[VIEWED 21816
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 04-25-08 7:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
होली आउन झन्डै एक हप्तानै जस्तो बाँकीथ्यो काठमाडौं मा फुच्छे हरुलाई कस्ले छोइसक्नु। कहिले स्कुलबाट घर पुगौला र छतमा बसेर लोला हानौला भनेर जुर्मुरिन्थे। हामीहरुलाई घरबाट स्कुल, स्कुलबाट घर गर्न धरी धौ धौ हुने गरेर। त्यस्तो बेलामा पूजा आइपुगी डिल्लिबजारको सिद्धी पोलिक्लिनिक जाउँ भन्दै। उस्को मुखमा पिम्पल्स आयो रे, डक्टर बिमला ओझालाई देखाउनु पर्यो भन्दै। हुन पनी जुन नयाँ क्रिम बजारमा आयो त्यही दल्नु पर्थ्यो त्यस्लाई, कुन चै उस्को छालामा सुट गरेन होला दुई चार वोटा दाना त गालामा देखा परीहालेछन। "अहिले पर्या छैन, होली पछी जाउँला" भनेको के मान्थी? "त्यतिन्जेल कुर्यो भनेत मुखमा तिलको दाना राख्ने ठाउँ पनि हुँदैन पिम्पल्स ले ढाकेर" भन्न थालि। आउन पनि दुई दिनमा दुई चार वोटा आएछ दुइटै गालामा। कहिले त्यस्को मुखमा पहिले पिम्पल्स देखेको थिइन त्यसले धेरै नाइ पनि भन्न सकिन। "हेर् यो होलिको बेलामा म हिंडेर त मरे काटे पनि जान्न, ट्यक्सी अथवा ट्याम्पोमा लाने भए मात्र जान्छु"--मैले पनि पाएको बेलामा अड्को थापी हाले। उ झन के काम थि र? "ल हुन्छ तर तँ चै म: म: ख्वा है त" भनिहाली। अब उस्ले साधनको कुरामा हुन्छ भनेपछी मैले कसरी ख्वाउने कुरामा हुन्न भन्नु, फेरी भोली आफुलाई केही पर्यो भने चाहिने उही हो, अहिले बाँउठेर के गर्नु? हुन्छ भन्न पारीहाल्यो।
दुइजान को मिलोमत्तो मै जाने त भयौ तर घरमा के भन्ने? आमाले त "यस्तो होली को बेलामा पर्दैन" भन्ने सम्भावना धेरै थ्यो तेसैले पूजालाई पठाएँ पहिले आमाको कोठामा। उस्लाई देख्ने बित्तिकै आमाले भनिहाल्नु भयो--- "लौ के भ को छोरी अनुहारमा?, कस्तो भररर पिम्पल्स आएछ, तिमीहरु पानी धेरै खाँदैनौ त्यही भएर हो"। आमाले त्यती भन्ने बित्तिकै कुरा अगाडि बढाउन सजिलो भईहाल्यो। पूजाले हत्तपत्त भनिहाली "हो भन्या आमा, एक्कासी आयो, त्यही भएर दिपिका र म अहिले सिद्धी पोलिक्लिनिक जान ला"। आमाले मलाई पुलुक्क हेर्नुभयो। मैले पनि थपिहालेँ , आमाले केही भन्नु अगाडि नै ---"एकदम दुखिराछ रे, त्यसैले अहिले जाउँ भन्छे", "यस्तो होलिको बेलामा..." आमाको मुख बाट शब्द खस्न नपाई पूजाले टिपिहालि--"होइन आमा, टेम्पो मै जाने हो, केही हुँदैन, म पनि त्यसरी नै आएको हो अहिले"। पूजाको अनुहार देखेर आमाले धेरै केही भन्नु भएन, त्यही मौका पारेर म: म: खाने पैसा पनि आमा सँगै उठाएँ।
बाहिर हेरेको त एउटा टेम्पो ट्यक्सी केही छैन। त्यही भएर पो उस्ले एक्कै चोटि मा हुन्छ भनेको रहिछे। आफ्नो टोल सम्म त केही थे न, त्यहा बाट बहिर निस्के पछी पो आपत। जुन घरको छत मा मान्छे देखे पनि सात्तो जाने, कती खेर लोला बर्सिने हो भनेर। पूजा त साधनाको केही कुरै गर्दिन बा। उ त झन वस्ता नगरि फटाफट अगाडि हिड्छे। "पुजे टेम्पो खोज भन्या" भनेको त "देखिनस एउटा केही छैन, कहाँ बाट खोज्नु, हिंड्न चुप लागेर जता पाईन्छ त्यतै चडौला" भन्दै खोज्न त एक थोपा पनि प्रयास धरी गर्दिन। उल्टो मलाई "म:म: खाएर जाने कि आउँदा खाने?" भनेर सोध्छे। "तैले हिडार लग्ने हो भने त म पनि सक्दिन तँलाई म: म: ख्वाउन"--मलाई पनि झोक्कै चल्यो। "ह्या कहिले त हिड्न पनि मज्जा आउछ के, अत्ति गन् गन् पनि नगर्न"--उल्टो मैले पो गन् गन् गरेँ रे। "तँलाइ त्यो हिड्न मज्जा होइन, सिधै भन्न पैसा जोगाको भनेर, किन बहाना बनाउछेस"---हुन पनि तेस्ले त्यहि नै गरेकि हो। पकेट खर्च जति भएपनि नपुग्ने उसैलाइ। बजारमा आएका जती लुगा सबै उसैलाई चहिने। फेरी एकजना सँग घुम्न जाँदा एकचोटि लगाएको लुगा अर्को चोटि नहुने, आफ्नो मात्र नभएर मेरो धरी केही बाँकी राखेकी थिन। एकचोटि त बाबाले कुन चै को बाइक को पछाडि बसेकी, मेरै लुगा लागाकी थि, देखेर मै हो कि भन्ठान्नु भएछ, घर आइपुग्ने बित्तिक्कै आमालाई खोइ छोरी भन्न थाल्नु भएछ। धन्न म घरमै थेँ त्यो दिन।
आखिर यस्ले हिडाएर नै लाने भई भन्दै, फेरी कतै बाट लोला पो आउने हो कि भन्दै गैराथ्यौ, टाढा बाट एउटा साइकलमा दुइटा केटाहरु हामीतिरै हान्निदै आए। पूजा र म आत्तिसकेका थ्यौ, झन तिनिहरु त नजिकै आएपछी त "हान हान हान" भन्न थाले, मैले दुइटै हात्ले टाउको छोपे अनी आँखा चिम्म गरेर कता तिर लोला बज्र्यो भनेको त, के को हुनु? तर्साएको मात्रै रहेछन, उल्टो "कठै बरा बहिनिहरु त कस्तो तर्सेको" भन्दै हाँस्दै पो गए। पूजा चै मान्छे कहाँ पुगिसकेपछी "बुझिस् तिनिहरुले हानेको भए बङ्गारा झारिदिन्थे" रे। फेरी मेरो भन्दा अगाडि उस्कै आँखा बन्द भईसकेका थे।
धन्न एकथोपा पनि पानी नछ्यप्पिकन पुग्यौ। उस्को check up को पालो आयो। दुबै जन भित्रै गयौ। डक्टरले यता उता हेरेको जस्तो गरेर औषधी दिइन र १ हप्ता पछी आउ भनेर पठाइन। २० मिनेट जतिमा सबै सिद्धियो। बाहिर निस्केपछी त के भन्छे--" यो डक्टर्हरु सबै झूर छन बुझिस्, राम्रो सँग हेरेको पनि छैन अर्को हप्ता आउ रे, सबै पैसा खाने बहाना हो अरु केही होइन"। "अनी भित्र चै केही भनिनस् अहिले के खान म सँग पड्किरा नि"-- मैले भने। हुन पनि हो, भित्र चै जे भने पनि Ok Doctor, Ok Doctor भनिरही अहिले तात्तो न छारो सँग म सित पो सन्किन्छे। "यो डक्टर भएन बुझिस् N. K. Singh काँ जानु पर्यो Ohm Nursing Home मा "-- उ भुत्भुताइदै थि मैले सुनेको नसुनेकै गरिदिएँ । फेरी केही सोध्यो भने हिड जाउ Ohm Nursing Home भन्ली भन्ने डर।
आउने बेलामा त नपाएको साधन जाने बेलामा के पाउला र? मैले आश मारिसकेको थे। झन पूजा त खुशी भईराथी। फुटेको बलुन र भिजेको भुई देख्दा चै मन झर्सँग झर्सँग हुने, कोही कतै लुकी पो राखेकाछन कि जस्तो लाग्ने। पूजा चै "ह्या किन डराइरा? यो ज्ञानेश्वोर त आफ्नै एरिया त हो नि" भन्दै थि। उस्को माइजुको को पनि मामाहरु छन क्यारे त्यो एरिया मा उस्ले पुरै ज्ञानेश्वोर नै आफ्नै भन्दी। "तलाई घरका त कसैले चिन्दैनन् होला अब सबै एरियानै आफ्नै भन्"--म जिस्किदै थे, " अरुले किन चिन्नु पर्यो र? माइजुको भाईले चिनिहाल्छनी" --हाँस्दै कता को कुरा कता लगेर जोडी।"धेरै नहास है अहिले रुनु पर्ला"--म भन्दै थें, एउटा फुच्चे त पछाडि बाट आएर ड्याम्म पूजाको ढाडमा लोलाले हानेर दौड्यो। पूजा "ऐया" भन्दै पछाडि फर्केकी थि, बलुन त फुटेन छ। भुइमै गूड्इराथ्यो, उस्ले त त्यही टिपेर फुच्चेलाई लखट्दै गई। मैले केही भन्नै पाएको छैन, फुच्चे अघी अघी कराउदै गल्ली तिर लाग्यो, पूजा पछी पछी लखेट्दै गल्ली तिरै गई। अब त्यो फुच्चे पो आफ्नो घर तिर भागेको होला, पूजा बुझ्नु न सुझ्नु सँग चिन्नु न जान्नु को गल्ली मा छिरी। मलाई आपत, गल्ली भित्र छिर्ने कि बाहिर कुर्ने जस्तो।
गल्ली मा जाउँ कि नजाउँ भन्दै दुई पाइला अघी सार्दै फेरी पछी हट्दै त्यो आइहालेनी हुन्थ्यो भन्दै बसिराथे, एउटा झन्डै बाबाको उमेरको जस्तो पसले दाई प्याच्च कराउनु भयो। "यो होलीको बेलामा केटीहरु किन यता उता गरिरा होलान, खुरुक्क घरमा नबसेर, चखला र मखला मलाई कस्ले देखला जसरि"। "काम परेर त निस्केको नी नत्र कस्ले सिकाइरहनु पर्थ्यो र? होलिको बेलामा बाहिर ननीस्किनु भनेर", मुख सम्म आइसकेको जवाफ पनि फर्काएर पेटमै पुर्याए, बेक्कार त्यो बाटोमा बसेर के पसले सँग झगडा गर्नु भनेर।
पसले दङ्ग पर्दै रमिता हेर्दै थिए क्या रे, पूजा निस्कि गल्लि बाट भिजेको बिरालो जसरी। एउटा झन्डै गुच्चा जत्रो तेही पनि एकचोटि हान्दा नफुटेको लोला लिएर फुच्चेलाई लखेट्ने भएकी थि, फुच्चेका घरको मान्छे ले त बाल्टिनी भरिको पानी खत्याइदेछन। त्यही पनि सफा पानी हो र? काठमाडौंमा पिउन त सफा पानी थेन अरुलाई ख्त्याउन कहाँ बाट पाउनु? लुगा धोएको पानी होला, अली अली त फीज पनि देखिन्थ्यो, फेरी ठुस ठुस गनाउने। खुब ज्ञानेश्वोर आफ्नै यरिया हो भन्दै थि अहिले त्यस्तो ताल देखेर म त मर्नै आटे हाँस उठेर। जती रोख्न खोजेपनी खित्का त छुटिहाल्यो। उ त ल पख् तलाई भन्दै मलाई त्यो गल्ली तिर पो तान्न थालि, म डरले थुर्थुर। भयो भयो हिड घर भन्दै थे, एउटा अर्को फुच्चे स्कुल को ब्याग बोकेर साइकलमा हामीतिर हान्निदै थ्यो। पूजा त हत्तपत्त मेरो हात छोडेर "हेर है फुच्छे, बढ्ता हुने होइन, झापाड लाइदिन्छु म"---भन्नथालि। उस्को ठुलो ठुलो रिसालु आँखा अनी, ठडिएको चोरि औंला, र बढ्ता र झापाड मा जोड दिएको देखेर फुच्चे तर्सेर साइकल बाट ओर्लिदै सानु स्वोर मा भन्यो "के गरे र मैले?"। "त्यो ब्याग मा लोला हालेको छ हो कि होइन भन्त", पूजा अझै रिसाइराथी। बिचरा फुच्चे त तर्सेर भन्छ--"घरमा नुहाउने पानी त छैन काँ बाट पाउनुनी झोल भरी हुने गरेर लोला, त्यत्तिकै टिउसन जान लागेको मान्छेलाई तर्साउदो पो रहेछ यो दिदी त"। फुच्चे फत्फताउदै बाटो लाग्यो। पूजा मुर्मुरिदै भन्न थालि "बुझिस् एउटा ट्यक्सी टेम्पो जे पाइदेनी हुन्थ्यो, डेडिनै तिर्न परे पनि तिरी दिन्थें"।
|
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 04-25-08 7:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिचरा पूजा कस्तो माया लाएर आयो "ह्या कहिले त हिड्न पनि मज्जा आउछ के, अत्ति गन् गन् पनि नगर्न"--
"चखला र मखला मलाई कस्ले देखला "
केटीहरु हिंड्न छोडे भने अनी के हेर्ने होला ?
लौ जे भए पनि धेरै पछी पूजा महात्म्य पढ्न पाइयो धन्यवाद दिपिकाजी
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-25-08 8:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कस्तो मजाको राइछ यो पनि, अैटम त अैटम नै हो पूजा त मैले त दीपीका ले दुई चार लोला खाने भयो भनी सोच्या थीये, कसरी बचीछे, अनी साचै म: म: खायो कि खाएन
|
|
|
pops
Please log in to subscribe to pops's postings.
Posted on 04-25-08 8:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
pujako barema nikai thaha paiyo. ahile pani puja nani testai 6an ki change vaiholin kunni? pujako budole napaunu dukhkha payo hola hai.
la la dherai samaya pa6i aayo ramro 6.
|
|
|
*~Spring~*
Please log in to subscribe to *~Spring~*'s postings.
Posted on 04-25-08 8:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Dipika, Well written. Reminds me of one incident which is pretty similar to this one . Ramailo lagyo padera
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 04-25-08 8:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन दीपिका नानी, यो पूजा भन्ने केटी कस्ती होली, एक चोटि हेर्न मुन छ है मलाई चै।
|
|
|
kancha01
Please log in to subscribe to kancha01's postings.
Posted on 04-25-08 10:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Dipika, welcome back! haha... ekdamai hansaayo...Puja lai chahin aba bhetnai parne bhayo. Kya ramro laagyo, pahila ko holi ko din haru yaad aayo.. tyasari bepatta hunu bhayena... keep on writing...
|
|
|
kanchho bhai
Please log in to subscribe to kanchho bhai's postings.
Posted on 04-25-08 10:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गालैमा रइछ डन्डिफोर माया लाउ भने हुन्छ क्या रे बोर!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-27-08 1:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धेरै पछी दीपीका जी को कथा पढ्न पायियो ! रमाइलो छ ! सरल र स्पश्ट लेखाइ ! अरु पनि लेख्दै गर्नु होला !
|
|
|
somewhereondearth
Please log in to subscribe to somewhereondearth's postings.
Posted on 04-27-08 7:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
i enjoyed reading...
thank you for sharing...
|
|
|
kalejo
Please log in to subscribe to kalejo's postings.
Posted on 04-27-08 8:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो!! दिपु को अर्को पूजा महात्म्य आइसकेछ सुटुक्क टाँसिसकिछिन थाहै नपाउने गरेर
" अरुले किन चिन्नु पर्यो र? माइजुको भाईले चिनिहाल्छनी"
यो पूजा मैया त हिट भई गाँठे यो साझामा
जे होस तिम्रो प्रस्तुती उत्तम छ। कथा पढुन्जेल रमाइलो लाग्ने। त्यही हो सरल भाषा र उत्कृष्ट लेखाई। लेख्न चाँही नछोड है जे जस्तो भए पनि हामी सँग रिसाए पनि
Last edited: 27-Apr-08 08:19 PM
|
|
|
Dog
Please log in to subscribe to Dog's postings.
Posted on 04-27-08 9:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
I just waster 5 minutes of time reading this story. Next time you better bring nice story. Good Luck
|
|
|
kalejo
Please log in to subscribe to kalejo's postings.
Posted on 04-27-08 9:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा हा बुढा बाजेहरुले उखान त जानेरै राखेका हुन कुकुरलाई घ्यु नपचेको भन्या यही हो तर के भने यो मान्छेको जातै यस्तै हो क्या आफु पनि केही गर्न नसक्ने अर्काले गरेको नि देख्न नसक्ने
Last edited: 27-Apr-08 09:08 PM
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-27-08 9:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
'Waster' भन्या के हो कुकुर? तिम्ले नि मेरो ३० सेकेन्ड टाईम बर्बाद गर्योउ ब्रो गल्ती लेखेर
|
|
|
fucheketo
Please log in to subscribe to fucheketo's postings.
Posted on 04-28-08 3:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धेरै दिन पछि पढ्न पाइयो ।खूब मन लगाएर पढेँ ।
Simply expressed as ever ..........enjoyed up to the fullest ,its only the writting frequency(दुईवटा पोष्टहरुबीचको time gap) that is bothering ur fans including me.अलि चाडो चाडो के !
|
|
|
PunteDamai
Please log in to subscribe to PunteDamai's postings.
Posted on 04-28-08 8:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Dipika,
First, welcome back. Your skill of expressing simple event(s) is praiseworthy. As always, simple and funny.
Thanks for sharing.
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 04-28-08 8:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सधैं झै सरल अनि मिठो प्रस्तुती। होलीको बेला आफुहरुलाई त एक हप्ता अघि देखि भाङ्ग नखाई नशा लाग्या जस्तो हुन्थ्यो। पानी भर्या करुवाको टुटीमा बेलुन राखेर कानै बन्द हुने गरी बल लाएर लोला भरिन्थ्यो सुर चल्या बेला। भरे अनुसार कसैलाई बजाउन पाए त! अहा! तर कैले कैले त तारो खोज्दा खोज्दै आफ्नै ज्याकेसको खल्तीमा प्वाट जाने लोला। त्यो चैं सार्है दु:खदाई हुन्थ्यो।
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 04-28-08 8:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Parbatya
"बिचरा पूजा कस्तो माया लाएर आयो"
यही नै हो पर्बत्या ज्यु केटाहरुले धोका खाने। सुरुमा बिचरा पूजा भन्छन अनी पूजाले आफ्नो लीला देखए पछी चै बिचराको ब पनि उच्चारण गर्न बिर्सन्छन्
serial
"मैले त दीपीका ले दुई चार लोला खाने भयो भनी सोच्या थीये, कसरी बचीछे, "
लहरे, हेर सत्य मैले पनि त्यही सोचेको थे। कसरी बचेँ थाहा छैन। लौ हेर त्या, झन साथी बचिछे भनेर खुशी हुनु त कहाँ हो कहाँ उ त झन छक्क पो परेछ
pops
pops ज्यु, बरु बार्ह बर्ष कुकुरको पुच्छर ढुङ्रोमा हाल्यो भने सिधा होला तर हाम्रो पूजा change हुने छाट काट त म कतै देख्दिन
*~Spring~*
बसन्त, लौ न सुन्नु पर्यो यहाँको पनि होली को कथा। कथा छ चै भन्ने अनी सुनाउन चै नसुनाउने, त्यो त घोर अन्याय हो है
Harka Bahadur
हर्क दाई, मैले यो कथा हजुरकै लागि लेखेको हो। मैले एउटा लेख्छु हजुरको लागि भनेको भएर। नत्र त पूजा को कथा सुन्दा सुन्दा वाक्क हुनु भएका मेरा पाठकहरुले अब त मेरो कथै बइस्कार गर्ने बेला भईसक्यो। मेरो विश्वाश गर्नुस है, पूजा मैले जस्तो लेखेको छु त्यस्तै नै छे। सत्य
kancha01कान्छा तिमी त साइत, पला, घडी सबै ध्यानमा राखेर देखा पर्छौ जस्तो छ नि हो? आगो को झिल्का जसरी झिलिक्क झिलिक्क देखा पर्छौ अझ मलाई बेपत्ता भएको भन्ने? भएन है भएन त्यस्तो त
kanchho bhai
कान्छो भाई त्यो गालामा लगाउने माया भनेको के हो? क्रिम हो फ्यर यान लव्ली जस्तै
ritthe
ए रिट्ठे ज्यु , के छ त? साथी हेर कथा त छिटो छिटो नै लेख्न हुन्थ्यो तर जनताले साझा बाट नै खेदाउलान भन्ने डर क्या
somewhereondearth
सोम ज्यु, हजुर निक्कै ब्यस्त हुनु हुन्छ जस्तो छ हो ? धेरै भयो कथा पढ्न नपाएको। लौ न नगरौं न हामी माथि यस्तो अन्याय। यसो कथा लेख्न समय मिल्छ भने निकालिदिनुस नै है। माया चै नमारौं है
kalejo
लौ हेर मैले झन कलेजो ले देख्ला कि भनेर सुटुक्क टाँसेको त देखिहालेछ नि। बर्बादै भयो
Dog हजुरको प्रतिकृया प्रती म आभार ब्यक्त गर्दछु। म यो कथा लेखन को होडबाजी आफु धेरै नै कमजोर पाउछु। तर मेरो प्रयास सधैं नै जारी रहनेछ। आशा छ कुनै दिन हजुरलाई मन पर्ने कथा लिएर आउन सफल हुने छु। समयको लागि धेरै धेरै धन्यवाद। यो पाली हजुरको मन छुन सकिन, माफ गर्नु होला तर प्रयास कायम नै गर्नेछु।
fucheketo
फुच्चे ज्यु, के छ हालखबर? ल हेर मलाइ भनेको चाडो चाडो रे, हजुरको कलम पनि आजकल त कति बिस्तारै सरेको हो लौ न न्यास्रो लाग्यो
समय निकालेर पढिदिनु हुने समस्त पाठकहरुलाई यो दिपिका को मुरी मुरी धन्यवाद
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-28-08 9:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दीपिका जी , फुर्सद मिलाएर पढें, अधोपान्त। अती सुन्दर प्रस्तुती। यसपाली पूजा एपिसोडमा पूजा अली सोबर भए जस्तो लाग्यो। सामान्य बिषयलाई यतो रोचक ढङ्गले पस्किन हर कोइले सक्दैनन।
फेरी पढ्न पाउने आशामा, उही राहुले
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 04-28-08 9:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ पुन्टे , दीप र राहुलदाई त खुसुक्क यही बेलामा आउनु भएछ।
PunteDamai
पुन्टे हजुरको जस्तो एक्कै लेखाइले सबैलाई घायल पार्ने खुबी छैन म मा। "Dear Dad" पछी त खोइ हजुरले माया नै मर्नु भयो त
Deep
हसाउनु भयो दीप, त्यो करुवा को टुटिले बलुन भर्न चै मलाई कहिले आएन। जती पानी हाले पनि बलुन नै नफुल्ने अनी दाइहरु चै लौ तैले गरेर नखाने भईस, बरु भित्र गएर बस तलाई देखेर अरु भईरेहरुले हान्दा हाम्रो ढाड्मा मा बज्रेला भन्ने पिर भन्नु हुन्थ्यो रिसाएर
rahulvai
राहुल दाई, लौ न पूजा सोबर लाग्यो हो। हजुर आज सम्म को पहिलो ब्यक्ती हो जस्लाई पूजा सोबर लागेको। सत्य :)
Last edited: 28-Apr-08 09:21 AM
|
|