भेनेजुएलामा सत्ता उल्ट्याउने अमेरिकी कारबाही, Venezuela vs United States. How will it affect Nepal and NRNS? - Sajha Mobile
SAJHA MOBILE
भेनेजुएलामा सत्ता उल्ट्याउने अमेरिकी कारबाही, Venezuela vs United States. How will it affect Nepal and NRNS?
Posts 1 · Viewed 1957 · Go to Last Post
ojhasamajdhangadhi
· Snapshot 0
Like · Likedby · 0
रातको एकाएक अमेरिकाले भेनेजुएलाको राजधानी क्याराकासमा आक्रमण गरी राष्ट्रपति निकोलस माडुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई आफ्नै देशबाट अपहरण गरेर अमेरिकामा ल्यायो। उनीहरू दुवैमाथि न्यूयोर्कमा मुद्दा चलाइने घोषणा गरियो। आँखा बाँधिएको अवस्थामा विमानमा बसेका निकोलस माडुरोको फोटो पनि सार्वजनिक भयो। नयाँ राष्ट्रपति नियुक्त नहुन्जेलसम्म भेनेजुएलाको सरकार आफूले नै चलाउने घोषणा अमेरिकाले गरेको छ।


अब अमेरिकी तेल कम्पनीहरूले खुलेआम भेनेजुएलाको तेलमाथि नियन्त्रण पाउनेछन्। भेनेजुएलामा कति तेल छ भने— सन् १९९०–२००० को बीचमा त्यहाँ प्रतिदिन ३५ लाख ब्यारेल तेल उत्पादन हुन्थ्यो। करिब २९९,९५३,०००,००० ब्यारेल तेल अर्थात् विश्वको कुल तेल भण्डारको १८–२० प्रतिशत तेल भेनेजुएलामा रहेको छ।
माडुरोलाई अमेरिकाले अपहरण गरेर लैजानु पछाडि ल्याटिन अमेरिकी देशहरूको हजारौँ वर्ष पुरानो इतिहास छ। १६औँ शताब्दीदेखि १९औँ शताब्दीसम्म करिब ३०० वर्ष स्पेन र पोर्चुगलले त्यहाँ शासन गरे र अमानवीय अत्याचार गरे।
एडुआर्डो गालेआनोको “ओपन वेन्स अफ ल्याटिन अमेरिका” पुस्तक भेनेजुएलाका राष्ट्रपति हुगो चाभेजले बराक ओबामालाई उपहार दिएको घटना निकै चर्चित भएको थियो। यस पुस्तकमा ल्याटिन अमेरिकी देशहरूलाई पहिला युरोपेली र पछि अमेरिकाले कसरी निरन्तर लुट्दै आएको छ भन्ने विस्तृत रूपमा लेखिएको छ। त्यहाँको सुन, चाँदी र खनिज युरोप र अमेरिकामा लगियो, जसका कारण ती देशहरू सधैँ गरिब रहन बाध्य भए। खनन कम्पनीहरू, चिनी र कफीको गलत खेती प्रणाली, ऋण, गरिबी र राजनीतिज्ञहरूको दमनका कारण ती देशहरू कसरी पिसिए भन्ने यस पुस्तकमा उल्लेख छ।
यी तीन शताब्दीपछि हिजोको माडुरो प्रकरणमा ट्रम्पले उल्लेख गरेको “मुनरो डक्ट्रिन” फेरि दोहोरिएको देखियो। सन् १८२३ मा अमेरिकी राष्ट्रपति जेम्स मुनरोले “अमेरिका अमेरिकीहरूका लागि” भन्ने नीतिअन्तर्गत युरोपेली शक्तिहरूलाई ल्याटिन अमेरिकामा उपनिवेश बनाउन प्रतिबन्ध लगाएका थिए।
माडुरोमाथिको आक्रमणले अन्तर्राष्ट्रिय जगत चकित भए पनि अमेरिकाले ल्याटिन अमेरिकी देशहरूमा आक्रमण गरेर आफ्नो प्रभाव जमाउनु इतिहासमा नयाँ कुरा होइन। त्यहाँ राष्ट्राध्यक्षहरूलाई कठपुतली बनाउने, आफ्ना व्यवसाय चलाउने र स्थानीय व्यवसायलाई दबाउने काम अमेरिकाले सधैँ गर्दै आएको छ। गाब्रिएल गार्सिया मार्केसको “वन हन्ड्रेड इयर्स अफ सोलिट्युड” उपन्यासमा पनि यही चित्र देखिन्छ।
उदाहरणका लागि, सन् १९८९ मा पनामा शासक म्यानुएल नोरिएगालाई पनि माडुरोजस्तै बन्दी बनाइएको थियो। ब्राजिल, चिली र अर्जेन्टिनामा अमेरिकाले धेरै हस्तक्षेप गरेको छ। सन् १८४७ मा मेक्सिकोमाथि आक्रमण गरी ५५ प्रतिशत भूभाग अमेरिकाले कब्जा गर्यो। क्यालिफोर्निया, नेभाडा, एरिजोना, न्यू मेक्सिको, कोलोराडो र वायोमिङ राज्यहरू त्यसैबाट बने।
१८४८ मा क्युबालाई स्पेनबाट स्वतन्त्र बनाउन अमेरिकाले सहयोग गर्यो। पछि पुएर्टो रिको कब्जा गरी १९०२ सम्म शासन गर्यो। ग्वान्टानामो बे आजसम्म अमेरिकी नौसेनाको नियन्त्रणमा छ। १९६१ मा बे अफ पिग्स आक्रमणमा अमेरिकी सेना असफल भयो।
१९१५ मा अमेरिकाले हैटीमाथि आक्रमण गर्यो र १९३४ सम्म त्यहाँको कस्टम र राष्ट्रिय बैंक नियन्त्रणमा राख्यो। डुवालिएर जस्ता तानाशाहलाई समर्थन गर्दै सत्ता आफ्नो हातमा राख्यो।
माडुरोमाथिको हिजोको आक्रमण सन् १९८९ पछि ल्याटिन अमेरिकामा अमेरिकाले गरेको सबैभन्दा ठूलो सैन्य कारबाही हो।
१९९९ मा हुगो चाभेज राष्ट्रपति बनेपछि अमेरिका–भेनेजुएला सम्बन्ध बिग्रँदै गयो। चाभेजले अफगानिस्तान र इराकमाथिको अमेरिकी आक्रमणको विरोध गरे। क्युबा र इरानसँग मित्रता गरे। २००२ को कू प्रयासमा अमेरिकाको हात रहेको आरोप उनले लगाए।
चाभेजले तेल उद्योग राष्ट्रियकरण गरे। आठ वर्षमा आठ निर्वाचन जिते। सर्वसाधारणले उनलाई आफ्ना प्रतिनिधि माने। जिमी कार्टरले भेनेजुएलाको निर्वाचन प्रणाली अमेरिकाभन्दा राम्रो रहेको स्वीकार गरेका थिए। शिक्षा, खाना र कला सर्वसाधारणसम्म पुग्यो। साक्षरता लगभग १०० प्रतिशत पुग्यो।
बस चालकबाट राजनीतिमा आएका निकोलस माडुरो २०१३ मा राष्ट्रपति बने। उनी तानाशाहजस्तै शासक बने, हजारौँ मानिस मारिए, महँगी आकाशियो।
अमेरिकाले उनलाई ड्रग तस्करी र अवैध आप्रवासनको आरोप लगायो। २०२५ मा उनको टाउकोको मूल्य ५० मिलियन डलर घोषणा गरियो। सेप्टेम्बर २०२५ देखि अमेरिकी नौसेनाले भेनेजुएलामाथि आक्रमण गरिरहेको थियो।
डिसेम्बर २०२५ मा अमेरिकाले ल्याटिन अमेरिका आफ्नो नियन्त्रणमा रहने घोषणा गर्यो। र ३ जनवरीमा माडुरोलाई पक्राउ गरियो।
अब के हुन्छ?
विपक्षी नेतृ तथा नोबेल पुरस्कार विजेता मारिया माचाडोले ट्रम्पसँग सहयोग मागेकी छन्।
रुस, चीन, ब्राजिल, क्युबा लगायत देशहरूले विरोध गरेका छन्। युरोपले सतर्क प्रतिक्रिया दिएको छ। संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय कानुन उल्लंघनको चिन्ता व्यक्त गरेको छ।
अब अर्को निशाना ग्रीनल्यान्ड हुनसक्ने संकेत अमेरिकी पोडकास्टर केटी मिलरले गरेकी छन्।
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 19 · Viewed 6910 · Likes 2
· Posts 1 · Viewed 178
· Posts 1 · Viewed 190
· Posts 1 · Viewed 262
· Posts 1 · Viewed 261
· Posts 1 · Viewed 332
· Posts 2 · Viewed 505
· Posts 1 · Viewed 347
· Posts 2 · Viewed 712
· Posts 1 · Viewed 341



Travel Partners
Travel House Nepal