[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २३ ~

[Please view other pages to see the rest of the postings. Total posts: 518]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
[VIEWED 157106 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 26 pages, View Last 20 replies.
Posted on 08-20-06 7:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ! चौतारी !! चौतारी !!!





नमस्ते र स्वागत गर्दछु सप्पै चौतारवासीलाइ यो २३ औ चौतारीमा । २२ औ चौतारीमा क्रिष्ण जन्मअष्टमी मनाउनुको साथै कुम्लेको जन्मदिन पनि मनाउन पाइयो । साथै मिसले बनाका मिठा मिठा सेल रोटी पनि खान पाइयो । अब यो नया चौतारीमा त झन के के हुने हो म त त्यसै त्यसै दंग छु । १५-१५ दिनमा बनाउने भनेको चौतारी एकै हप्तामा बनेको देख्दा चौतारीले ठुलो फड्को मारेको हो कि जस्तो लाग्छ ।
फेरी पनि पुन्टे,ग्वाचेका जस्ता कथा, नेपालको छोरो,चित्रे, दिपे,कुम्ले का जस्ता कबिता, बिर्खे, दादाका जस्ता गित, भउतेका जस्ता गफ अनि मिसको जस्ता खाना चौतारीमा छाउदै गरोस ।

सप्पै चौतारीवासी नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे , मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, इश्वर,लाउरे दाई, लुते, नटे, सेर्पिनि, चमेली,लन्लि,रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे फेरी पनि जुटम अनि रमाइलो गरम यो नया चौतारीमा ।
देशमा लोकतन्त्र सितै थुप्रै उतार चढाव आए पनि सप्पैकुराको थान्को लागोस अनि देशमा राम राज्य छाओस । साथै श्रीलंकामा भएको साफ खेलमा सप्पै नेपालीले सुनै सुनको तक्मा ल्याउन । ठ्याक्क भन्दा चित्रेको कबिता जस्तै होस ।


रविका रश्मीले बादलको
घुम्टो उठाई चियाउँदा
सुनौला हिमटाकुरा प्रतिविम्वित
गर्ने शान्त तालहरू देख्दा,


समीरको शीतल वेगले
लहरा पहरा हल्लाउँदा
उन्मुक्त भै उन्मादमा


नाच्ने डाँफे मुनालहरू देख्दा
मलाई लाग्छ मेरो देश
रमणीयताको अनुपम नमूना हो
सौन्दर्यको एक उपमा हो


 
Posted on 08-21-06 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाउते हाम्रा गाउ मा त केटी केटा सपै जान्छ जन्तीमा । जे सुकै होस् म त आउछु तपाईं को जन्तीमा । अनि त्यो रतेउली भनेको चै के हो नि । फेरी म गैन भने जुरेली लाई नरोउ भनेर फकाउने चै क नि ।
 
Posted on 08-21-06 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D गालवले नि कति मज्जाले लेखेका। मिर्जा गालीवबाट गालव नाम राख्या हो कि क्या हो? शव्द नि कति छान्न जान्या हो। :D

पून्टेदाईलाई चैं कसले लगेछ? यसमा फेरी अर्को रहस्य लुक्या छ जस्तो छ। कहिले उद्घाटन होला यसको? ;)

ए भौते, तपाईको बिहेमा म र ठूल्नानी सँगै जन्ती आऔंला, कसो ठूल्नानी? ;) मलाई नि रतेउली भनेको चैं थाहा छैन।
 
Posted on 08-21-06 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कता कता बिहेको जमर्को कस्सि रा’ जस्तो ला’गो। यो अँधेरो कोठाँ क्यारि था’पाम्नि होला? कस्को बिहे हो, कुन्नि? कहिले हो, कुन्नि? रतेउली खेलेको हेर्न र रमईलै हुन्थो के रे। यसपालाँ छुट्ने भो जस्तो छ! मेरी धोबिनीलाई कत्ति नचाम्ने हुन् गामकी अइमईहुरले! अजकलका भाराभुरीलाई था’ नि नहुँदो हो रतेउली के हो। य्हाँट फुत्किन पाए त भन्दिन्थें के रे। कोसिस अर्दा अर्दा हात गोडाँ सब पिल्सि सको, नारन्!

बोली त प्याट्टै निलालेनन् के रे ति गुन्डाहुरले! पक्कै चिनेकै मुन्छेहुर हुन पर्च। फेरि बोलीले छिन्ला भुनेर होला, आवाजै नलिकाली झ्याईंकुटी पारेर य्हाँ फ्याँकेर मरे!

एउटाको त नाक सम्मुन् समात्न भ्या’को थिएँ, तो गोताएँको जस्तै चुचो चुचो थो। अर्काऽ कान समातेथें, गालउको जस्तै ढ्याब्रे थो! हैन, गालउ फर्के कि के हो सहराँट? जुरेलीको के भईच, कुन्नि?

हे, दैव नारन्, क्यारि फुत्किनि हो ह्याँट?


हमममममममममममममममममम्!!!!!!!!!!!
ऊफफफफफफफफफफफफफफफफफफफफफ्!!!!!!!!!!!!!!!
ठससससससससससससससससससस्!!!!!!!!!!!

 
Posted on 08-21-06 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिचर पुन्टे दाइ जन्त जानि बेलामा अन्त गर थन्किएचन । भउतेको भतेर खाने बेलां अब कस्को घुस्सा खान पुगे कुन्नि ?
 
Posted on 08-21-06 7:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-21-06 7:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्को बिहे नि? भौतेदाइ को रे?
ल ल म नि जानि है ठुल्नानि जन्ति ल ।
 
Posted on 08-21-06 7:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-21-06 7:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन के मैले टाँसेको फोटोमा हेरन तिरु ।कस्को हो बिहे था भैहाल्छ नि
 
Posted on 08-21-06 8:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे दाइ, भकारीमा लुकेका हुन्? अराष्टे तत्व भुनेर पुलीस लिन आयो कि क्या हो भन्छु, ०२३ सालाँ.
 
Posted on 08-21-06 8:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारि मा राजा किन नि फेरि?
 
Posted on 08-21-06 8:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मधुपर्क पनि पढ्न पाइने रइच इनटर्नेटां ।
----------------------------------------------------------------------------------------
कृष्णकल्ली

इन्द्रकुमार श्रेष्ठ
हेर हेर हेर जुँगामुठेहरू गफिएका । कृष्णकल्लीले आफ्नो क्याबिनबाटै कर्मचारीहरूलाई हर्ेर्दै दाह्रा किटिन् । मोराहरू ! कामसाम गर्नु छैन, कार्यालयमा तरूणीको कुरा काट्यो - बस्यो । कृष्णकल्लीलाई खपिनसक्नु भयो र उनी उठेर टकटक जुत्ता बजाउँदै हिंडिन् । अनि आफू मातहतका कर्मचारीहरूलाई तर्सर्ाादै एउटा सेल बनाएर पुनः आफ्नै सिटमा आएर बसिन् । हरे ! यो कार्यालयका महिला कर्मचारीहरूलाई पनि के भा' होला । हरेक तर्ीथब्रतमा लोग्नेको दर्ीघायुको काम नगर्दै ब्रत बस्नर्ैपर्छ भन्ने छ र - उस् । अनायासै ओंठ लेप्र्याइन् कृष्णकल्लीले र सोचिन् आफैं कमाउँछन् यिनीहरू र पनि किन सधैँ लोग्ने लोग्ने भनिरहन्छन् - के लोग्ने बिना एक्लो जिन्दगी एक्लै बाँच्न सकिन्न - खै, म त बाँचेकै छु, हाँसेकै छु र जीवनमा केही गरेर खाएकै छु । कृष्णकल्लीले मनमनै गुनिन् । आफ्नो स्वतन्त्रता र स्वाभिमान गुमाएर कसैकी स्वास्नी बन्नुमा त्यस्तोविधि मोह किन जागेको होला महिलाहरूमा । आफ्नो प्रश्नको जवाफ आफैसँग नभएपछि कृष्णकल्ली एकोहोरो घोरिरहिन् । कृष्णकल्लीलाई दिक्क लगिरहृयो- आः म पनि आज कार्यालय नआएकी भए पनि हुने रहेछ । तर दिनभरि घरमा बसेर पनि के गर्नु - नानी स्याहारेर बस्नु - लोग्नेको चाकरी गरेर दिन कटाउनु - लोग्नेको कल्पनाले नै कृष्णकल्लीलाई वाकवाकी लाग्न थाल्छ । छिः छिः छिः यी आइमाईहरू कसरी आजीवन एउटा भुसत्रि्रेको अधीनमा रहेर बस्न सक्छन् - हरे ! कसरी सहन्छन् होलान् यिनले लोग्नेमान्छेको शरीरबाट उठ्ने हृवास्स गन्हाउने गन्धलाई - पसिनालाई - आफ्नो मखमली गालामा बाँसको झ्याङ्गजस्तै देखिने जुँगा र दारीको घोचाई कसरी सहन्छन् होलान् यिनले - आफ्नो स्वतन्त्रता जिन्दगीमा यिनले कसरी सहन्छन् होलान् एउटा जुँगामुठेको दैनिक हस्तक्षेपलाई - कसरी र्समर्पण गर्दाहुन् यिनले एउटा बज्रस्वाँठलाई आफ्नो गुलाफी तन, रेशमी मन । आफू बिछिएर अर्काबाट आफूलाई लुटाउनुमा के कस्तो बुद्धिमता छ - लोग्नेबाट दैनन्दिन लुटिनुमा कस्तो आनन्द प्राप्ति हुन्छ - यो 'लोग्ने' शब्दको स्मरण हुनासाथ कृष्णकल्लीको आङ त्यसैत्यसै जिरिङ्ग हुन्छ । लोग्नेले स्वास्नीमाथि पटक्कैपिच्छे गर्ने व्यभिचारको कल्पनामात्रैले पनि उनको टाउको दुख्न थाल्छ । त्यसैत्यसै विना कारण नै कसैसँग चरचरी बाझ्न मन लाग्छ उनलाई । लोग्ने शब्दले मथिंगल खलबलाएपछि टाउको थिचेर घोरिन्छिन् । कृष्णकल्ली र सोंचिरन्छिन् मनमा उब्जेका प्रश्नहरूको जवाफ । तर जति प्रयत्न गरे पनि कृष्णकल्लीले आफ्नै प्रश्नहरूको पनि जवाफ पाउन सकिनन् । त्यसैले कसो कसो उनलाई पनि एउटा काल्पनिक लोग्ने खेलाउन मन लाग्छ- दुब्लो पातालो शरीर, ओंठमा पानको लाली र आँखामा पावरको चश्मा । तर अहँ ! कृष्णकल्लीको अचेतन मनले भन्छ- लोगने भनेपछि त मौकामा स्वास्नीलाई बोकेर सात समुद्र तर्नसक्ने आँटिलो होस् । नागले जस्तै स्वास्नीलाई बेरोस्, पवनको गतिमा आक्रमण गरोस् र इन्द्रले इन्द्रासनलाई मोह गरेझैं स्वास्नीको प्रेममा आकण्ठ डुब्ने बीरशाली-बलशाली भए पो पति भन्न पनि त्यसलाई सुहाउँछ । कृष्णकल्लीको कल्पनाको लोगनेले तिनलाई मरक्क अँगाल्छ ।

कृष्णकल्ली को कल्पनाको लोग्नेले तिनलाई सरक्क अँगाल्छ । कृष्णकल्ली आत्तिएर झस्किन्छे र हर्ेर्छर्ेेाकचा पिउन् हस्ताक्षर गर्नुपर्ने कागज लिएर उभिएको रहेछ । पाकचाको अगाडि अलि असजिलो अनुभूति हुन्छ कृष्णकल्लीलाई । "पाकचा ! आज पनि श्रीमती कुट्यौ कि कसो -"- कृष्णकल्लीले हस्ताक्षर गर्दै सोधिन् । "काँ हजुर... हैन... हैन...इहिहिहि....।"- पाकचाले ङच्िच गर्दै टाउको कन्यायो । "श्रीमतीलाई कुट्दा तिमीलाई आनन्द आउँछ - तिमीले उसलाई कुट्दा उसले प्रतिकार गर्दिनन् - पुलिसमा रिपोर्ट पनि गर्दिनन् -"- कृष्णकल्लीको प्रश्नको जवाफमा पाकचाले इन्कारमा मुन्टोमात्र हल्लाइरहृयो र हस्ताक्षर भएको कागज लिएर ऊ त्यहाँबाट लुसुक्क गयो । "कस्ती हुतिहारा आइमाई होली....।"- कृष्णकल्ली एक्लै फतफताइरहिन् । पाकचा गएतिर एक निमेषले हेरिरहिन् कृष्णकल्लीले । किन किन उनलाई जुरुक्क उठेर पाकचालाई जमाएर एक लात हान्न मन लाग्यो । यस्तो छुसीले समेत स्वास्नीलाई पिट्ने अरे । अनि स्वास्नीले चाह्रि पिर्टाई खाइरहनुपर्ने - किनकिन कृष्णकल्लीलाई आफ्ना फाँटमा जम्मै जुँगामुठेहरूलाई चप्पलै चप्पलले ठटाउन मन लाग्यो । शर्मछाडा लोग्नेमान्छेको जात । अलिकति मानवीयता र लज्जाबोध नभएको निर्लज्ज संवेदनाहीन लोग्नेहरू । मान्छे भएर कस्तरी यिनले मान्छेलाई नै पशुसरह पिट्न सक्छन् - कृष्णकल्लीलाई पाकचाकी अपरिचित स्वास्नीजस्ता जम्मै स्वास्नी आइमाइहरूसँग पनि रिस उठ्न थाल्छ लाछी आइमाईहरू ! लोग्नेले पिट्न आउँदा उल्टै दर्ुइ थप्पड हान्न नसक्ने, खोरमा लगेर जाक्न नसक्ने कस्ता हुतिहारा आइमाई होलान् । लोग्नेको अत्याचारमा प्रतिकार नगरेर आँसु खसालेर बस्ने स्वास्नीलाई त्यही भएर त यी लोग्ने भनाउँदाहरूले हेप्छन् । आफूले खाएको जुठोपुरो स्वास्नीका लागि छाड्छन् र नुहाउँदा लगाएको भित्रीबस्त्रसमेत स्वास्नीले नै धोओस भन्ने मनसायले स्नानगृहमै छाडेका हुन्छन् । छिः छिः छिः कल्पनाको उडानमै कृष्णकल्ली नाक चेप्र्याउँछिन् । उनलाई अचम्म लाग्छ- हरे ! तैपनि यी स्वास्नी भनाउँदाहरू लोग्नेको जुठोपुरो र भिजेको भित्री वस्त्रमै भुलेका हुन्छन् । कृष्णकल्लीले आफ्नै मन छामेर आफैंलाई भन्छिन् - तर खै मलाई त आजसम्म लोग्नेको चाहना कहिल्यै आएन । स्वतन्त्र आफ्नो जीवनमा के काम यी जुँगामुठेको - के लोग्नेमान्छे विनाको जीवन बाँच्नै सकिन्न त - आखिर लोग्नेमान्छेको शरीरमा त्यस्तोविधि ज्योतिर्मय तत्व के नै छ र ओंठमाथिको जुँगाको मुठाबाहेक - र्सार्वजनिक धाराहरूमा भित्री वस्त्रमात्र लगाएर नुहाउने जुँगामुठे देख्यो कि कृष्णकल्लीको कन्सिरी तात्न थाल्छ । उनीहरूको त्यो रूप देख्नेवित्तिकै कृष्णकल्लीलाई वाकवाकी लाग्न थाल्छ । खाजा खाने छुट्टीको खलबलले कृष्णकल्लीको तन्द्रा खलबलिन्छ । उनलाई आज खाजा खान पटक्कै मन छेन । त्यसैत्यसै वाकवाकी लागेर आइरहेछ उनलाई । तैपनि उनी झलझली पाकचाले श्रीमती कुटेको भयानक दृश्यमा डुबिरहेकी हुन्छिन् । सोफिया, प्रतिमा र नीलिमा नहुँदा कृष्णकल्लीको मन आज कार्यालयमा पटक्कै लागेन । तैपनि विभागीय प्रमुख नन्दकृष्ण लामिछानेलाई हिजोमात्रै उनले भनेकी थिइन्- "म आफूलाई कर्मचारीमात्र ठान्छु, सर । लैंगिकभिन्नताको दृष्टिले पुरुषको दृष्टिमा म आफूलाई कमजोर र असक्षम ठान्दिन र अरुले पनि नठानिदिऊन भन्ने आग्रह गर्दछु । त्यसैले महिलालाई मात्र भनेर दिएको विदामा म घर बस्नै सक्दिन । म अफिस आउँछु र आफ्नो काम गर्छर्ुु" आफ्नै प्रतिध्वनिमा कृष्णकल्लीले जुँगामुठे नन्दकृष्ण लामिछानेलाई देखिन् । जुँगा सम्भिmनेवित्तिकै हुने जुगुप्सावोधलाई लत्याउन उनले प्रतिमालाई सम्भिmन् । अहा ! गुलाफको कोपिलाझैं टमक्क जिए भएकी छरिती केटी । कत्ति हिस्सी परेकी । बोल्दा पनि फूल र मोतीको वषर्ा हुने ।

कृष्णकल्लीलाई एकपटक प्रतिमालाई फोन गरूँ गरूँ लाग्छ । तर हाकिम भएर कारिन्दाको घरमा बिना काम फोन गरिहाल्न पनि उनलाई ठीक लाग्दैन । राम्री त सोफिया र नीलिमा पनि एकभन्दा एक राम्री हुन् । तर ती दुवैको रूपसौर्न्दर्यलाई तिनका जुँगामुठेहरूले बिटुल्याइसकेको हुनाले प्रतिमाको अगाडि ती दुवैको सौर्न्दर्य कृष्णकल्लीलाई फिक्का र अलिनो लाग्छ । अनि उसलाई झोंक चल्छ- जुकाजस्ता ती जुँगामुठे लोग्नेहरूसँग जसले सोफिया र नीलिमाजस्ता अपर्ूव सुन्दरीको सौर्न्दर्यसमेत चुसीचुसी तिनलाई असमयमै सौर्न्दर्यहीन पारिदिए । असत्तीहरू ! जुकाहरू ! सामन्तीहरू ! कृष्णकल्ली मनमनै अपरिचित जुँगामुठेहरूलाई सराप्न थाल्छिन् । "हजुर ! आज अलि चाँडो घर जाउँ कि भनेर ।" पाकचा कृष्णकल्लीको अघिल्तिर ङच्िच गरेर उभिरहेको थियो । "किन, रातीरातीमात्रै कुटेर पुगेन र अब दिउँसै गएर श्रीमती कुट्ने - " - कृष्णकल्लीले जंगिदै सोधिन् । "हैन हजुर जानलाई नै डागदर काँ' लैजाउँ भनेर ।" "भो भो ढाँट्नुपर्दैन । खुरुक्क आफ्नो काम गर्ने । अफिस छुटेपछि जाँ जान मन लाग्छ जाने ।" कृष्णकल्ली फाइलमा डुबेको देखेर एक मनको एउटा पाइलाको चालमा पाकचा बाहिर निस्कियो । फाइल एकातिर पन्छ्याएर कृष्णकल्लीले सोफिया, नीलिमा र प्रतिमालाई नै सम्भिmरहिन् । हरे ! यी तीनवटी नआउँदा नि अफिस नै खल्लो निराश र शून्य हुँदोरहेछ । त्यसमा पनि प्रतिमा नहुँदा त झन यो अफिस भूतबङलाजस्तो पो लाग्दोरहेछ । कृष्णकल्लीको एउटा मनले भन्यो- आः बस चढेर घरै जानुपर्‍यो । यो तनावबाट मुक्ति पनि पाइने, फूल र कोपिलाजस्ता एकभन्दा एक फर्ूर्तिली केटीहरूको संगत पनि पाइने । उनलाई अचम्म लाग्छ- आफू प्रतिमाको हाकिम भए तापनि आफू तिनीसँग झ्याम्मिएकोमा । प्रतिमा पनि हाकिमसँग नलुटपुटिएका त कहाँ हो र - "म्याडम ! यसमा सही गरिदिनुपर्‍यो ।" लेखापालको आवाजले उनी झस्किन् । "पाकचा खोइ त -" "खै' था' भएन' न हजुर । ' "ए, चाँडै घर जान दिएन भनेर रिसाको होला । अँ गोवर्द्धनजी, एउटा निजी प्रश्न गर्छर्ुुै.. ।" "मैले कुरा बुझिन नि हजुर ।" गोवर्द्धन नामधारी डल्ले जुँगामुठे अकमकियो । "मैले कुरा बुझिन नि हजुर ।" "के तपाईंले नि श्रीमती कुट्ने गर्नु भा' छ -" "किन र हजुर...।" गोबर्द्धन नामधारी डल्ले जुँगामुठे कालोनीलो भयो । "यसै सोधेकी, जानुस्, भैगो ।" चिसो पसिनामा डुबिरहेको गोवर्द्धन नामधारीलाई बिदा गरेपछि कृष्णकल्लीले सम्भिmन्-यो डल्ले जुँगामुठे र तोलारामको अनुहार के विधि मिल्या होला । तोलाराम त श्रीमती भनेपछि हुरुक्कै हुन्छ । हुने भए श्रीमतीलाई रसभरिझैं मुखैमा राखुँलाझैं गरिरहेको हुन्छ । के यो डल्ले जुँगामुठेले पनि त्यसै गर्दो होला त - घर पुगेपछि ढोका खोलेर कृष्णकल्ली घरभित्र पसेकीमात्र के थिइन् जीवित चलचित्रसँग उनको साक्षात्कार भयो । तोलाराम र झुमरी ढोकै बन्द नगरी शयनकक्षमा प्रेमालापमा डुविरहेका रहेछन् । थुक्क ! पात्तिएका बेस्र्सर्मीहरू ! भुतभुताउँदै कृष्णकल्ली आफ्नो कोठामा पसेर लुगा फर्ेन थालिन् । कत्तिविधि मात्तिन सकेका होलान् । विवाह गरेको एक वर्षभइसक्दा पनि के नागनागिनिझैं सधैं लठारिन परेको होला । यस्तै सोंच्दासोंच्दै कृष्णकल्लीलाई आफ्नै बुवाआमासँग पनि झोंक चलेर आयो । आफू बस्ने तलामा बहालमा मान्छे नराखों भन्दा मान्ने हैनन् । यी बुढाबुढी । अहिले आफूलाई यस्तो चर्तिकला हर्ेर्नुपर्छ । हातमुख धोएर ऐना अगाडि उभिएर कपाल मिलाउँदै उनले आफ्नो रूपलाई नियाल्दै गुनिन्- झुमरीलाई जस्तै, सोफियालाई जस्तै र नीलिमालाई जस्तै मलाई पनि जीवनमा अँगालोभरिको पोइको रहर किन जागेन - धुतुयमने छोरो खेलाउने मातृत्व र वात्सल्यभाव मेरो छातीमा किन पलाएन - के पोइ शब्दको सहाराबिना नारीको जीवन सधैँ अपुरो नै हुन्छ त - पोई शब्द सम्भिmनासाथ कृष्णकल्लीले तोलाराम र झुमरीलाई सम्भिmन् र नचाहँदा नचाहँदै पनि उनी ती दुवैलाई चियाउन पुगिन् । आम्मै ! उनको तलको श्वास तलै र माथिको श्वास माथि नै रोकियो । उफ ! जुँगामुठेको अत्याचारमा पनि आनन्दको भाव निस्किन्छ र - कृष्णकल्लीलाई बढेको ढुकढुकीले गर्दा मुटु नै फुट्लाझैं भयो । उनी कोठामा आइन् र एक अंखोरा पानी घटाघट पिइन् । नकचरी आइमाई ! कृष्णकल्लीले मुखै फोरेर झुमरीलाई एक्लै गाली गर्दै आफ्नो रिस पोखिन् । उनलाई तोलारामसँग झनै रिस उठ्यो - र्समछाडा जुँगामुठे ! उल्ले के इच्छाको अगाडि मर्यादा र मर्यादाहीनताको विभेद पनि हुँदैन त - कृष्णकल्लीलाई फेरि एकपटक प्रतिमालाई फोन गर्न मन लाग्यो । तर फोन गर्ने हिम्मत भने उनले जुटाउन सकिनन् । उनलाई लाग्यो- प्रतिमा पो आफ्नी तर उनको परिवारले फोन गर्नुको कारण सोधे भने के जवाफ दिनु - कृष्णकल्लीलाई शरीरमा त्यसैत्यसै ताप बढेर आएको अनुभूति भयो ।

हरे ! बेला न कुबेला कतै ज्वरो आएको पो हो कि - आः हैन होला ज्वरो त, बरु खलखल नुहाउनु पो पर्‍यो । शरीरको गर्मी भगाउन कृष्णकल्लीले स्नानगृहमा दर्ुइचार बाल्टिन पानी शरीरमा खन्याइन् तैपनि उनको छातीभित्र दन्केको गर्मीको ज्वाला शान्त भएन । किनकिन पुनः एकपटक तोलारामको कोठामा चियाउन मन लाग्यो । छिः के हर्ेर्नु शर्मछाडा जुँगामुठे मोराहरूलाई । झमक्क रात पर्दानपर्दै कृष्णकल्लीलाई हनहनी ज्वरोले च्याप्यो । बाआमाले आत्तिएर डाक्टरलाई बोलाए । डाक्टरले दिएको औषधीले कृष्णकल्ली नानीझैं लुटुक्क निदाइन । आधारातमा बयलगाडा हिंडेको जस्तो अनौठो आवाज सुनेर उनी ब्युँझिन् । यताउती हर्ेदा र सुन्दा पनि केही नदेखेपछि ढोका खोलेर उनी बाहिर निस्किन् र हठात् उनले तोलारामको कोठा ढप्काइएकोमात्र ढोकाबाट साँझको दृश्यको पर्ूण्ाहुति दृश्य देखिन् । हरे ! बेलैमा पोइ सुमर्ने रहर गरेकी भए के मेरो तोलारानले मलाई पनि यसै गथ्र्यो होला त - छिः छिः छिः उसको मुखबाट उठ्ने चुरोटको गन्ध, रक्सीको गन्ध र शरीरबाट निस्किने पसिनाको दर्ुगन्धलाई के म सहनसक्थे होला त - त्यसमाथि पर्राईको आमाबाबु र आफन्तलाई आफ्नो ठानेर के म घरनोकर्नी बन्न सक्थें हुँला त - अनि एउटा पर्राई जुँगामुठेको खस्रो दाह्री र बाकलो जुँगाको घोंचाई मलाई कहाँ सहृय हुन्थ्यो र ! पर्राई लोगने मान्छेको गन्ध नै मन नपर्ने मलाई, कसरी म एउटा जुँगामुठेको हातमा आफ्नो स्वतन्त्रता र स्वाभिमान सुम्पिन सक्थें र - कृष्णकल्लीले सोंचिन्- जीवनमा स्वतन्त्रता र स्वाभिमान नै आफ्नो भएन भने जीवनको के अर्थ - त्यस्तो जीवनको के महìव - महìवहीन जीवन बाँच्नु भनेको त ज्यँुदै मर्नु हैन र - उफ ! कृष्णकल्ली जहाँको तही थचक्क बसिन् । उनको छातीभित्रबाट फलाम पग्लिएर बाहिर निस्कन खोजेको अनुभूति भयो उनलाई । उनले दह्रो अठोट गरिन्, हैन प्रतिमा ! अब म तिमीलाई फोन गर्दिन । रातको बाह्र बजेर के भो र ! म यही बेला तिमीलाई भेट्न आउँछु, प्रतिमा ! यो मेरो वाचा भयो तिमीलाई ! कृष्णकल्लीले देखिन्- आँधीबेरी आउनका लागि कालो बादल मडारिएको रातमा उनीभने बरण्डामा उभिएर जुन लुकाउने कालो बादललाई हर्ेर्दै उभिरहेकी थिइन् - तर उनको छायाँ भने आफ्नो गन्तव्यमा पुगनका लागि दौडिरहेको थियो । कृष्णकल्लीले बरण्डामा उभिएरै देखिन्- कालो सडकमा दौडिरहेको आफ्नो छायाँलाई केही बेरमै रातको कालो गर्भले गर्भाधान गरिसकेको .... ।
 
Posted on 08-21-06 9:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ब्या अर्नि रे भउते ले??
खै नभए सम्म मलाई त के हो के हो जस्तो लाउछ। बरु कता राखेछन पुन्टे दाईलाई लबस्तराहरुले? आफ्नै दाई हुन, गाम्ले सपैसँअ मिठा मिठा कुरो जो गर्थे। अइले दुनो सोज्याम्न तो दाईलाई लुकाएका??
म खोजेर ल्याम्छु!
 
Posted on 08-21-06 10:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ यो छैटौ कथा पढेँ।

यो कथा चाँहि कस्सम केहि पनि बुझिन। केटा मान्छेले नि केटी मान्छेको मनको कुरा लेख्न सक्छ? असम्भव!! तर लेख्ने शैली चाँहि मान्नु पर्छ। हुन त हो, नत्र कसरी मधुपर्कमा छापिन्थ्यो होला र?

नमेलाई धन्यवाद यहाँ टाँस्नुभएकोमा।
 
Posted on 08-21-06 10:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ कुम्ले!
क्यार्दै छौ? तिमी र म मात्तै हो गाममा आज?

"केटा मान्छेले नि केटी मान्छेको मनको कुरा लेख्न सक्छ?"
खै कतिको नारीभावना पस्कन सक्छन पूरुष लेखकले त्यो त कुनै नारीलाई नै थाहा होला, तर मैले दौलत विक्रम बिष्टको केहि कथाहरु पढ्ने मौका पाएको थिएँ जसमा कथाकार आफैँ नारी बनेर मनको भावना पोखेको भेटेको थिएँ र त्यसले मलाई बिश्वास गर्न बाध्य बनाएको थियो।
 
Posted on 08-21-06 10:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफू नभा' बेलाँ अनेकन कुरो फलाक्दै चौतारिआँ आम्छन गाम्लेहरु, अइले लु भात सात खा'र एउछिन हुक्का तान्दै भलाकुसारी अरम भनेओ कता अन्मरिए सपै??

..हुक्का चिलिमले
कति दिन रुवाउने हो
मया पिरिमले...

 
Posted on 08-21-06 10:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले -- अलि reader friendly हुन खोज्या मात्रै हो। नेपालको केही भेगमा मात्रै सुनिने शब्द लेख्दा अर्थ पनि लेख्दिन नि परो नि! हैन? नत्र पाठकहरु बिचमा नै अड्केलान् भन्ने डर लागेर हो।

यामे र चित्रे -- धन्यवाद बाहेक केही दिन सक्दिन क्यारे!

अनि पुन्टेदाइ कता लागे? अर्को षडयन्त्र रच्न खोज्दैछन् कि हामीबाट भागेर बच्न खोज्दैछन्?

----------------
अनि यो कृष्णकल्लीको कथा पढेपछि --
कल्पना गर्न सक्नु पनि त कला न हो नि!

कथाकारले कृष्णकल्लीजस्तो महिलाले कल्पना गर्न सक्ने कुराहर्को कल्पना गर्या छन्। मान्नै पर्च।

अस्तु:॥
 
Posted on 08-21-06 10:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उसको कुरो पडेर यतिभाँती कुरा अरेओ छ, मलाई देख्या नदेखेइ अर्छ बा!!!
क्यार्दै छौ गालऊ? यो पुन्टे दाईलाई फुकाम्न जाने हैन?
 
Posted on 08-21-06 10:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ है गाम्ले हो! सबै जिम्दै छौ होला के रे?
 
Posted on 08-21-06 10:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्दै छु नि!
एसो हुक्का सुक्का तानुम चाइन्जो बात मारुम भनेओ कसैले नाक मुख देखाम्दैनन गाँठे!
सपै भउतेओ ' हुने हो कि हैन' को ब्या मा हिनेका होलान नि!
 
Posted on 08-21-06 11:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल -- पुन्टे दाइले माथि लेखेको चाहिं मनमनले बोलेका मात्तै हुन्। मन मनले भनेपछि हामीले सुन्न सक्छौं त? उनी गायव भएका चैं पक्का हो, तर नाटक गर्या हो कि के थाहा? जे होस् खोज्न भने जान पर्नी हो। उनको त्यत्रो पटक बिहा भए पनि एउचोटि नि जन्त जान पा' त हैन, तैपनि "जिम्दाको जन्ती, मर्दाको मलामी" भन्चन क्यारे, जाम् न त खोजम्।

खै, भउते चैं टाइसुट किन्नलाई हिनिसक्या हुन् कि! ठुल्नानी चैं सारीको कुरा गर्दै थिइन् क्यारे! सबै बजार लाग्या जस्तो छ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
TPS Re-registration case still pending ..
What are your first memories of when Nepal Television Began?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS Re-registration
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
TPS EAD auto extended to June 2025 or just TPS?
I hope all the fake Nepali refugee get deported
nrn citizenship
Toilet paper or water?
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Mamta kafle bhatt is still missing
ChatSansar.com Naya Nepal Chat
whats wrong living with your parents ?
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters