षेत्रीय घाउ बल्झाइरहनु किन परेको हो ? मधेसमा उछालिएको जातीय मुद्दा मधेसवासीको हितमा नभएर मधेसवादी हुँ भन्ने पार्टी र तिनका नेताका लागि बढी हितकर भएको विश्लेषण तुलानारायण साहजस्ता प्रबुद्ध मधेसीले नै गरेका छन् ।
शोषणको मूल आधार जातिसँग भन्दा पनि शक्ति र सत्तासँगको निकटता र त्यसको प्रयोगमा हुन्छ भन्ने कुरा बिर्संदा धेरैमाथि अन्याय हुनेछ । राज्यको केन्द्रीकृत ढाँचाका कारण लामो समय आमनेपालीहरूको राज्यस्रोतसम्मको पहुँचमा अवरोध रह्यो । केन्द्रबाट, स्रोतबाट टाढा बस्ने जनताले आफ्नै नजिकमा राज्य फेला पारुन्, विकासका पूर्वाधार प्रदेशमै बनुन्, स्रोतको खोजी, व्यवस्थापन र वितरण पनि प्रदेशको आवश्यकताअनुसार त्यहींका मान्छेले आफ्नै प्राथमिकतामा आफैं गरुन् भनेर नै हामीलाई प्रदेश चाहिएको हो, राष्ट्रको सन्तुलित र छिटो विकासका लागि हो संघीयता चाहिएको । पहिचानको खोजीमात्र हाम्रा समस्याको समाधान होइन, हामीलाई प्रतिनिधित्व, पहुँच र समृद्धि पनि चाहिएको छ । त्यसमाथि सयभन्दा बढी जाति-समुदाय भएको मुलुकमा कतिका लागि एकल पहिचानमुखी प्रदेश निर्माण गर्न सकिएला ? इतिहास खोस्रेर निरपेक्ष रूपमा जातिविशेषका सन्तानमाथि यतिखेर प्रतिशोध साध्नुभन्दा राज्यको ढाँचालाई न्यायपूर्ण बनाउन प्रयत्न गर्न बढी आवश्यक होइन र ?
धेरै पहाडिया लखेटिएपछिको जनकपुरमा कामका सिलसिलामा जाँदा कृष्ण गिरीको होटेलमा बसेकी थिएँ । परिवार नियोजनको काममा खटिएका पहाडे कार्यकर्ता गाउँभित्र पसेर काम गर्न नसक्ने अवस्था छ भन्थे साथीहरू, ज्यानको जोखिम थियो । गिरीजीको होटेलमा भएको आक्रमण पनि देखेँ । गिरीदाइ होटेल बेच्नुपर्छ कि भन्दै हुनुहुन्थ्यो त्यतिखेर । अनुभव भएथ्यो- पहाडी र मधेसी साथै बसेको पहिलेको जस्तो जीवन्त छैन, यतिखेरको जनकपुर। चहलपहल, आर्थिक गतिविधि शून्य थियो, मान्छेमा उत्साह थिएन, कसैसँग केही सिक्नुपर्ने हतारो थिएन, त्रस्त थिए ती, विकटता र विध्वंस थियो, कहालीलाग्दो गरिबी र अन्धविश्वास थियो । लाग्यो- जातिहरूलाई छुट्याएर राख्तैमा तिनको विकास हुने होइन । भिन्न संस्कृति, सभ्यता, अनुभव, ज्ञान र सीपको आदान-प्रदान अवरुद्ध हुँदा र प्रतिस्पर्धा नहुँदा मान्छेमा रूढता, असहिष्णुता, अल्छीपन प्रोत्साहित हुन्छ, समयक्रममा ती सिमान्तीकृत हुँदै जाने सम्भावना झन् बढेर जान्छ ।
दुःखको कुरो, नागरिकहरू राज्यले न्याय दिन्छ भन्ने कुरामा विश्वास गर्न सकिरहेका छैनन् यतिखेर, उग्र दबाब नदिइकन हुनुपर्ने काम पनि हुँदैन भन्ने सन्देश गएको छ । तात्कालिक सत्तास्वार्थका लागि पार्टीहरू जस्ता प्रस्ताव पनि सहजै स्वीकार गर्छन् भन्ने कुरा मधेस मुद्दाका अवसरमा देखिएकाले बेलैमा मागेन वा अडान लिएन भनेपछि परिएला भन्ने डरले धेरैले जातीय मुद्दा उठाए । सस्तो लोकपि्रयता आर्जन गर्न पार्टीहरूले नहुने कुरालाई पनि हुन्छ भन्दै जाँदा स्थिति अप्ठेरो
बन्यो । नेपालका सबै नागरिकलाई शक्तिशाली बनाउने उद्देश्यले शक्तिको सही बाँडफाँडतर्फ प्रयत्न केन्दि्रत गर्न पथ्र्याे, तर जिम्मेवार पार्टीका सभासद बसेर लामो गृहकार्यपछि प्रस्ताव गरेको जातीय प्रदेशको यो तस्वीरले भने उल्टो मुलुकभित्र मिलेर बसेका जातजातिका बीच विद्वेष र शंकाको वातावरण तयार पारेको छ, मुलुक बाहिर बसेका नेपाली त्यत्तिकै चिन्तित छन् । डा. आलोक बोहराले सुरु गरेको इ-छलफलमा म तिनका पीडा पढ्दैछु ।
----------
करिब तीस वर्षअघि हामी यस ठाउँमा बस्न थाल्दा चक्रपथमा एउटामात्रै पसल थियो । यस भेगको स्वायत्त बजारका एकाधिकार प्राप्त ती पसलेसँग कुनै प्रश्न गर्न मिल्दैनथ्यो, सामानहरू छान्न-छुन पाइँदैनथ्यो । पाउरोटी काटिदिनुस् भन्दा ती र्झकन्थे र भन्थे- लाने भए त्यत्तिकै लैजानुस्, नभए जानोस् । लुरुक्क परेर तिनले जे दिन्छन्, त्यही बोकेर आउँथे । समयक्रममा यहाँ अरू राम्रा पसल खुले, ठूलो पसलको चाप निकै घट्यो, लाग्यो- अब बन्द हुनेछ । साहुजीलाई केही दिन झोक्राएर बसेको देखेँ, त्यसपछि भने उनमा ठूलो परिवर्तन आयो । निकै विनम्र, सहिष्णु बने उनी, पसलका सामानको गुणस्तर निकै उन्नत पारे । विस्तारै-विस्तारै फेरि गुलजार हुन थाल्यो ठूलो पसल, साहुजी बुद्धिमान रहेछन् । यस्तो बुद्धि समय नघर्कंदै हाम्रा अगुवाहरूमा पनि आए सबैको कल्याण हुने थियो ।
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Toilet paper or water?
TPS EAD auto extended to June 2025 or just TPS?
Do nepalese really need TPS?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
कता जादै छ नेपाली समाज ??
Nas and The Bokas: Coming to a Night Club near you
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Tourist Visa - Seeking Suggestions and Guidance
Top 10 Anti-vaxxers Who Got Owned by COVID
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.