[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ६०~~

[Please view other pages to see the rest of the postings. Total posts: 620]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE






[VIEWED 201262 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 06-20-07 4:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-६०
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ६० --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 60 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

लौ बसुम यही चौतारीमा




**********************************************************************
हाम्री भान्जी यहिँ बस्छिन् है यसपालीपनि

**********************************************************************






पोहर साल माइली ताक्दा, पुन्टेदाइले ढुंगा हाने
त्यहि साल साइँली ताकेँ, त्यै पुन्टेले टुप्पी ताने
यस्पाली त कान्छी ताक्छु, पुन्टे-दाले के के तान्नी हो

{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}

सास फेरें जस्तो लाग्छ, तर भन्छन् मरि सकिस
साली अब नताक् भउते जति गर्नु गरी सकिस्
सलहको भाग्य मेरो, बिहे गर्ने ठेगान छैन
खप्पर फुटे जोड्थें बरु तर मन के ले जोड्ने हो?

{{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}}


गोरी के हो काली के हो, पुन्टे-दा को साली के हो
हुन्न कि त भउते तेरो, घर्जम् यसपाली के हो?
चिल्लो तालु फोर्नी के हो, गुइँठे खप्पर भोर्नी के हो
खुट्टा भाँचे जोड्थेँ बरु तर पिरिम जोड्ने के ले हो?

{{{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}}}


पोहर साल माइली ताक्दा, पुन्टेदाइले ढुंगा हाने
त्यहि साल साइँली ताकेँ, त्यै पुन्टेले टुप्पी ताने
यस्पाली त कान्छी ताक्छु, पुन्टे-दाले के के तान्नी हो







 
Posted on 06-21-07 5:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मादल सादलको कुरो छोडम् के रे, केटा हो। तालुआँ तबला, र भुँडीआँ ढोलक कस्तो होला? खरि दलेर राखुम्? ;)
 
Posted on 06-21-07 5:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चना दाइले अब काँ'ट मेरो भुँडी बजाम्ने कुरा गर्छन्, भुँडी भे पो बज्छ त, दिनम सधैं दुई दुई घण्टा फलाम उचाल्ने मान्छेको भुँडी हैन पाखुरा बजाउने भे चाँही मजाले बज्छ होला ;)
 
Posted on 06-21-07 6:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भुँडिआँ ढोलक बजाउन त अलि डेन्जर हुन्छ भो, तालुआँ खरी दलेर मजा"ले घाममा सुकाइराखे चै हुन्थो के रे ।
 
Posted on 06-21-07 6:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन ए यो काम नपा' मान्छेहुर किन फलाम सलाम उचाल्छन ? अस्ति कइले हो पुण्टे दा' नि फलाम उचाल्या कुरा अर्दै थे के रे ।
 
Posted on 06-21-07 6:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठिकै हो पुन्टे दाइ ! असलि मदलको रमझम त निकै गरिसके सबैले ! यस्तो मौका त पुन्टे दाइको तालु र भुँडि ठटाउननै मज्जा आउछ होला
 
Posted on 06-21-07 6:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेसो भे पोनिटेल बाँधेको कपाल खौरेर टक्लु बन्नु परो, बरु खरि पो काँ पाम्छ होला?
 
Posted on 06-21-07 6:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचेको ईन्टेन्शन त के हो, खै। म चईं भउते आएसि निमोठुम्ला भुनेर उचालि रा' हो के रे फलाम।

मेरो भुँडी र तालु बजाम्ने कुरा अरेसि त दुर्गी माताको नाकै रन्केर राऽऽऽऽऽऽऽऽऽऽऽतो भ'च। तो नाक नि निचोर्दा मादल संग संगै पें पें अर्नि सनईको आवाज निक्ले हो कि? :p
 
Posted on 06-21-07 6:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पेट सुकेको, पाखुरा फुल्लेको, पोनि टेल बाँधेको...ए रात्तै! चौतारिआँ नि गुन्डा पसे जस्तो लाओ। गुहार! गुहार!!!!
 
Posted on 06-21-07 6:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले चाँही यस्तै दोहोरी सोहोरी चल्दा मादल नभए साथीहरुले भुँडी ठटाउलान भनेर भुँडि सुकाएर पाखुरा फुलाएको।
 
Posted on 06-21-07 6:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



म त पुन्टेदा'को तालु चिर्पटले बजाउनी हो। अनि त ट्याम्को जस्तै सुनिदो हो।
लु लु, वरीपरीकाले पनि बेबस्था मिलाउँदै अरम। पुन्टेदाइकाँ चौतारी जमघट अर्न परो।


 
Posted on 06-21-07 6:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहाहा पेट सुका'को गुण्डा हुन्छ कि क्या हो, तालु टल्केको भुँडी फुलेको पो गुण्डा हुन्छ त। म पनि गुहार! गुहार!!!!
 
Posted on 06-21-07 6:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भौते गुरु धोsssकेबाज!
 
Posted on 06-21-07 6:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिर्पट त काँर पाई र, भउते, बरु तेस्तै रहर छ भुने चोपिस्टिक दिम्ला! ट्याम्कुली बजाम्दै तेसैले म:म: खानि!

पोनि टेल बाँध्ने त गुन्डा नभए छक्कै हुन पर्च! :p लु, एउटा रोजम् आफैंले।

फुल्लेको पाखुराले हान्नि भो अब ग्वाँचेले। म त भागें! :D
 
Posted on 06-21-07 6:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धोकेsssबाज रे !
 
निशान्त
Posted on 06-21-07 6:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँSSSच! पुन्टे सुड्डाककोमा अड्डा बनाएर मस्ति गर्ने प्लान भैराकोरैछन्तनि!
आम्मामामा.... ग्वाँचे सोम फिरि आर्म्स सार्मस बनाएर हरिप भएर आएछन्त!
सबको मस्ति रैछ हौ!
ओ पुन्टे सुड्डा मोलाई नबोलाउने? मो पनि त सिङ्गल रेडि टु मिङ्गल छ नि हौ! आबो हेर्दा पनि बबाsssल ह्यान्सि छु! मो नि त्यहाँ गाना साना गाउँछ नि हौ! अनि फिरि कोइ झारपातले दायाँ बायाँ गर्नु थाल्यो भने फिरि सुड्डाले फ्रिमा बाउन्सर पाउँछ त हौ! के छ बिचार?
 
Posted on 06-21-07 6:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बोलि सुन्दै जिब्रो बाउन्स बाउन्स भा'को जस्तो बाउन्सर के काम हाम्लाई? :p
 
Posted on 06-21-07 6:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आपुइ के भनेको पुन्टे दाले ! मेरो नाक निचोर्नेरे !!!!!! निचोर्न त मरे मिल्दैन हो आफ्नो त नाकै सानो
 
निशान्त
Posted on 06-21-07 6:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल
आबो जिब्रो त हैन सुड्डा होल बडि नै बाउन्स छ मेरो त फिरि, बाउन्सिङ बडि! :)
फिरि के बाउन्सिङ बडि दिने होला सुड्डाले खित् खित् खित्....मेनटेन गरेर बनाएर राखेको भनेको हौ!:)
 
Posted on 06-21-07 6:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जति सानो, उति तिखो पें पें पें पें! अनि त गजबको दमाई गीत गाईदिन्थिम् हामी नि। :p
 
Posted on 06-21-07 6:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् है।
आब्बो, निशपाट् नि झुल्के छ। अब भउते जस्तो लिखुरेबाट त साली जोगाउन पून्टेदालाई हम्मे हम्मे परेको बेला अब भुसतिघ्रे निशपाटलाई कसरि सम्हाल्ने? नाराण, समझ मा कुछ् भि आएन।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Travel Document for TPS (approved)
To Sajha admin
MAGA and all how do you feel about Trumps cabinet pick?
All the Qatar ailines from Nepal canceled to USA
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters