" तीम्रो म अब कसरी बीश्वास गर्न सक्छु? एत्रो दुई बर्ष सम्मा सँगइ बस्द एस्तो महत्तोपूर्ण कुरा मबाट लुकाएु! तीमीलाई थाहा थीयोनी मलाई झूट र झूट बोल्ने देखेर कती घ्रीणा छ" तीमी एउटा अन्तर्घाती हौ, मलाई यो संसार म एक्लै छोड्नु थीयो भने कीन बोलायको यहाँ, म मेरै अवस्थामा ठीक थीय, खुशी थीए, सन्तस्ट थीय। आखीर कीन?" म आफ्नो कन्ठ अबरुद्ध पार्दै, उनी सँग जबाफ माग्दा, उनी भन्दै थीइन " बाबा, एती कुराले हाम्रो सम्बन्ध सकीयो? म तीमीबाट टाढा भए? सबै सपना हरु चक्नचुर भए?" उनी पनि रोये जस्तो भान हुँदै थीयो, तर मलाई छोएन अह कती पनि छोएन उन्का शब्दहरुले। म एकोहोरो बर्बरौदै थीए, मलाई आकाश खसेको आभास भएको थीयो। मलाई लाग्यो मेरो सपना चक्नचुर भयो। म करौदै प्रतीप्रश्न गर्दै थीय " तीमीले कसरी सोचेउ, यती भएपछी पनि म तीमीलाई अगालने छु? म बरु म एक्लै बाच्ने छु तर, तीमी सँग बसेर पल्-प्रतिपल मर्ने छैन।"
अह उन्को केही सीप लागेन मेरो अगाडि। उन्को अनुनय-बीनय को सट्टा उनी माथी लन्छना, दोसरोपन गरी रहे मैले।
एसरी ओरालो लागेको थीयो हाम्रो सम्बन्ध। मलाई मेरो गल्ती को आभास नभएको हैन। भोली पल्टै जती बेला उन्ले मसँग बोल्न छोडीन, एक कीसीम्को रीक्तता ले सतौन थालिसकेको थीयो मलाई। हामी गफ गर्न पनि थालेउ, हाम्रो सम्बन्ध लाई अगी बढाउने कोशीस नगरेको पनि हैन। तर परिस्थिती भीन्न थीयो। हाम्रो सम्बन्धमा एउटा सीमान्कन भएको थीयो। हामीले एक्-अर्का प्रतिको अधीकार तेसै दीन गुमाएउ। अब हामी कुनै पनि परिस्थिती मा एक अर्काको हुन सक्थेनौ। म सँग जीबन बीताउन अब उस्ले सदाका लागी परीवार लाई त्यग्नु पर्ने भयो। जुन सम्भब नै थीएन। मलाई जे हुँदै थीयो सबै अस्वभाबिक लागी रहेको थीयो। म कसरी कल्पना पनि गर्न सक्थे उनी कसैको आलिग्नमा हुनेछीन। मेरो स्पर्समा, गाला राता बनाएर शर्माउने उनी अरु कसैको स्पर्स बाट सन्तुस्ट भएको म कसरी कल्पना गर्न सक्थे? तर मैले माने पनि नमाने पनि उनी तयार भइन। उनीले स्पस्ट भनीन मसँग जीबन बितौनु भन्दा उनी बरु एक्लै बाच्ने छीन।
समाधान नीस्किएन हाम्रो सम्बन्धको। एक्पल, एक छ्ढ थीएन मैले उन्लाई याद नगरेको। एस्तो आभस हुन थालयो कि मसँग मेरो सरीर त छ, तर मेरो दीमाग ,मुटु, केही छैन। म एउटा जिउदो लास मात्रै हुँ। न काम म ध्यान छ न खनमा। आसु सुके अनी बघ्न पनि छोडे। म जिन्दगी म परजीत हुने क्रम सुरु भयो। म समयएको भेल सँगइ हुत्तिदै हिंड्न थाले। म सँग निर्णय छमता छीण हुँदै गयो। आज म जीन्दगी को अन्तिम लडाईं लद्धै छु। म मृत्युसय्यमा मृत्युको प्रतिक्षामा छु । हैन, नानु मैले जीवन सँग आत्मा समर्पन गरेको हैन, मैले त सम्भव लडेको हुँ। तीमी थीएउ नि मसङै मेरो मस्तिस्कमा। म एक्पल पनि एक्लै भएेन, तीम्रो याद हरुले मलाई पल पल बचेँए राखेको थियो।
दीन बीतयो, महीना बीत्यो। मेरो स्थीती उस्तै थीयो। तीम्रो बीछोड्मा पागल
सारी बरालिँदाइ हीडेको थीए। साझामा आएर आफुलाई भुलाउने असफल प्रयास गरे,
साथीहरु बढाउदै थीय तर अह तीम्रो स्थान कसैले लीन सकेन। तीमीलाई भुल्न
मैले फेरी कसैलाई मेरो जीन्दगी सुम्पनु पर्ने थीयो। तर मैले तेसो गर्न
सकीन। सोचे, यो रीत्तो जीन्दगी बाट के खुशी को आसा गर्ने उस्ले। जबकी मलाई
थाहा छ म तीमी बाहेक अरु कसैको हुन सक्तीन, फेरी कीन म कसैको जीन्दगी सँग
असफल परिक्ष्ण गर्ने। मेरो नसा-रगत मा तीमी छौ अनी उस्लाई कहाँ राख्ने?
मैले धेरै सोचे, म तीमी बाहेक अरुको हुन सक्तीन। म दक्षिणकाली देखी
कोरीएको कथालाई बीच बाटो मा एतीकै बीसर्जन गर्न सक्तीन। मैले एक्लै भये
पनि यो कथालाई अन्त्य सम्मा पुरौने जमर्को गरे।
म
कुन पीडामा छु, कसरी बाची रहेछु तीमीलाई थाहा दीन चाँहीन। सक्छौ भने मलाई
माफ गर है नानु, पछील्लो समय मा मैले तीमी प्रती जुन बीस बमन गरे त्यो
मेरो बाध्यता थीयो। तीमीलाई थप पीडा दिनु मेरो उदेस्य किन्चित थीएन।
तीम्रो छट्पटी लाई बाहेक कसैले बुझ्न सक्तैन। तीम्रो पुनर्बीबहको तयारी
हुँदा म खुशी पक्कै थीइन, शायद तीमी पनि।
अह मैले तीमीलाई संपर्क
गर्न पक्कै चहेको थीन। तर जब हप्ता दीन सम्मा टाउको दुखेर जचौन जादा थाहा
पाय मलाई ब्रैन टुमोर भएको छ, मैले आफुलाई रोक्न सकीन। को छ यहाँ मेरो,
आखीर तीमीनै त हो जस्तो लाग्यो। कतै कुनै दीन तीमीलाई मेरो सम्झना आएर
मलाई संपर्क गर्छौ कि भन्ने सोचेर मैले आफ्नो फोन न पनि पर्बर्तन गरेको
थीए। म चाहन्थे तीमीलाई मलाई भुल्न सजीलो होस्।
आज थाहा पाये म
कती गलत थीय, मैले सोचे तीमीपनी म जस्ताइ पीडा बाट गुजिरहेकी छौ। म कदापी
फोन गर्ने थीन, एदी मलाई रत्तिभर हेक्क हुन्थ्योकी आज तीम्रो बिहेको दीन
हो भनेर। म असिहीए पीडामा थीए, मैले कसैलाई भन्न सकेको थीन। तीमीले भनेउ
कि म तीमेलाई खुशी देख्न चाहनन, म स्वर्थी छु तेही भएर म बिरामी भएको कुरा
सुनाएर तीम्रो बीहे लाई खल्लो बनाउन चाहन्छु। त्यस्तो हैन नानु, म
वास्तवमै मर्दै छु, र एस्मा तीम्रो कुनै दोस छैन र तीमिलाई ग्लानी महसुस
गराउने मेरो उदेश्य पनि होइन। म त केबल एक्चोटी तीमीसँग माफि माग्न
चाहन्थे हाम्रो जीवन एस्तो बनाएकोमा। र थाहा छ आज तीम्रो बीहे हुँदै
गरेकोमा म खुशी छु, खुशी एस अर्थमा पनि चुकी शायद भगवानलाई थाहा थीयो म
चाडै मर्दै छु तेही भएर तीम्रो खुशी बचै राख्न तीम्रो र मेरो सम्बन्धमा
तुसरपात भयो होल। जे भएनी तीमी सधैं खुशी रहनु।
जन्मा जन्मान्तर को श्रीमान श्रीमतीको सम्बन्धलाई क्षण भर मै टुक्रा टुक्रा पार्ने आखिर के त्यस्तो कारण (झूट) थियो र नारायण जी? वास्तविक जीवनमा कसैको यस्तो नहोस् ! मार्मिक रचना पस्कनु भयो ! धन्यवाद
हैन हउ के साह्रो मन नै कुटुक्क खाने कुरा लेखेको हो ज्वाईँसा'पले। काल्पनिक कथा नै सम्झिदा नि कस्तो कस्तो मन भारी भएर आयो। केही सत्यता नि लुकेको त छैन होला नि हगि !
हजुरको कथा पढेपछि मैले त यो गीत खोजेर एकफेर सुनेँ।
अर्को मन छुने प्रस्तुती रहेछ। राम्रो लाग्यो। नरमाइलो पनि लाग्यो। कथा काल्पनिक नै हुन पनि सक्छ तर जुन सुकै सम्बन्ध पनि टुट्दा कतै न कतै मन दुख्छ, झन तेसमा पनि जस्लाई सबै भन्दा नजिक को ठानिन्छ उ नै टाढिदाको पिडा त असहिय नै हुन्छ होला।
hey ! ur story is heart touching yar... can't believe ki my eyes are full of tears....hope, at least the last part is NOT true..
कथाको केही शब्दहरुले केही वास्तविकता बोलेको छर्लङ्गै हुन्छ। जे सुकै भएपनि रातसँग कहिले नडराउनु/नआत्तिनु मीत्र, यसको अन्त्य सधैँ सुन्दर बिहानीको आगमन सँग हुन्छ।
.....तिमीलाई भुल्न मैले फेरि कसैलाई मेरो जीन्दगी सुम्पनु पर्ने थियो। तर मैले तेसो गर्न सकिन। सोचेँ, यो रित्तो जीन्दगी बाट के खुशी को आशा गर्ने उस्ले। जबकि मलाई थाहा छ म तिमी बाहेक अरु कसैको हुन सक्तिन, फेरि किन म कसैको जीन्दगी सँग असफल परिक्षण गर्ने। .......
>>>हैन, नानु मैले जीवन सँग आत्मसमर्पण गरेको हैन, मैले त सम्भव लडेको हुँ। तीमी थीएउ नि म सङै मेरो मस्तिस्कमा । म एक्पल पनि एक्लै भईन, तीम्रो यादहरुले मलाई पल पल बचाइ राखेको थियो। <<<
रीट्ठे गीत को लागि धन्यवाद। मेरा शब्दहरु रुचाइ दिनु भो, आभारी भय। प्रोत्साहनको लागि धन्यवाद।
भउते जेठान,
गीत को लागि धन्यवाद। मेरो भावनाको कदर गरीदिनु भएकोमा आभारी छु। प्रोत्साहनको लागि धन्यवाद। के गर्नु कती पय कुर तीतो भये पनि सत्य हुने रहेछ।
दीपीक जीयु, तपाईंको मन छोयो भन्नु भन्नु भो खुशी लाग्यो। बीतेको कुरा अब परिवर्तन नहुने कथा मात्रै मने मन खल्लो हुन्थेन कि!
सोमे तपाईंको मन छोयो भन्नु भन्नु भो खुशी लाग्यो।
मास्टर्नी जीयु मेरो दु:ख बाडीदिनु भएको मा धन्यवाद।
जगटाधारी जीयु तपाईंको तारीफ को हकदार छु कि छैन थाहा भएन तर मेरो भावनाको कदर गरिदिनु भएकोमा आभारी छु।
himalaya178 खै कस्लाई भन्नु भयो? म त रामपुर को परीन। तरपनी रामपुरको बारेमा थाहा चै छ। कथा पढि दिनी भयकोमा धन्यवाद।
चीत्रे सधैं तपाईंको प्रोत्सहनको प्रतिक्षा म हुने छु। समय निकली दिनु भो धन्यवाद।
अन्य सम्पूर्ण पाठक हरुलाई साधुबाद।
छमा चाहन्छु, दु:खद घटना पस्केको मा तर यो मेरो नानु सँग अन्तीम पटक माफि माग्ने प्रयास थीयो। तपाईं हरु को शब्दले उन्को मन छोयो र मलाई माफ गरीन भन्ने सोचेको छु।
>>>हैन,
नानु मैले जीवन सँग आत्मसमर्पण गरेको हैन, मैले त सम्भव लडेको हुँ। तीमी
थीएउ नि म सङै मेरो मस्तिस्कमा । म एक्पल पनि एक्लै भईन, तीम्रो यादहरुले
मलाई पल पल बचाइ राखेको थियो। <<< मलाई पनि यो भावना बिशेष लाग्यो ।
फेरि पढें।।।। निकै बेर घोरिए । मन गह्रौ भयो ।।
लेख्दै गर्नु होला । दु:ख, सुख पोख्दै गर्नु होला।।।
MAGA and all how do you feel about Trumps cabinet pick?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.