[Show all top banners]

aspirenepal
Replies to this thread:

More by aspirenepal
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 नेपाल गरिब र नेपाली धनि भाकै हो त ????
[VIEWED 5621 TIMES]
SAVE! for ease of future access.
Posted on 05-18-14 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरेक नेपालीको प्रत्येक दिनको खर्च १२२ रुपैयाँ रहेको पाइएको छ। केन्द्रीय तथ्यांक विभागले आइतबार सार्वजनिक गरेको घर परिवार सर्वेक्षण– २०६९/७० को तथ्यांक अनुसार, सहरी क्षेत्रको जनसंख्याको खर्च गर्ने क्षमता बढी छ।
सहरी क्षेत्रमा बसोबास गर्ने प्रतिव्यक्तिको औसत खर्च २३० रुपैयाँ ५० पैसा छ भने ग्रामीण क्षेत्रमा बसोबास गर्नेको एक सय रुपैयाँ ५० पैसा छ।नेपालमा सबैभन्दा गरिबको दैनिक खर्च ४२ रुपैयाँ छ भने सहरका धनीले ४१२ रुपैयाँ खर्च गर्छन्। त्यसैगरी, ग्रामीण क्षेत्रका गरिबले दैनिक ३९ रुपैयाँ र धनीले ३१८ रुपैयाँ खर्च गर्छन्।
विभागका अनुसार, ग्रामीण क्षेत्रको तुलनामा सहरमा बेरोजगारी बढी छ। सहरी क्षेत्रमा ६१ प्रतिशत मानिसले रोजगारी प्राप्त गरेका छन्। त्यस्तै, ग्रामीण क्षेत्रमा ८२.४ प्रतिशत जनसंख्याले रोजगारी पाएका छन्।
त्यसैगरी, महिलाको तुलनामा बढी पुरुष रोजगारी गर्छन्। पुरुष जनसंख्यामध्ये ८२.९ प्रतिशत रोजगारप्राप्त छन् भने महिला जनसंख्याको ७४.९ प्रतिशतमात्र रोजगार छन्।
२० देखि २४ वर्ष उमेर समूहको जनसंख्या बढी बेरोजगार रहेको पाइएको छ। नेपालमा जनसंख्या वृद्धिको तुलनामा पर्याप्त रोजगारी सिर्जना नहुँदा गरिबी दर हरेक वर्ष ३.३ प्रतिशतले बढेको छ।
- See more at: http://www.nagariknews.com/main-story/story/18249#sthash.BAB6njWc.dpuf
 
Posted on 05-18-14 3:12 PM     [Snapshot: 117]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"पुरुष जनसंख्यामध्ये ८२.९ प्रतिशत रोजगारप्राप्त छन् भने महिला जनसंख्याको ७४.९ प्रतिशतमात्र रोजगार छन्।"

नेपालको  लागी त्यो रोजगार दर अति नै धेरै भयो नि हैन र ? कसरी निकालेका रैचन त्यो तथ्यांक ? Substential Farming लाई पनि स्वरोजगार अन्तर्गत राखे जस्तो लाग्यो | हैन भने तेती धेरै त नहुनु पर्ने | अनि यदी राखिएको हो भने त तथ्यांक नै गलत भयो नि | खै के खै के ? 

 
Posted on 05-18-14 3:24 PM     [Snapshot: 144]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पाँच वर्ष वा सोभन्दा बढी उमेरका सबै सदस्यहरुले सर्वेक्षणका सात दिनमा कम्तीमा एक घन्टा कुनै आर्थिक काम नगरेकालाई बेरोजगार मानी विभागले तथ्याङ्क तयार पारेको छ । - See more at: http://www.ekantipur.com/np/2071/2/4/full-story/389392.html#sthash.UhAl4p6y.dpuf
 
Posted on 05-18-14 3:37 PM     [Snapshot: 148]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"पाँच वर्ष वा सोभन्दा बढी उमेरका सबै सदस्यहरुले सर्वेक्षणका सात दिनमा कम्तीमा एक घन्टा कुनै आर्थिक काम नगरेकालाई बेरोजगार मानी विभागले तथ्याङ्क तयार पारेको छ ।"

त्यो त बेरोजगारको परिभाषा भयो | भन्नाले पांच वर्ष भन्दा माथिका र त्यो श्रेणीमा नपर्ने हरुलाई सरकारले रोजगार को श्रेणीमा राखेको रहेछ | उदाहरणका लागी कसैले वर्ष भरी काम गरेको छैन, तर यो सर्वेक्षणगरेको बेलामा मात्र एक घण्टा काम गरेको रहेछ भने पनि अब अर्को तथ्यांक ननिस्कुन्जेल सम्म ऊ रोजगार भैरह्यो |
त्यो त सार्है ठुलो भ्वांग परेको हैन र तथ्यांकमा ? रोजगार हुनलाई "नियमित आय" हुनु पर्ने भनेर राख्न किन गार्हो भएको हो ? 



 
Posted on 05-20-14 12:39 PM     [Snapshot: 607]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म पनि गाबिस बात नगरपालिके भए , नाम बद्लिना साथ् माल पोत पनि बढ्यो : धनि हुने भए |
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Tourist Visa - Seeking Suggestions and Guidance
From Trump “I will revoke TPS, and deport them back to their country.”
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
advanced parole
Sajha Poll: Who is your favorite Nepali actress?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
Problems of Nepalese students in US
Mamta kafle bhatt is still missing
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
Are Nepalese cheapstakes?
Nepali Psycho
MAGA denaturalization proposal!!
How to Retrieve a Copy of Domestic Violence Complaint???
wanna be ruled by stupid or an Idiot ?
All the Qatar ailines from Nepal canceled to USA
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters